पृथ्वीनारायण शाहलाई कुनै पनि हालतमा महान व्यक्ति ठान्न सकिदैन । पृथ्वीनारायण शाहले केवल भूगोगको एकीकरण गरेका थिए । तर उनले विविध जाति, भाषा, धर्म संस्कृतिहरुलाई नामेट पार्ने काम गरे, एउटै भाषा, एउटै धर्मको नीति लागू गरेर । एकथरि साथीहरु पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिक मान्नैपर्ने, पृथ्वी जयन्ती मनाउनै पर्ने, पृथ्वी जयन्तीका दिन राज्यले सार्वजनिक विदा दिनैपर्ने जिकिर गरिरहेका छन् ।
तर हामी आदिवासी जनजातिहरुका लागि भने यो विषय महत्वपूर्ण हुनै सक्दैन । एकातिर नेपाललाई चार जात छत्तिस वर्णको साझा फुलबारी भन्ने व्यवहारमा एकात्मक नीति लागू गर्ने पृथ्वीनारायण शाह कसरी राष्ट्रिय एकताको प्रतिक हुन सक्छ ? मेरा केही बाहुन मित्रहरुसँग यस विषयमा संवादहरु चलिरहेको छ । उहाँहरुको विचारप्रति म सहमत हुन सक्दिनँ । त्यसकारण सानो लेख मार्फत म आफ्ना कुराहरु प्रष्ट पार्दैछु ।
लडाइँ भोग्ने, लडाइँमा आफ्नो राज्य गुमाएर पीडा सहने र लडाइँमा रमिता हेरेर बस्नेहरु बीचमा धेरै भिन्नता हुन्छ । तत्कालीन समयमा बाहुनहरूलाई जस्तोसुकै अपराध गरे पनि छुट दिइन्थ्यो । त्यसकारण बाहुनहरुलाई पृथ्वीनारायण शाहले हत्या गर्ने कुरै आएन ।
दोस्रो कुरो, बाहुनहरूको कुनै राज्य नै थिएन । त्यसैले उसले उसको राज्य जोगाउन पृथ्वीनारायण शाहसँग लडिरहनै परेन । यसकारण अहिलेका बाहुन मित्रहरुमा गहिरो पिडाबोध हुने कुरै आएन । बरू हाम्रा विरूद्धमा षड्यन्त्र गर्न सल्लाह दिने, क्रुर हत्याका लागि साइत हेरिदिनेजस्ता निक्रिष्ट कार्यका मतियार बाहुनका पुर्खाहरु नै बनेका थिए । त्यसको दृष्टान्त खोटाङ जिल्लाका पोख्रेल बाहुनहरू अहिले पनि छन् । यी यावत कार्यहरूले गर्दा पृथ्वीनारायण शाहले बाहुनहरूलाई पिडा हैन संरक्षण नै दिएर राखेका थिए ।
यिनै मुख्य कारणहरूले गर्दा सबै बाहुनहरू पृथ्वीनारायण शाहको भक्तिगान गाएर उसको गरिब चेतना शक्तिको पूरै बल लगाएर पृथ्वीनारायणको पक्षमा वकालत गरिरहेछन् । आतंकवादी अपराधी पृथ्वीनारायण शाहको पृष्ठपोशक तत्कालीन समयका बाहुनहरू पनि थिए । त्यसैले होसियार ! तिमीहरूको पूर्खाको निकृष्ट कार्यको ढाकछोप गर्न धेरै चलाखी गरिरहन आवश्यक छैन ।
पृथ्वीनारायण शाहले जे गरे त्यो लुटेराको काम गरे वा मानिसलाई अमानवीय यातना दिएर मारे । नाक काटे, कान काटेर आतंक मच्चाए वा अपराध जे गरे इतिहास नै साक्षी छ । तर, त्यही विषयलाई प्रत्येक वर्ष उत्खनन् गरेर करोडौ आदिवासी जनजातिहरुको पूर्खाका सन्ततिहरूका घाउ पटकपटक बल्झाइरहनु उपयुक्त हो त ? निश्चय पनि हैन ।
कम्तिमा विद्वान मित्रहरूले गम्भीर भएर सोचेर मात्रै बोलौ र लेखौ । एक पक्षीय हचुवाको भरमा सतही विश्लेषण गरेको निष्कर्ष निसन्देह सबैलाई स्वीकार्य हुन सक्दैन । मैले यसो भनिरहँदा सबै बाहुन मित्रहरूलाई भनेको हैन । तर, जसले पृथ्वीनारायण शाहसाई एकताको प्रतिकको रूपमा जबरजस्ती पृथ्वी जयन्ती मनाऔ भनी जोड गरिरहेछन् ति मित्रहरूलाई मात्रै भनिरहेको छु ।
तत्कालीन समयमा हाम्रा पुर्खाहरू मारिदै गर्दा, काटिदै गर्दा, खुन बगिरहेको बेला र हाम्रा राज्यहरू लुटिदै गर्दा बाहुनहरूको भूमिका के रहेको थियो भन्ने इतिहासलाई प्रष्ट पार्न मात्रै चाहेको हुँ । र जसले जीवनमा तितो ऐतिहासिक पीडा भोगे, त्यसलाई सबैले बिर्सिदिउ र बिर्सिने अवसर दिउ । ताकि एक पक्ष मानिसहरु चाहिँ आदिवासी जनजातिको पूर्खाको रगतको आहालमा पृथ्वी जयन्ती मनाएर रमाइरहने र अर्को पक्षका मानिसहरु प्रत्येक वर्ष त्यही पीडा सम्झेर दुःखित हुनुपर्ने अवस्थाको अन्त्य होस ।
एक पटक पीडितहरूको ठाउँबाट या हाम्रो ठाउँमा बसेर पनि सोच्नुस र बुझ्ने प्रयत्न गर्नुस विद्वान मित्रहरू । मेरो किरात राज्य खोसिदै गर्दा सारा किरातीहरू काटिदै गर्दा सुराकी गर्ने खोटाङका खार्पाली बाहुनहरूको उदाहरण मैले माथि नै पेस गरिसकेको छु । त्यस्ता व्यक्तिहरुको बारेमा पनि अध्ययन अनुसन्धान गर्नुहोस । के उहाँहरूप्रति अहिले पनि सम्झदा मलाई पीडाबोध हुँदैन र ? आक्रोशका पराकाष्ट चुलिदैन र ? चुलिन्छ किनकि यो मानवीय स्वभाव नै हो । सबैलाई स्वभाविक रूपमा हुन्छ । तर, मानवीय चेतनाले त्यसलाई हामीले पनि आफ्नो बसमा राख्छौ । हामीजस्ता पीडितहरूको इतिहासको नमीठा कुराहरू सबैले भूलौ र नयाँ कोणबाट हामी सबै जातजाति एक भएर नयाँ सिर्जनात्मक इतिहासहरू रच्दै अघि बढौ भन्दा तपाईहरू चाहिँ प्रत्येक वर्ष त्यही घटनालाई खोतल्दै खुसी हुँदै रमाउने अनि हामीलाई पनि जबरजस्ती करकापमा रमाउन र खुसी हुन लगाएर आत्मपीडा दिइरहने ? यो तरिका त भएन नि ।
यो त हजारौ सहिदहरूले आत्मआहुती गरेर, उनीहरूको त्याग र बलिदानले प्राप्त लोकतान्त्रिक गणतन्त्रको युग हो । तर यहाँ अझै शक्तिको आडमा जबरजस्ती निरंकुश तानाशाही शैलीमा अधिनायकवाद लादेर पीडितहरुले विद्रोह गर्ने वातावरण बनाउने प्रयत्न गरिदैछ ।
अब भन्नुस्, यतिबेला मानिस आक्रोशले खुकुरी उध्याउँछन् कि सधैभरि सहेर बस्छन् ? यस्तो वातावरण जसले सिर्जना गर्छ ऊ दोषी कि ? हिजोका नराम्रा घटनाहरू सबैले भुलौ, सबै मिलेर बस्ने वातावरण बनाऔ भन्नेहरु दोषी ? कथित विद्वान मित्रहरुले सोच्नुपर्छ ।