पुस २५, २०७३ काठमाडौं : बागबजारस्थिन पद्मकन्या क्याम्पसमा सोमबार दुई विद्यार्थी संगठनबीच भएको विवादमा हात हालाहाल हुँदा ६ जना भन्दा बढी विद्यार्थी घाइते भएका छन्। नेपाल विद्यार्थी संघ र क्रान्तिकारी विद्यार्थी संघका विद्यार्थीहरुबीच भित्ते लेखनका विषयमा विवाद भएको थियो।
स्ववियु निर्वाचनको प्रचार प्रसारका लागि गरेको भित्ते लेखनको विषयमा विवादपछि भएको झडपमा नेविसंघकी सीता मिजार, क्रान्तिकारी विद्यार्थीकी वसन्ता भण्डारी, दर्सना नेपाली, दिपा जोशी, सरीता श्रेष्ठलगायतका विद्यार्थीहरु घाइते भएका थिए। क्रान्तिकारीका विद्यार्थीहरुले स्ववियु निर्वाचनको प्रचार गर्न भित्ते लेखन गर्दैगर्दा नेविसंघका विद्यार्थीहरुले अवरोध गरेपछि झडपको स्थिति भएको क्रान्तिकारीकी विद्यार्थी भण्डारीले जानकारी दिइन्।
'हामी भित्ते लेखन गर्दै थियौं, नेविसंघले रंग घोप्टाउने र लेखेको पेन्टिङ मेट्दै हामीमाथि आक्रमण गर्याे' उनले भनिन्- 'रड र झ्यालको सिसाले हानेर म समेत घाइते भएकी छु।'
नेवि संघकी इकाइ अध्यक्ष साधना घिमिरेले क्याम्पसमा परीक्षा चल्दै गर्दा परीक्षार्थीलाई डिस्टर्ब गर्दै भित्ते लेखन गर्ने काम क्रान्तिकारीले गरेको बताइन्। ‘हामीले परीक्षाको बेला यसो नगर्न भन्दै क्याम्पस प्रशासनमा दबाब दिँदा क्रान्तिकारी तोडफोडमा उत्रियो । हामीले तोडफोड नगर भनेर सम्झाउँदा उल्टै हामीमाथि आक्रमण गरे’ उनले भनिन् ।
No comments:
Post a Comment