Sunday, March 5, 2017
दमक नगर कार्य समिति द्वारा संगठन बिस्तार
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च-संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला दमक नगरपालिका वडा न.- १ मा श्री- उदयमान तुम्रोक को अध्यक्षतामा, प्रथम उपाध्यक्ष श्री- ईन्द्र जबेगु, उपाध्यक्षहरु श्री- नर्वदा निङ्लेकु, श्री- मदन तामाङ र श्री- हर्क लाल पन्धाक, सचिव श्री- दिनेश राई, सह-सचिव श्री- कल्याण हाङ माङ्लाक र अर्थसचिव श्री- कविता आङ्देम्बे राई लगायत ३१ सदस्यीय वडा कार्य समिति पुनः गठन साथै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
"लिम्बुवान सहितको १०+१ प्रान्त कायम गरौं!"
Thursday, March 2, 2017
झापामा ओलीलाई ठुलो झट्का नेवि संघ द्धारा!!!!
झापामा नेवि संघ ५, अनेरास्ववियु २, अखिल
क्रान्तिकारी १ क्याम्पसमा बिजयी, मेचीमा विवाद |
मेचि बहुमुखी क्याम्पसमा भने बिबादका कारण अहिले सम्म मत गणनानै सुरु हुन नसकेको |
दमक | झापाका नौ वटा क्याम्पसमा भएको हिजो भएको स्वतन्त्र बिद्यार्थि युनियनको निर्वाचनमा ८ वटा क्याम्पसको परिणाम सार्वजनिक भैसकेको छ । जस मध्ये नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघले बर्चश्व कायम गरेको छ । आठ वटा क्याम्पसको मत परिणाम आईसक्दा नेपाल बिद्यार्थी संघले पाँच वटा क्याम्पसमा सभापतिमा जित हासिल गरेको छ । त्यसै गरी एमाले संबद्ध अनेरास्ववियुले दुई वटा क्याम्पसमा र एमाओवादी संबद्ध अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापतिमा जित हाँसिल गरेको छ ।
दमक बहुमुखी क्याम्पस
नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर भएका कारण स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा महत्वका साथ हेरिएको दमक बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका विनोद चापागाई अध्यक्षमा विजयी भएका छन् । नेपाल बिद्यार्थी संघका बिनोद चापागाईं ४११ मत ल्याएर सभापतिमा निर्वाचित भए । चापागाईंका निकटतम प्रतिद्वन्दी अखिल क्रान्तिकारीका कुलबहादु बस्नेत रबीले ३३५ मत प्राप्त गरे भने एमाले संबद्ध अखिलका सन्तोष दुलालले ३१५ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी नयाँ शक्ति बिद्यार्थिका कुल बहादुर दर्नालले १० मत प्राप्त गरे भने संघिय बिद्यार्थी युनियन लिम्बुवानका मनिका धिमालले १६ मत गरिन् । त्यसै गरी सचिवमा एमाले संबद्ध अखिलका रोशन भण्डारीले ४७७ मत प्राप्त गरी बिजयी भए । निकटतम प्रतिद्वन्दी संघीय समाजवादी बिद्यार्थिकी पुजा माखिमले २२१ मत प्राप्त गरिन् भने नेविसंघका मिन्टु दुलालले २०९ मत प्राप्त गरे । सचिवका अर्का उम्मेद्वारा नयाँ शक्तिका टेकनाथ खनालले १२९ मत प्राप्त गरे । त्यसै गरी कोषाध्यक्षमा राप्रविसंघका सुनिल धिमालले ४३० मत प्राप्त गरी बिजयी भए भने उनका निकटतम प्रतिद्वन्दी एमाले अखिलकी विपना बरालले ३४१ मत, नेविसंघका उज्वल खतिवडाले २७१ मत प्राप्त गर्नु गरे भने नयाँ शक्तिका सरोज आचार्यले १६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
सदस्यहरुमा अखिलका तनुजा दुलाल अखिल (३५२) सुवोध ओझा (३६०), नेत्र प्रसाद भण्डारी (३५९) जंग प्रसाद प्रसाई (३७०), महेश भट्टराई (३४६) रोशन काफ्ले (३८५) र नेपाल विद्यार्थी संघकी लिला सिटौला (४२७) विजयी भए । पूर्वप्रधानमन्त्री ओलीनै सञ्चालक समिति सदस्य रहेको क्याम्पसमा अनेरास्ववियुले हार ब्यहोरे संगै अहिले यहाँ स्थानीय तहको निर्वाचनको समेत कुरा उठ्न थालेको छ । एमालेले स्थानीय निकायमा पनि यही अनुसार मत प्राप्त गर्ने बताईदै आएको छ । काँकरभिट्टा बहुमुखीको अध्यक्षमा नेविसंघका सुरज सुवेदीले १२५ मत ल्याएर विजयी भएका छन् । प्रतिद्धन्दी अखिलका पुकार कार्कीले १०५ मत ल्याए । सचिवमा नेविसंघकै सञ्जीव थापाले ११७ मत ल्याएर जितेका छन भने अखिलकी तारा थापाले ११२ मत ल्याइन् । कोषाध्यक्षमा नेविसंघकै दिलासा श्रेष्ठले १२१ मत ल्याएर जितिन भने अखिलकी दिक्षा पोखरेलले १०८ मत ल्याइन् । सदस्यहरुमा नेविसंघका भरतकुमार चम्लागाइँ, सञ्जीव गौतम, कौशल उप्रेती , आसेर उराउ र पूजा आङदेम्वे विजयी भए । सदस्यमा एक मात्रै अखिलकी प्रनिता खडका विजयी भइन् ।
गौरिगञ्ज बहुमुखी क्याम्पस
गौरिगञ्ज बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले अधिकांश पदमा विजयी हासिल गरेको छ । उसले कोषाध्यक्ष बाहेक पुरै प्यानलले जित हासिल गरेकको हो । स्ववियुको सभापतिमा देबकुमार ताजपुरिया विजयी भएका छन् । उनले ३९ भोट प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका मोहन न्यौपानेले ३१ मत प्राप्त गरे । त्यसैगरी सचिबमा नेबिसंघका गुञ्जन कोइराला वियजी भए । उनले ४० मत प्राप्त गरे भने उनकी प्रतिद्वन्द्वी अखिलका रेजिना डोटेलले ३० मत ल्याईन् । कोषाध्यक्षमा भने अखिल र राप्रबिसंघ संयुक्त प्यानलकी सडानन्द यादबले ४२ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिद्वन्द्वी गिता साहले २७ मत प्राप्त गरिन् । त्यसै गरि सदस्यमा नेविसंघका बसन्ति रावंशीले (३७) नेविसंघकै भुमिका डोटेल (४३) र नेवि संघकै अजय साह (३५) विजयी भए ।
गौरादह बुहुमुखी क्याम्पस
गौरादह बुहुमुखी क्याम्पसमा अनेरास्ववियुले प्यानलमानै जित हासिल गरेको छ ।सभापतिमा कमल पौड्याल बिजयी भएका छन् । उनले ९७ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारी र नेविसंघका संयुक्त प्यानलका युवराज खनालले ५७ मत र राप्रविसंघका रविन्द्र ढुंगानाले ३४ मत प्राप्त गरे । यस्तै सचिवमा अखिलका झलनाथ ढुंगान ११३ मतका साथ विजयी भए । भने संयुक्त प्यानलका अग्नि प्रसाद दंगाल ५३, राप्रविसंकी सृजना राजवंशीले २२ प्राप्त गरिन् । यस्तै कोषध्यक्षमा अखिलकी मेनुका पाठक १०० प्राप्त गर्दै विजयी भईन् भने संयुक्त प्यालनकी पुजा शर्माले ५४, राप्रविसंका यादुनाथ सुवेदी ३३ मत प्राप्त गरे । सदस्यहरुमा अखिलकै वर्चश्व रह्यो । सदस्यमा प्रलाद कार्की (८९), प्रदिप धमला (८९), गंगादेवी पोखरेल (८३), सृजना राजंशी (९८) विजयी भए ।
गरामनी, दुर्गा क्याम्पस
गरामनी स्थित दुर्गा क्याम्पसमा नेविसंघ र राप्रविसंघको प्यानलनै विजयी भएको छ । सभापतिमा संयुक्त प्यानलका विनोद उप्रती विजयी भए । उनले ५४ मत प्राप्त गरे यस्तै उनका प्रतिद्वन्द्वी एमाले अखिलकी भावन भट्टराईले २१ मत प्राप्त गरिन् । यस्तै सचिवमा संयुक्त प्यानलबाट युवराज भुजेल बिजयी भए उनले ५२ मत प्राप्त गरे भने उन प्रतिद्वन्द्वी अखिलका संदिप थपलिया २२ प्राप्त गरे । यस्तै कोषाध्यक्ष सरोज न्यौपाने खत्री विजयी भए । उनले ४४ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी पुष्पा भट्टराईले ३५ मत प्राप्त गरिन् । यस्तै सदस्यहमा संयुक्त प्यानलका युवराज अधिकारी(४६), सृजना अधिकारी(४१) , अमित अधिकारी(४८) विजयी भए ।
त्रिदेव बहुमुखी क्याम्पस चारआली
त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा सवै पदमा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको छ । निर्वाचन अधिकृत गोपाल प्याकुरेलका अनुसार अध्यक्षमा लक्ष्मीप्रसाद न्यौपाने १ सय ७७ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी नेवि संघका कल्पना थापाले ५७ मत मात्र प्राप्त गरीन् । सचिवमा नेवि संघका आइतहाङ्ग चेम्जोङ्गलाई ७० मतले पराजित गर्दै अनेरास्ववियुकै मुकुन्द तामाङ विजयी भए । चेम्जोङ्गले ८० र तामाङले १ सय ५० मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा मुना मिश्र १ सय ६८ मत प्राप्त गर्दै विजयी भइन् । उनकी प्रतिस्पर्धी सरीता प्रधानले ६३ मतमा चित्त बुझाईन् । सदस्यहरुमा विमल सुवेदी १६६, मनोज खतिवडा १६२, कमल खनाल १७०, अनिता राई १६९ र रुपेश पोखरेल १५० मत र असिम लिम्बु १५८ प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत प्याकुरेलले बताए ।
देवी क्याम्पस, विर्तामोड
देवी क्याम्पस विर्तामोडमा अखिल क्रान्तिकारीका पदम खड्का रोशन विजयी भए । यस्तै सचिवमा अनेरास्ववियुका संञ्जिब श्रेष्ठ र कोषाध्यक्षमा अनेराश्ववियुकै विन्दु आचार्य अखिल वियजी भए ।
कनकाई क्याम्पस, विर्तामोड
कनकाई क्याम्पस विर्तामोडमा नेवि संघका सभापतिमा सञ्जय राई विजय भए । यस्तै सचिवमा नेविसंघका मिलन चौलागाई र कोषाध्यक्षमा नेविसंघकै मनिता सिटौला निर्वाचित भए ।
यता भद्रपुरमा रहेको मेचि बहुमुखी क्याम्पसमा भने बिबादका कारण अहिले सम्म मत गणनानै सुरु हुन नसकेको बताईएको छ । फर्जि बिद्यर्थिले मतदान गरेको भन्दै अनेराश्ववियुका बिद्यार्थीले मतगणनामा सहभागी नहुने जनाए पछि मत गणना हुन नसकेको हो । तर बिद्यार्थिहरुले हिजो भएको मतदानको गणना हुनुपर्ने माग गर्दै आज क्याम्पस परिषरमा नाराजुलुस गरेका थिए । बिद्यार्थीहरुको नाराजुलुस पछि क्याम्पस प्रसासन र निर्वाचन समितिको बैठक बसिरहेको छ ।
जिल्लाको कन्काई बहुमुखी क्याम्पस सुङ्गामा अर्को मिति तय नभएसम्मका लागि चुनाव स्थगित भएको छ भने धुलाबारी बहुमुखी क्याम्पस धुलाबारीमा फागुन २१ गतेको लागि सारिएको छ । जिल्लाको विरेन्द्र क्याम्पस चन्द्रगढी र शनिश्चरे क्याम्पस शनिश्चरेमा भने यस पटक चुनाव नहुने भएको छ ।
Friday, February 24, 2017
स्व.वि.यू निर्वाचन हाम्रो पक्षमा छ–मेन्याङ्गबो बताउछन।
स=लि=म–स=वि=यू,लिको झापा जिल्ला उपध्यक्ष मेन्याङ्गबोका अनुसार यहि मिति २०७३÷१०÷१८ गते हुने स्व.वि.यूको निर्वाचनमा झापा जिल्लाको सबैको कलेजहरुमा स.वि.यू,लिको जित निश्चित हुने भएको बताउँछन।
यस सङ्गठनको मागहरु संघिय समानुपातिक,व्यवाहारिक,वैज्ञानिक एंव माटो सुहाँउदो शिक्षा आजको आवश्यक्ता भन्ने मुल नारा छन।
“कुरा यहि १८ गते हुनलागेको स्व।बि।यु चुनाबको हो जो त्रिभुवन ले एकात्मक सैलिले गर्नु खोजी रहेछ अनि हामी त्यस प्रणालीको बिरोधमा छौ. बिरोधमा रहदारहदै नि म के भन्न चाहन्छु भने चुनाबको पनि तयारी गर्नुस र आन्दोलनको पनि किन भने भोलिको दिनमा गएर त्रिभुवनले आफ्नो कुरा बदलिनु सक्छ कि हाम्रो शक्ति कम्जोर देखेर त्यसैले तपाईंहरु दुइटा कुराको लागि एक दम तयारी रहनुहोस या त चुनाब जितौ या त बहिष्कार गरौ”
यस सङ्गठनको मागहरु संघिय समानुपातिक,व्यवाहारिक,वैज्ञानिक एंव माटो सुहाँउदो शिक्षा आजको आवश्यक्ता भन्ने मुल नारा छन।
“कुरा यहि १८ गते हुनलागेको स्व।बि।यु चुनाबको हो जो त्रिभुवन ले एकात्मक सैलिले गर्नु खोजी रहेछ अनि हामी त्यस प्रणालीको बिरोधमा छौ. बिरोधमा रहदारहदै नि म के भन्न चाहन्छु भने चुनाबको पनि तयारी गर्नुस र आन्दोलनको पनि किन भने भोलिको दिनमा गएर त्रिभुवनले आफ्नो कुरा बदलिनु सक्छ कि हाम्रो शक्ति कम्जोर देखेर त्यसैले तपाईंहरु दुइटा कुराको लागि एक दम तयारी रहनुहोस या त चुनाब जितौ या त बहिष्कार गरौ”
Friday, January 13, 2017
माओले सोभियत लालसेनामा कार्यरत आफ्नो छोरालाई लेखेको एउटा दुर्लभ चिठी

चिनियाँ कम्यूनिस्ट पार्टीका अध्यक्ष माओले १९६० मा ‘थालिआन’ भन्ने स्थानमा उपचारत आफ्नो छोरा आनचिङलाई लेखेको पत्र हो यो । आनचिङ सोभियत लालसेनाका लप्टन थिए । पछि उनी कोरियाको लडार्इंमा मारिए । प्रस्तुत छ, सोही लडार्डंमा घाइते भएको बेला बुवा माओले उनलाई लेखेको चिठी ।
छोरा आनचिङ,
यो भन्दा पहिले पठाएको मेरो पत्र तिमीले प्राप्त गरेको हुनुपर्छ । तिमीलाई राम्रो भएको कुरा सुनेर मलाई निकै खुसी लागेको छ तर पनि तिमीले आफ्नो डाक्टर र कामरेडहरुको कुरा सुन्नुपर्छ । किनकी तिनीहरुले तिमीलाई पुरा निको पार्न मद्दत गरेका छन् । धैर्यपूर्वक हेरचाह गरेका छन् । कहिल्यै अधीर नहुनु । यदि तिम्रो कुनै पत्र छ भने सिन्वी (साङलिन) र शाओ हुआको हातमा पठाईदिनु । भविष्यमा पनि यस्तै गर्नु । कसैको हातमा पत्र नपठाउनु । तिमीलाई मद्दत गरिरहेका थालिआनका स्थानीय पार्टी कमिटीका कमरेडहरु र डाक्टर समूहका कमरेडहरुप्रति तिमीले आफ्नो कृतज्ञता प्रकट गर्नुपर्छ । तिनीहरुले तिमीप्रति आफ्नो गहिरो चासो देखाएका छन् र तिमीलाई आफूले सकेको मद्दत गरेका छन् । तिनीहरुलाई यो पत्र देखाउनु । म यहाँबाट तिनीहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
यो भन्दा पहिले पठाएको मेरो पत्र तिमीले प्राप्त गरेको हुनुपर्छ । तिमीलाई राम्रो भएको कुरा सुनेर मलाई निकै खुसी लागेको छ तर पनि तिमीले आफ्नो डाक्टर र कामरेडहरुको कुरा सुन्नुपर्छ । किनकी तिनीहरुले तिमीलाई पुरा निको पार्न मद्दत गरेका छन् । धैर्यपूर्वक हेरचाह गरेका छन् । कहिल्यै अधीर नहुनु । यदि तिम्रो कुनै पत्र छ भने सिन्वी (साङलिन) र शाओ हुआको हातमा पठाईदिनु । भविष्यमा पनि यस्तै गर्नु । कसैको हातमा पत्र नपठाउनु । तिमीलाई मद्दत गरिरहेका थालिआनका स्थानीय पार्टी कमिटीका कमरेडहरु र डाक्टर समूहका कमरेडहरुप्रति तिमीले आफ्नो कृतज्ञता प्रकट गर्नुपर्छ । तिनीहरुले तिमीप्रति आफ्नो गहिरो चासो देखाएका छन् र तिमीलाई आफूले सकेको मद्दत गरेका छन् । तिनीहरुलाई यो पत्र देखाउनु । म यहाँबाट तिनीहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
तिम्रो सुखको कामना गर्ने बुवा
yclko चेतावनी अर्धाखाचीमा जनार्दनजीलाई डुंगा हान्नेलाइ |
काठमाडौं,२९ पुस । विहीबार अर्घाखाँची महोत्सव उद्घाटनमा पुगेका उर्जामन्त्री जनार्दन शर्मामाथि भएको ढुङ्गामुढाको घटनाले माओवादी कार्यकर्ता आक्रोशित बनेका छन् । वाईसिएल नेपालले उक्त घटनामा समलग्नलाई नछोड्ने चेतावनी दिएको छ । वाइसिएल नेपालका महासचिव राम प्रसाद सापकोटा दीपशिखाले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो चेतावनी दिएका हुन् ।
‘हेक्का रहोस्, उज्यालो नेपालका अभियान्ता तथा उर्जामन्त्री जनार्दन शर्मामाथि अर्घाखाँचीमा भएको आक्रमणमा सम्बन्धित दलका कार्यकर्ताले माफी नमागे वाइसिएल नेपाल चुप बस्ने छैन,’ उनले लेखेका छन् ।
विहीबार भाषणको क्रममा शर्माले ५ नम्बर प्रदेश टुक्रिएपछि अर्घाखाँचीको जनतालाई पोखरासम्म सुरुङ मार्ग खोलिदिने बताएका थिए । यता अर्का नेता डिलाराम आचार्यले ५ नम्बर प्रदेश टुक्रिएर केही नहुने तर देश टुक्रन नहुने बताएका थिए । नेताहरुको यस्तो भनाइपछि आक्रोशित बनेका स्थानियले ढुङ्गामुढा गरेका थिए । - See more at:
पृथिवीनारायण शाह युद्ध अपराधी थिए |
पृथ्वीनारायण शाहलाई कुनै पनि हालतमा महान व्यक्ति ठान्न सकिदैन । पृथ्वीनारायण शाहले केवल भूगोगको एकीकरण गरेका थिए । तर उनले विविध जाति, भाषा, धर्म संस्कृतिहरुलाई नामेट पार्ने काम गरे, एउटै भाषा, एउटै धर्मको नीति लागू गरेर । एकथरि साथीहरु पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिक मान्नैपर्ने, पृथ्वी जयन्ती मनाउनै पर्ने, पृथ्वी जयन्तीका दिन राज्यले सार्वजनिक विदा दिनैपर्ने जिकिर गरिरहेका छन् ।
तर हामी आदिवासी जनजातिहरुका लागि भने यो विषय महत्वपूर्ण हुनै सक्दैन । एकातिर नेपाललाई चार जात छत्तिस वर्णको साझा फुलबारी भन्ने व्यवहारमा एकात्मक नीति लागू गर्ने पृथ्वीनारायण शाह कसरी राष्ट्रिय एकताको प्रतिक हुन सक्छ ? मेरा केही बाहुन मित्रहरुसँग यस विषयमा संवादहरु चलिरहेको छ । उहाँहरुको विचारप्रति म सहमत हुन सक्दिनँ । त्यसकारण सानो लेख मार्फत म आफ्ना कुराहरु प्रष्ट पार्दैछु ।
लडाइँ भोग्ने, लडाइँमा आफ्नो राज्य गुमाएर पीडा सहने र लडाइँमा रमिता हेरेर बस्नेहरु बीचमा धेरै भिन्नता हुन्छ । तत्कालीन समयमा बाहुनहरूलाई जस्तोसुकै अपराध गरे पनि छुट दिइन्थ्यो । त्यसकारण बाहुनहरुलाई पृथ्वीनारायण शाहले हत्या गर्ने कुरै आएन ।
दोस्रो कुरो, बाहुनहरूको कुनै राज्य नै थिएन । त्यसैले उसले उसको राज्य जोगाउन पृथ्वीनारायण शाहसँग लडिरहनै परेन । यसकारण अहिलेका बाहुन मित्रहरुमा गहिरो पिडाबोध हुने कुरै आएन । बरू हाम्रा विरूद्धमा षड्यन्त्र गर्न सल्लाह दिने, क्रुर हत्याका लागि साइत हेरिदिनेजस्ता निक्रिष्ट कार्यका मतियार बाहुनका पुर्खाहरु नै बनेका थिए । त्यसको दृष्टान्त खोटाङ जिल्लाका पोख्रेल बाहुनहरू अहिले पनि छन् । यी यावत कार्यहरूले गर्दा पृथ्वीनारायण शाहले बाहुनहरूलाई पिडा हैन संरक्षण नै दिएर राखेका थिए ।
दोस्रो कुरो, बाहुनहरूको कुनै राज्य नै थिएन । त्यसैले उसले उसको राज्य जोगाउन पृथ्वीनारायण शाहसँग लडिरहनै परेन । यसकारण अहिलेका बाहुन मित्रहरुमा गहिरो पिडाबोध हुने कुरै आएन । बरू हाम्रा विरूद्धमा षड्यन्त्र गर्न सल्लाह दिने, क्रुर हत्याका लागि साइत हेरिदिनेजस्ता निक्रिष्ट कार्यका मतियार बाहुनका पुर्खाहरु नै बनेका थिए । त्यसको दृष्टान्त खोटाङ जिल्लाका पोख्रेल बाहुनहरू अहिले पनि छन् । यी यावत कार्यहरूले गर्दा पृथ्वीनारायण शाहले बाहुनहरूलाई पिडा हैन संरक्षण नै दिएर राखेका थिए ।
यिनै मुख्य कारणहरूले गर्दा सबै बाहुनहरू पृथ्वीनारायण शाहको भक्तिगान गाएर उसको गरिब चेतना शक्तिको पूरै बल लगाएर पृथ्वीनारायणको पक्षमा वकालत गरिरहेछन् । आतंकवादी अपराधी पृथ्वीनारायण शाहको पृष्ठपोशक तत्कालीन समयका बाहुनहरू पनि थिए । त्यसैले होसियार ! तिमीहरूको पूर्खाको निकृष्ट कार्यको ढाकछोप गर्न धेरै चलाखी गरिरहन आवश्यक छैन ।
पृथ्वीनारायण शाहले जे गरे त्यो लुटेराको काम गरे वा मानिसलाई अमानवीय यातना दिएर मारे । नाक काटे, कान काटेर आतंक मच्चाए वा अपराध जे गरे इतिहास नै साक्षी छ । तर, त्यही विषयलाई प्रत्येक वर्ष उत्खनन् गरेर करोडौ आदिवासी जनजातिहरुको पूर्खाका सन्ततिहरूका घाउ पटकपटक बल्झाइरहनु उपयुक्त हो त ? निश्चय पनि हैन ।
पृथ्वीनारायण शाहले जे गरे त्यो लुटेराको काम गरे वा मानिसलाई अमानवीय यातना दिएर मारे । नाक काटे, कान काटेर आतंक मच्चाए वा अपराध जे गरे इतिहास नै साक्षी छ । तर, त्यही विषयलाई प्रत्येक वर्ष उत्खनन् गरेर करोडौ आदिवासी जनजातिहरुको पूर्खाका सन्ततिहरूका घाउ पटकपटक बल्झाइरहनु उपयुक्त हो त ? निश्चय पनि हैन ।
कम्तिमा विद्वान मित्रहरूले गम्भीर भएर सोचेर मात्रै बोलौ र लेखौ । एक पक्षीय हचुवाको भरमा सतही विश्लेषण गरेको निष्कर्ष निसन्देह सबैलाई स्वीकार्य हुन सक्दैन । मैले यसो भनिरहँदा सबै बाहुन मित्रहरूलाई भनेको हैन । तर, जसले पृथ्वीनारायण शाहसाई एकताको प्रतिकको रूपमा जबरजस्ती पृथ्वी जयन्ती मनाऔ भनी जोड गरिरहेछन् ति मित्रहरूलाई मात्रै भनिरहेको छु ।
तत्कालीन समयमा हाम्रा पुर्खाहरू मारिदै गर्दा, काटिदै गर्दा, खुन बगिरहेको बेला र हाम्रा राज्यहरू लुटिदै गर्दा बाहुनहरूको भूमिका के रहेको थियो भन्ने इतिहासलाई प्रष्ट पार्न मात्रै चाहेको हुँ । र जसले जीवनमा तितो ऐतिहासिक पीडा भोगे, त्यसलाई सबैले बिर्सिदिउ र बिर्सिने अवसर दिउ । ताकि एक पक्ष मानिसहरु चाहिँ आदिवासी जनजातिको पूर्खाको रगतको आहालमा पृथ्वी जयन्ती मनाएर रमाइरहने र अर्को पक्षका मानिसहरु प्रत्येक वर्ष त्यही पीडा सम्झेर दुःखित हुनुपर्ने अवस्थाको अन्त्य होस ।
तत्कालीन समयमा हाम्रा पुर्खाहरू मारिदै गर्दा, काटिदै गर्दा, खुन बगिरहेको बेला र हाम्रा राज्यहरू लुटिदै गर्दा बाहुनहरूको भूमिका के रहेको थियो भन्ने इतिहासलाई प्रष्ट पार्न मात्रै चाहेको हुँ । र जसले जीवनमा तितो ऐतिहासिक पीडा भोगे, त्यसलाई सबैले बिर्सिदिउ र बिर्सिने अवसर दिउ । ताकि एक पक्ष मानिसहरु चाहिँ आदिवासी जनजातिको पूर्खाको रगतको आहालमा पृथ्वी जयन्ती मनाएर रमाइरहने र अर्को पक्षका मानिसहरु प्रत्येक वर्ष त्यही पीडा सम्झेर दुःखित हुनुपर्ने अवस्थाको अन्त्य होस ।
एक पटक पीडितहरूको ठाउँबाट या हाम्रो ठाउँमा बसेर पनि सोच्नुस र बुझ्ने प्रयत्न गर्नुस विद्वान मित्रहरू । मेरो किरात राज्य खोसिदै गर्दा सारा किरातीहरू काटिदै गर्दा सुराकी गर्ने खोटाङका खार्पाली बाहुनहरूको उदाहरण मैले माथि नै पेस गरिसकेको छु । त्यस्ता व्यक्तिहरुको बारेमा पनि अध्ययन अनुसन्धान गर्नुहोस । के उहाँहरूप्रति अहिले पनि सम्झदा मलाई पीडाबोध हुँदैन र ? आक्रोशका पराकाष्ट चुलिदैन र ? चुलिन्छ किनकि यो मानवीय स्वभाव नै हो । सबैलाई स्वभाविक रूपमा हुन्छ । तर, मानवीय चेतनाले त्यसलाई हामीले पनि आफ्नो बसमा राख्छौ । हामीजस्ता पीडितहरूको इतिहासको नमीठा कुराहरू सबैले भूलौ र नयाँ कोणबाट हामी सबै जातजाति एक भएर नयाँ सिर्जनात्मक इतिहासहरू रच्दै अघि बढौ भन्दा तपाईहरू चाहिँ प्रत्येक वर्ष त्यही घटनालाई खोतल्दै खुसी हुँदै रमाउने अनि हामीलाई पनि जबरजस्ती करकापमा रमाउन र खुसी हुन लगाएर आत्मपीडा दिइरहने ? यो तरिका त भएन नि ।
यो त हजारौ सहिदहरूले आत्मआहुती गरेर, उनीहरूको त्याग र बलिदानले प्राप्त लोकतान्त्रिक गणतन्त्रको युग हो । तर यहाँ अझै शक्तिको आडमा जबरजस्ती निरंकुश तानाशाही शैलीमा अधिनायकवाद लादेर पीडितहरुले विद्रोह गर्ने वातावरण बनाउने प्रयत्न गरिदैछ ।
अब भन्नुस्, यतिबेला मानिस आक्रोशले खुकुरी उध्याउँछन् कि सधैभरि सहेर बस्छन् ? यस्तो वातावरण जसले सिर्जना गर्छ ऊ दोषी कि ? हिजोका नराम्रा घटनाहरू सबैले भुलौ, सबै मिलेर बस्ने वातावरण बनाऔ भन्नेहरु दोषी ? कथित विद्वान मित्रहरुले सोच्नुपर्छ ।
अब भन्नुस्, यतिबेला मानिस आक्रोशले खुकुरी उध्याउँछन् कि सधैभरि सहेर बस्छन् ? यस्तो वातावरण जसले सिर्जना गर्छ ऊ दोषी कि ? हिजोका नराम्रा घटनाहरू सबैले भुलौ, सबै मिलेर बस्ने वातावरण बनाऔ भन्नेहरु दोषी ? कथित विद्वान मित्रहरुले सोच्नुपर्छ ।
Tuesday, January 10, 2017
पदम कन्या क्याम्पसमा एकात्मक सोच भएकोहरु आफै आफै सिंग जुदाऊदै |
पुस २५, २०७३ काठमाडौं : बागबजारस्थिन पद्मकन्या क्याम्पसमा सोमबार दुई विद्यार्थी संगठनबीच भएको विवादमा हात हालाहाल हुँदा ६ जना भन्दा बढी विद्यार्थी घाइते भएका छन्। नेपाल विद्यार्थी संघ र क्रान्तिकारी विद्यार्थी संघका विद्यार्थीहरुबीच भित्ते लेखनका विषयमा विवाद भएको थियो। स्ववियु निर्वाचनको प्रचार प्रसारका लागि गरेको भित्ते लेखनको विषयमा विवादपछि भएको झडपमा नेविसंघकी सीता मिजार, क्रान्तिकारी विद्यार्थीकी वसन्ता भण्डारी, दर्सना नेपाली, दिपा जोशी, सरीता श्रेष्ठलगायतका विद्यार्थीहरु घाइते भएका थिए। क्रान्तिकारीका विद्यार्थीहरुले स्ववियु निर्वाचनको प्रचार गर्न भित्ते लेखन गर्दैगर्दा नेविसंघका विद्यार्थीहरुले अवरोध गरेपछि झडपको स्थिति भएको क्रान्तिकारीकी विद्यार्थी भण्डारीले जानकारी दिइन्।
'हामी भित्ते लेखन गर्दै थियौं, नेविसंघले रंग घोप्टाउने र लेखेको पेन्टिङ मेट्दै हामीमाथि आक्रमण गर्याे' उनले भनिन्- 'रड र झ्यालको सिसाले हानेर म समेत घाइते भएकी छु।'
नेवि संघकी इकाइ अध्यक्ष साधना घिमिरेले क्याम्पसमा परीक्षा चल्दै गर्दा परीक्षार्थीलाई डिस्टर्ब गर्दै भित्ते लेखन गर्ने काम क्रान्तिकारीले गरेको बताइन्। ‘हामीले परीक्षाको बेला यसो नगर्न भन्दै क्याम्पस प्रशासनमा दबाब दिँदा क्रान्तिकारी तोडफोडमा उत्रियो । हामीले तोडफोड नगर भनेर सम्झाउँदा उल्टै हामीमाथि आक्रमण गरे’ उनले भनिन् ।
Subscribe to:
Posts (Atom)






