Sunday, March 5, 2017
गठबन्धनले आन्दोलनको कार्यक्रम घोषणा गर्ने
काठमाडौं, फागुन २२ । सङ्घीय गठबन्धनले हामी राजनीतिक दलहरूको भागवण्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको स्थानीय निर्वाचनको मिति तुरुन्त फिर्ता लिन र व्यवस्थापिका संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गर्न माग गरेको छ ।
आन्दोलनको कार्यक्रम तय गर्न गठित सङ्घीय गठबन्धनको कार्यदलको बैठक मिति २०७३ फागुन २१ गते कार्यदल संयोजक राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठक पछि आज जारी गरिएको प्रेस विज्ञप्तिमा यदि त्यसो नगरिएमा सङ्घीय गठबन्धन सशक्त रूपमा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ । उक्त विज्ञप्तिमा भनिएको छ — सङ्घीय गठबन्धनले आगामी बैठकबाट आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय गर्दछ ।
उक्त बैठकले गरेका निम्न निर्णयहरूलाई कार्यान्वयन गर्न गराउन गठबन्धनमा आवद्ध सम्पूर्ण राजनीतिक दल, आदिवासी जनजाति, मधेसी, खस, शिल्पी, थारु, मुस्लिम लगायतका सामाजिक शक्तिहरूलाई हार्दिक अनुरोध गरेको छ ।
बैठकमा देशलाई अग्रगामी परिवर्तनको दिशामा लानका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा तराइ मधेसमा प्रतिगामी तथा विभेदकारी संविधान विरुद्ध, पहिचान र सङ्घीयता विरोधीहरूलाई खवरदारी गर्न जारी भण्डाफोर आन्दोलनलाई समर्थन गर्दै सक्रियताका साथ सहभागी हुने निर्णय पनि गरेको छ ।
पहिचान र अधिकारका लागि ५ बुँदे माग राखी आदिवासी जनजाति महासङ्घद्वारा घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई सफल पार्न सक्रियताका साथ सहयोग गर्ने ५ — विज्ञप्तिमा भनिएको छ ।
साथै उक्त बैठकले करिव डेढ महिनादेखि काठमाडौँको शंखरापुर नगरपालिका, दक्षिणकाली नगरपालिका लगायत विभिन्न जिल्लाहरूमा भइ रहेको आन्दोलनलाई समर्थन गर्दै मिति २०७४ फागुन २१ गतेदेखि शंखरापुर नगरपालिका यथावत कायम राख्न माग राखी कवि तथा समाजसेवी राजदाश श्रेष्ठको आमरण अनशनप्रति ऐक्यबद्धता जाहेर गरेको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment