Sunday, March 5, 2017

एमाले १८औं शताब्दीमै अझै

_____________________ कुमार लिङ्देन मिराक बताँउछन् :
एमालेको साथिहरुको मेची - काली हर्कतले देशलाइ र स्वयम एमालेलाइ पनि सहि ठाउमा पुर्याउदैन ।
" सम्बिधान सम्सोधन गरेर १०+१ प्रान्त बनाउनु हुदैन,जे छ ठिक छ,तत्कालिन राजा महेन्द्रले जसरी आदिबासी भाशाहरुको हत्या गरेर एक भाषा एक लिपि लागू गरे,त्यो महेन्द्रको बाटो नै ठिक छ,
यहाका आदिबासी जनजाति हरु,मधेशी ,थारु,दलित हरु को पहिचान र अस्तित्व राज्यले स्विकार गर्नु हुदैन यतिकै पेलेको पेलेकै लानु पर्छ "
भन्नेहरुको हुल नै अहिलेको एमाले हो।
तर एमालेहरुको यो अठारौ शताब्दी को गन्दे षड्यन्त्र र दमनको नितिले २१ औ शताब्दिको सघिय चेतनालाइ कुनै हालतमा रोक्न सक्दैन ।
यिनिहरुका पहिचान बिरोधी रास्ट्रबाद को बुख्याचा ढल्छ ढल्छ,
मधेशका योद्दाहरुले एमालेको र्यालिलाइ अबरोध पुर्याउने भनेका छन,
मधेशका योद्धाहरुप्रती हामी सदा सलाम गर्दछौ,
सघिय गठबन्धन ले छिटो भन्दा छिटो आन्दोलन को कार्यक्रम सार्बजनिक गरोस भन्ने मन्च / लिम्बुवान को पर्खाइ हो ।
हामिले बारम्बार भनिरहेका छौ -
सघिय गठबन्धन ले दियेको जस्तो सुकै जिम्मेवारी पनि हामी पूरा गर्ने छौ ,
हामिले धेरै कार्यक्रम मा भनेको छौ - लिम्बुवान डराएर होईन ,धेरै सोचेर कार्यक्रम को स्पिडलाई मध्यम बिन्दुबाट अघि बढाएको हो ।
लिम्बुवान को सामाजिक बनोटलाइ हेरेर धेरै सोचेर रिस आक्रोश आबेग लाई थामेर अघि बढिरहेका छौ ।
तर लिम्बुवान को यो धैर्यतालाइ कम्जोर नठानियोस ।
एमालेको साथिहरुको यो पहिचानबिरोधी हर्कतले देशलाइ जोडने होईन फोडदै लाने छ ।
अरुलाइ किनारामा पुर्याउन खोज्ने एमाले आफै एउटा किनारामा पुग्ने छ ।
एउटा स्थाइ द्वन्द्द्को सुरुवात हुनेछ ।
जय लिम्बुवान ,जय १०+१ प्रान्त,

गठबन्धनले आन्दोलनको कार्यक्रम घोषणा गर्ने



काठमाडौं, फागुन २२  । सङ्घीय गठबन्धनले हामी राजनीतिक दलहरूको भागवण्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको स्थानीय निर्वाचनको मिति तुरुन्त फिर्ता लिन र व्यवस्थापिका संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गर्न माग गरेको छ ।

आन्दोलनको कार्यक्रम तय गर्न गठित सङ्घीय गठबन्धनको कार्यदलको बैठक मिति २०७३ फागुन २१ गते कार्यदल संयोजक राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठक पछि आज जारी गरिएको प्रेस विज्ञप्तिमा यदि त्यसो नगरिएमा सङ्घीय गठबन्धन सशक्त रूपमा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ । उक्त विज्ञप्तिमा भनिएको छ — सङ्घीय गठबन्धनले आगामी बैठकबाट आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय गर्दछ ।

उक्त बैठकले गरेका निम्न निर्णयहरूलाई कार्यान्वयन गर्न गराउन गठबन्धनमा आवद्ध सम्पूर्ण राजनीतिक दल, आदिवासी जनजाति, मधेसी, खस, शिल्पी, थारु, मुस्लिम लगायतका सामाजिक शक्तिहरूलाई हार्दिक अनुरोध गरेको छ ।
बैठकमा देशलाई अग्रगामी परिवर्तनको दिशामा लानका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा तराइ मधेसमा प्रतिगामी तथा विभेदकारी संविधान विरुद्ध, पहिचान र सङ्घीयता विरोधीहरूलाई खवरदारी गर्न जारी भण्डाफोर आन्दोलनलाई समर्थन गर्दै सक्रियताका साथ सहभागी हुने निर्णय पनि गरेको छ ।
पहिचान र अधिकारका लागि ५ बुँदे माग राखी आदिवासी जनजाति महासङ्घद्वारा घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई सफल पार्न सक्रियताका साथ सहयोग गर्ने ५ — विज्ञप्तिमा भनिएको छ ।
साथै उक्त बैठकले करिव डेढ महिनादेखि काठमाडौँको शंखरापुर नगरपालिका, दक्षिणकाली नगरपालिका लगायत विभिन्न जिल्लाहरूमा भइ रहेको आन्दोलनलाई समर्थन गर्दै मिति २०७४ फागुन २१ गतेदेखि शंखरापुर नगरपालिका यथावत कायम राख्न माग राखी कवि तथा समाजसेवी राजदाश श्रेष्ठको आमरण अनशनप्रति ऐक्यबद्धता जाहेर गरेको छ ।

दमक नगर कार्य समिति द्वारा संगठन बिस्तार

प्रशिक्षण तथा जनजागरण कार्यक्रम तिब्र-

मिति २०७३ साल फाल्गुन २१ गते सम्पन्न - 

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च-संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला दमक नगरपालिका वडा न.- १ मा श्री- उदयमान तुम्रोक को अध्यक्षतामा, प्रथम उपाध्यक्ष श्री- ईन्द्र जबेगु, उपाध्यक्षहरु श्री- नर्वदा निङ्लेकु, श्री- मदन तामाङ र श्री- हर्क लाल पन्धाक, सचिव श्री- दिनेश राई, सह-सचिव श्री- कल्याण हाङ माङ्लाक र अर्थसचिव श्री- कविता आङ्देम्बे राई लगायत ३१ सदस्यीय वडा कार्य समिति पुनः गठन साथै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सल्लाहकारहरु -
१. श्री लोकेन्द्र माङ्लाक (पहिचान समिति सदस्य)
२. श्री टंक केरुङ (दमक नगर उपाध्यक्ष)

                              "लिम्बुवान सहितको १०+१ प्रान्त कायम गरौं!"
                                          जय लिम्बुवान । जय संघीय नेपाल ।।

Thursday, March 2, 2017

झापामा ओलीलाई ठुलो झट्का नेवि संघ द्धारा!!!!

झापामा नेवि संघ ५, अनेरास्ववियु २, अखिल

क्रान्तिकारी १ क्याम्पसमा बिजयी, मेचीमा विवाद |
मेचि बहुमुखी क्याम्पसमा भने बिबादका कारण अहिले सम्म मत गणनानै सुरु हुन नसकेको |


दमक | झापाका नौ वटा क्याम्पसमा भएको हिजो भएको स्वतन्त्र बिद्यार्थि युनियनको निर्वाचनमा ८ वटा क्याम्पसको परिणाम सार्वजनिक भैसकेको छ । जस मध्ये नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघले बर्चश्व कायम गरेको छ । आठ वटा क्याम्पसको मत परिणाम आईसक्दा नेपाल बिद्यार्थी संघले पाँच वटा क्याम्पसमा सभापतिमा जित हासिल गरेको छ । त्यसै गरी एमाले संबद्ध अनेरास्ववियुले दुई वटा क्याम्पसमा र एमाओवादी संबद्ध अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापतिमा जित हाँसिल गरेको छ ।
दमक बहुमुखी क्याम्पस
नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर भएका कारण स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा महत्वका साथ हेरिएको दमक बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका विनोद चापागाई अध्यक्षमा विजयी भएका छन् । नेपाल बिद्यार्थी संघका बिनोद चापागाईं ४११ मत ल्याएर सभापतिमा निर्वाचित भए । चापागाईंका निकटतम प्रतिद्वन्दी अखिल क्रान्तिकारीका कुलबहादु बस्नेत रबीले ३३५ मत प्राप्त गरे भने एमाले संबद्ध अखिलका सन्तोष दुलालले ३१५ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी नयाँ शक्ति बिद्यार्थिका कुल बहादुर दर्नालले १० मत प्राप्त गरे भने संघिय बिद्यार्थी युनियन लिम्बुवानका मनिका धिमालले १६ मत गरिन् । त्यसै गरी सचिवमा एमाले संबद्ध अखिलका रोशन भण्डारीले ४७७ मत प्राप्त गरी बिजयी भए । निकटतम प्रतिद्वन्दी संघीय समाजवादी बिद्यार्थिकी पुजा माखिमले २२१ मत प्राप्त गरिन् भने नेविसंघका मिन्टु दुलालले २०९ मत प्राप्त गरे । सचिवका अर्का उम्मेद्वारा नयाँ शक्तिका टेकनाथ खनालले १२९ मत प्राप्त गरे । त्यसै गरी कोषाध्यक्षमा राप्रविसंघका सुनिल धिमालले ४३० मत प्राप्त गरी बिजयी भए भने उनका निकटतम प्रतिद्वन्दी एमाले अखिलकी विपना बरालले ३४१ मत, नेविसंघका उज्वल खतिवडाले २७१ मत प्राप्त गर्नु गरे भने नयाँ शक्तिका सरोज आचार्यले १६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
सदस्यहरुमा अखिलका तनुजा दुलाल अखिल (३५२) सुवोध ओझा (३६०), नेत्र प्रसाद भण्डारी (३५९) जंग प्रसाद प्रसाई (३७०), महेश भट्टराई (३४६) रोशन काफ्ले (३८५) र नेपाल विद्यार्थी संघकी लिला सिटौला (४२७) विजयी भए । पूर्वप्रधानमन्त्री ओलीनै सञ्चालक समिति सदस्य रहेको क्याम्पसमा अनेरास्ववियुले हार ब्यहोरे संगै अहिले यहाँ स्थानीय तहको निर्वाचनको समेत कुरा उठ्न थालेको छ । एमालेले स्थानीय निकायमा पनि यही अनुसार मत प्राप्त गर्ने बताईदै आएको छ । काँकरभिट्टा बहुमुखीको अध्यक्षमा नेविसंघका सुरज सुवेदीले १२५ मत ल्याएर विजयी भएका छन् । प्रतिद्धन्दी अखिलका पुकार कार्कीले १०५ मत ल्याए । सचिवमा नेविसंघकै सञ्जीव थापाले ११७ मत ल्याएर जितेका छन भने अखिलकी तारा थापाले ११२ मत ल्याइन् । कोषाध्यक्षमा नेविसंघकै दिलासा श्रेष्ठले १२१ मत ल्याएर जितिन भने अखिलकी दिक्षा पोखरेलले १०८ मत ल्याइन् । सदस्यहरुमा नेविसंघका भरतकुमार चम्लागाइँ, सञ्जीव गौतम, कौशल उप्रेती , आसेर उराउ र पूजा आङदेम्वे विजयी भए । सदस्यमा एक मात्रै अखिलकी प्रनिता खडका विजयी भइन् ।
गौरिगञ्ज बहुमुखी क्याम्पस
गौरिगञ्ज बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले अधिकांश पदमा विजयी हासिल गरेको छ । उसले कोषाध्यक्ष बाहेक पुरै प्यानलले जित हासिल गरेकको हो । स्ववियुको सभापतिमा देबकुमार ताजपुरिया विजयी भएका छन् । उनले ३९ भोट प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका मोहन न्यौपानेले ३१ मत प्राप्त गरे । त्यसैगरी सचिबमा नेबिसंघका गुञ्जन कोइराला वियजी भए । उनले ४० मत प्राप्त गरे भने उनकी प्रतिद्वन्द्वी अखिलका रेजिना डोटेलले ३० मत ल्याईन् । कोषाध्यक्षमा भने अखिल र राप्रबिसंघ संयुक्त प्यानलकी सडानन्द यादबले ४२ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिद्वन्द्वी गिता साहले २७ मत प्राप्त गरिन् । त्यसै गरि सदस्यमा नेविसंघका बसन्ति रावंशीले (३७) नेविसंघकै भुमिका डोटेल (४३) र नेवि संघकै अजय साह (३५) विजयी भए ।

गौरादह बुहुमुखी क्याम्पस
गौरादह बुहुमुखी क्याम्पसमा अनेरास्ववियुले प्यानलमानै जित हासिल गरेको छ ।सभापतिमा कमल पौड्याल बिजयी भएका छन् । उनले ९७ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारी र नेविसंघका संयुक्त प्यानलका युवराज खनालले ५७ मत र राप्रविसंघका रविन्द्र ढुंगानाले ३४ मत प्राप्त गरे । यस्तै सचिवमा अखिलका झलनाथ ढुंगान ११३ मतका साथ विजयी भए । भने संयुक्त प्यानलका अग्नि प्रसाद दंगाल ५३, राप्रविसंकी सृजना राजवंशीले २२ प्राप्त गरिन् । यस्तै कोषध्यक्षमा अखिलकी मेनुका पाठक १०० प्राप्त गर्दै विजयी भईन् भने संयुक्त प्यालनकी पुजा शर्माले ५४, राप्रविसंका यादुनाथ सुवेदी ३३ मत प्राप्त गरे । सदस्यहरुमा अखिलकै वर्चश्व रह्यो । सदस्यमा प्रलाद कार्की (८९), प्रदिप धमला (८९), गंगादेवी पोखरेल (८३), सृजना राजंशी (९८) विजयी भए ।
गरामनी, दुर्गा क्याम्पस
गरामनी स्थित दुर्गा क्याम्पसमा नेविसंघ र राप्रविसंघको प्यानलनै विजयी भएको छ । सभापतिमा संयुक्त प्यानलका विनोद उप्रती विजयी भए । उनले ५४ मत प्राप्त गरे यस्तै उनका प्रतिद्वन्द्वी एमाले अखिलकी भावन भट्टराईले २१ मत प्राप्त गरिन् । यस्तै सचिवमा संयुक्त प्यानलबाट युवराज भुजेल बिजयी भए उनले ५२ मत प्राप्त गरे भने उन प्रतिद्वन्द्वी अखिलका संदिप थपलिया २२ प्राप्त गरे । यस्तै कोषाध्यक्ष सरोज न्यौपाने खत्री विजयी भए । उनले ४४ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी पुष्पा भट्टराईले ३५ मत प्राप्त गरिन् । यस्तै सदस्यहमा संयुक्त प्यानलका युवराज अधिकारी(४६), सृजना अधिकारी(४१) , अमित अधिकारी(४८) विजयी भए ।
त्रिदेव बहुमुखी क्याम्पस चारआली
त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा सवै पदमा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको छ । निर्वाचन अधिकृत गोपाल प्याकुरेलका अनुसार अध्यक्षमा लक्ष्मीप्रसाद न्यौपाने १ सय ७७ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी नेवि संघका कल्पना थापाले ५७ मत मात्र प्राप्त गरीन् । सचिवमा नेवि संघका आइतहाङ्ग चेम्जोङ्गलाई ७० मतले पराजित गर्दै अनेरास्ववियुकै मुकुन्द तामाङ विजयी भए । चेम्जोङ्गले ८० र तामाङले १ सय ५० मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा मुना मिश्र १ सय ६८ मत प्राप्त गर्दै विजयी भइन् । उनकी प्रतिस्पर्धी सरीता प्रधानले ६३ मतमा चित्त बुझाईन् । सदस्यहरुमा विमल सुवेदी १६६, मनोज खतिवडा १६२, कमल खनाल १७०, अनिता राई १६९ र रुपेश पोखरेल १५० मत र असिम लिम्बु १५८ प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत प्याकुरेलले बताए ।
देवी क्याम्पस, विर्तामोड
देवी क्याम्पस विर्तामोडमा अखिल क्रान्तिकारीका पदम खड्का रोशन विजयी भए । यस्तै सचिवमा अनेरास्ववियुका संञ्जिब श्रेष्ठ र कोषाध्यक्षमा अनेराश्ववियुकै विन्दु आचार्य अखिल वियजी भए ।
कनकाई क्याम्पस, विर्तामोड
कनकाई क्याम्पस विर्तामोडमा नेवि संघका सभापतिमा सञ्जय राई विजय भए । यस्तै सचिवमा नेविसंघका मिलन चौलागाई र कोषाध्यक्षमा नेविसंघकै मनिता सिटौला निर्वाचित भए ।
यता भद्रपुरमा रहेको मेचि बहुमुखी क्याम्पसमा भने बिबादका कारण अहिले सम्म मत गणनानै सुरु हुन नसकेको बताईएको छ । फर्जि बिद्यर्थिले मतदान गरेको भन्दै अनेराश्ववियुका बिद्यार्थीले मतगणनामा सहभागी नहुने जनाए पछि मत गणना हुन नसकेको हो । तर बिद्यार्थिहरुले हिजो भएको मतदानको गणना हुनुपर्ने माग गर्दै आज क्याम्पस परिषरमा नाराजुलुस गरेका थिए । बिद्यार्थीहरुको नाराजुलुस पछि क्याम्पस प्रसासन र निर्वाचन समितिको बैठक बसिरहेको छ ।
जिल्लाको कन्काई बहुमुखी क्याम्पस सुङ्गामा अर्को मिति तय नभएसम्मका लागि चुनाव स्थगित भएको छ भने धुलाबारी बहुमुखी क्याम्पस धुलाबारीमा फागुन २१ गतेको लागि सारिएको छ । जिल्लाको विरेन्द्र क्याम्पस चन्द्रगढी र शनिश्चरे क्याम्पस शनिश्चरेमा भने यस पटक चुनाव नहुने भएको छ ।

Friday, February 24, 2017

स्व.वि.यू निर्वाचन हाम्रो पक्षमा छ–मेन्याङ्गबो बताउछन।




स=लि=म–स=वि=यू,लिको झापा जिल्ला उपध्यक्ष मेन्याङ्गबोका अनुसार यहि मिति २०७३÷१०÷१८ गते हुने स्व.वि.यूको निर्वाचनमा झापा जिल्लाको सबैको कलेजहरुमा स.वि.यू,लिको जित निश्चित हुने भएको बताउँछन।
यस सङ्गठनको मागहरु संघिय समानुपातिक,व्यवाहारिक,वैज्ञानिक एंव माटो सुहाँउदो शिक्षा आजको आवश्यक्ता भन्ने मुल नारा छन।  

“कुरा यहि १८ गते हुनलागेको स्व।बि।यु चुनाबको हो जो त्रिभुवन ले एकात्मक सैलिले गर्नु खोजी रहेछ अनि हामी त्यस प्रणालीको बिरोधमा छौ. बिरोधमा रहदारहदै नि म के भन्न चाहन्छु भने चुनाबको पनि तयारी गर्नुस र आन्दोलनको पनि किन भने भोलिको दिनमा गएर त्रिभुवनले आफ्नो कुरा बदलिनु  सक्छ कि हाम्रो शक्ति कम्जोर देखेर त्यसैले तपाईंहरु दुइटा कुराको लागि एक दम तयारी रहनुहोस या त चुनाब जितौ या त बहिष्कार गरौ”

Friday, January 13, 2017

माओले सोभियत लालसेनामा कार्यरत आफ्नो छोरालाई लेखेको एउटा दुर्लभ चिठी


चिनियाँ कम्यूनिस्ट पार्टीका अध्यक्ष माओले १९६० मा ‘थालिआन’ भन्ने स्थानमा उपचारत आफ्नो छोरा आनचिङलाई लेखेको पत्र हो यो । आनचिङ सोभियत लालसेनाका लप्टन थिए । पछि उनी कोरियाको लडार्इंमा मारिए । प्रस्तुत छ, सोही लडार्डंमा घाइते भएको बेला बुवा माओले उनलाई लेखेको चिठी ।
छोरा आनचिङ,
यो भन्दा पहिले पठाएको मेरो पत्र तिमीले प्राप्त गरेको हुनुपर्छ । तिमीलाई राम्रो भएको कुरा सुनेर मलाई निकै खुसी लागेको छ तर पनि तिमीले आफ्नो डाक्टर र कामरेडहरुको कुरा सुन्नुपर्छ । किनकी तिनीहरुले तिमीलाई पुरा निको पार्न मद्दत गरेका छन् । धैर्यपूर्वक हेरचाह गरेका छन् । कहिल्यै अधीर नहुनु । यदि तिम्रो कुनै पत्र छ भने सिन्वी (साङलिन) र शाओ हुआको हातमा पठाईदिनु । भविष्यमा पनि यस्तै गर्नु । कसैको हातमा पत्र नपठाउनु । तिमीलाई मद्दत गरिरहेका थालिआनका स्थानीय पार्टी कमिटीका कमरेडहरु र डाक्टर समूहका कमरेडहरुप्रति तिमीले आफ्नो कृतज्ञता प्रकट गर्नुपर्छ । तिनीहरुले तिमीप्रति आफ्नो गहिरो चासो देखाएका छन् र तिमीलाई आफूले सकेको मद्दत गरेका छन् । तिनीहरुलाई यो पत्र देखाउनु । म यहाँबाट तिनीहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
तिम्रो सुखको कामना गर्ने बुवा

yclko चेतावनी अर्धाखाचीमा जनार्दनजीलाई डुंगा हान्नेलाइ |

काठमाडौं,२९ पुस । विहीबार अर्घाखाँची महोत्सव उद्घाटनमा पुगेका उर्जामन्त्री जनार्दन शर्मामाथि भएको ढुङ्गामुढाको घटनाले माओवादी कार्यकर्ता आक्रोशित बनेका छन् । वाईसिएल नेपालले उक्त घटनामा समलग्नलाई नछोड्ने चेतावनी दिएको छ । वाइसिएल नेपालका महासचिव राम प्रसाद सापकोटा दीपशिखाले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो चेतावनी दिएका हुन् ।


‘हेक्का रहोस्, उज्यालो नेपालका अभियान्ता तथा उर्जामन्त्री जनार्दन शर्मामाथि अर्घाखाँचीमा भएको आक्रमणमा सम्बन्धित दलका कार्यकर्ताले माफी नमागे वाइसिएल नेपाल चुप बस्ने छैन,’ उनले लेखेका छन् ।
विहीबार भाषणको क्रममा शर्माले ५ नम्बर प्रदेश टुक्रिएपछि अर्घाखाँचीको जनतालाई पोखरासम्म सुरुङ मार्ग खोलिदिने बताएका थिए । यता अर्का नेता डिलाराम आचार्यले ५ नम्बर प्रदेश टुक्रिएर केही नहुने तर देश टुक्रन नहुने बताएका थिए । नेताहरुको यस्तो भनाइपछि आक्रोशित बनेका स्थानियले ढुङ्गामुढा गरेका थिए । - See more at: