Saturday, November 19, 2016

एक हजार बर्षपछि पृथ्वी रहँदैनः हकिङ्ग्स

बिश्व चर्चित बैज्ञानिकले दिए यस्तो सन्देश 


एजेन्सी । सुन्दा अनौठो लाग्न सक्छ तर विश्वचर्चित वैज्ञानिक स्टेफन हकिङ्ग्सले यस्तै अनौठो घोषणा गरेका छन् । उनले अबको एक हजार बर्षमा यो धर्ती नष्ट हुने भन्दै मान्छे बस्नका लागि नयाँ ग्रह खोज्नुपर्ने अनौठो घोषणा गरेका हुन् ।अक्सफोर्ड युनियन डिबेटिङ्ग सोसाईटीमा प्रवचन दिँदै हकिङ्ग्सले मानव सभ्यता कायम राख्ने हो भने पृथ्वी छोडेर नयाँ ग्रहमा जानु पर्ने बताएको द डेली एक्सप्रेसले जनाएको छ । ‘मलाई लाग्दैन कि हामी यो धर्तीमा अब एक हजार बर्ष भन्दा बढी समय रहन सक्छौं, उनले भने, त्यसले हामीले दोस्रो ग्रहमा जानुपर्छ ।’

पृथ्वी निक्कै कमजोर भएकाले आउंदो एक हजार बर्षपछि यहाँ जीवन संभव नहुने भन्दै हकिङ्ग्सले कुनै दोस्रो ग्रहमा जानुपर्ने तर्क गरेका हुन् । धर्तीमा अर्को शताब्दीमा मान्छेले जलवायू परिवर्तन र आणविक आतंकवादको सामना गर्नुपर्ने पनि उनको दाबी छ । तर हकिङ्ग्सले आगामी समय अध्ययन अनुसन्धानका लागि भने राम्रो हुने बताएका छन् ।सन् २००९ मा अमेरीकि अन्तरीक्ष संस्था नासाले धरती जस्तै ग्रहको खोजी अभियान समेत चलाएको थियो । नासाका अनुसार ४६ सय त्यस्ता ग्रह छन् जहाँ मानवको बसोबास बारे विचार गर्न सकिन्छ । नासाका अनुसार दुई हजार तीन सय ग्रहमा मान्छेले बसोबास गर्न सक्छ ।

सांसदको सुविधा चारगुणा बढ्दै, मासिक तलव १ लाख ३० हजार !

सांसदको सुविधा चारगुणा बढ्दै

३ मंसिर, काठमाडौं । व्यवस्थापिका संसदमा पेस भएको ‘संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा’ सम्बन्धी विधेयकमा कांग्रेस एमाले र माओवादीले चारगुणासम्म सुविधा बृद्धिको प्रस्ताव गरेका छन् ।तीन दलका ११ सांसदको संयुक्त हस्तारक्षरसहित बिहीबार दर्ता गराएको संशोधन प्रस्तावमा सांसदको सुविधा चारगुणासम्म थप गर्न प्रस्ताव गरिएको सामाचार आजको राजधानी दैनिकमा समाचार छ ।
सांसदहरुको तलब र सुविधा बृद्धि गर्न संसदमा दर्ता भएको संशोधन विधेयक ‘विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भइसकेको छ ।सो विधेयकमा संशोधनका लागि दिइएको ७२ घण्टेसमय सकिने अन्तिम दिन उनीहरुले सुविधा तलप बृद्धि हुनेगरी प्रस्ताव दर्ता गराएका हुन् ।दर्ता भएको संशोधन प्रस्ताव हुबहु पारित भए अब एकजना सांसदले पारिश्रमिकबापत मासिक १ लाख ३० हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्नेछन् ।

कुलमान घिसिङलाई हटाउन प्रचण्डलाई विन्तीपत्र

कुलमान घिसिङलाई हटाउन प्रचण्डलाई विन्तीपत्र

४ मंसिर, काठमाडौं ।
उपत्यकालाई लोडसेडिङमुक्त गरेरे राजधानीका पचास लाख मानिसहरुको मन जितेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई हटाउन दबाब बढेको छ ।
घिसिङको लोकप्रिय निर्णयप्रति विद्युत प्राधिकरणभित्रबाटै कांग्रेस र एमाले निकट कर्मचारी गरेको अवरोधप्रति जनस्तरमा अहिले पनि चौतर्फी विरोध भइरहेको छ ।कांग्रेस एमालेका कर्मचारीहरु चौथर्फी विरोध भएपनि अहिले चुपचापको अवस्थामा रहेका छन् । घिसिङले उपत्यकालाई मात्र होइन एक बर्षभित्र देशभर लोडसेडिङमुक्त गर्ने आफूसँग सुत्र रहेको बताएपछि झन चर्चा चुलिएको छ ।घिसिङले लोडसेडिङमुक्त गर्ने अभियान चलाएसँगै इन्भर्टर व्यापारी, सोलार व्यापारी र जेनेटर व्यापारीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर घिसिङलाई हटाउन दबाब दिएका छन् ।प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले नेपाली हेडलाइन्सँग भने,‘लोडसेडिङमुक्त गर्ने सरकारको अभियान असफल पार्न व्यापारीहरुको घुइँचो लाग्ने गरेको छ, अनेक बहाना बनाएर प्रधानमन्त्रीसँग घिसिङलाई हटाउनु पर्ने माग राख्ने गरेका छन् ।’
उनका अनुसार कुलमान घिसिङलाई हटाएर आफूहरु सरकारलाई जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको जस्तो प्रलोभन समेत दिने गरेका छन् । घिसिङ प्राधिकरणको प्रमुख भएलगत्तै नाटकीय ढंगले लोडसेडिङमुक्त गर्ने निर्णय अगाडि सारेपछि इन्भर्टर, सोलार र जेनेरेटर व्यापारीहरुको व्यापार कम भएको छ ।झन सरकारी कार्यालयमा जेनेरेटर इन्भर्टर खरिदमा हुने करोडौ भ्रष्टाचार गर्न नपाएका कर्मचारीहरुको पनि छटपटी बढेको छ । प्रधानमन्त्रीका सचिवालयका ती कर्मचारीले भने,‘राम्रो काम गर्ने घिसिङलाई नै हटाउन माग लिएर आउने व्यापारीहरुलाई वालुवाटार प्रवेशमा रोक लगाइएको छ ।’ दैनिक रुपमा प्रधानमन्त्रीसँग भेटनको लागि विन्तीपत्र हाल्नेहरुको संख्या ठूलो छ, उनले भने ।

दमाम अरबमा स.लि.म को दोश्रो अधिबेशन :


संघीय लिम्बुवान सामाजिक मंच दाममा समितिको,साउदी अरबको दोश्रो अधिबेशन   


दमाम-०४,मिति २०७३ साल मङ्सिर ०३ गते शुक्रबार (18 Nov 2016) को दिन,संघीय लोकतान्त्रिक राष्ट्रीय मञ्च-संघीय लिम्बुवान मञ्च,नेपाल अन्तर्गतको संघीय लिम्बुवान सामाजिक मञ्च,प्रवास कार्य समिति ,साउदी अरब को क्षेत्रीय समिति,दमाम कार्य समितिको दोश्रो अधिवेशन बाट श्री- टंक माङ्लाक(मुस्कान) ज्युको अध्यक्षतामा ४१ सदस्यीय दमाम कार्य समिति चयन सहित अधिवेशन सम्पन्न भएको छ। साथै श्री- श्री प्रसाद यवा ज्यु ,प्रमुख सल्लाहकार रहने गरि ७ सदस्यीय सल्लाहकार समिति समेत चयन भएको छ ।
संघीय लिम्बुवान मञ्च,नेपालका केन्द्रीय सदस्य श्री- टंक माङ्लाक लिम्बू ( मुस्कान)को अध्यक्षतामा साथै संघीय लोकतान्त्रिक रास्ट्रीय मञ्च का केन्द्रीय सदस्य श्री- श्री प्रसाद यवा ज्युको प्रमुख अतिथ्यमा र साउदी अरबका लागि नेपाली राजदुताबास प्रतिनिधि श्री- कुलमान मगर ज्युको विशेष अतिथ्य लगायत अन्य अतिथि ज्युहरुको उपस्थितिमा दमाम कार्य समितिको दोश्रो अधिवेशन सम्पन्न भएको हो।

संघीय लिम्बुवान सामाजिक मञ्च,साउदी अरबको क्षेत्रीय समिति,दमाम कार्य समितिको दोस्रो अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको नामावली -
१. अध्यक्ष - टंक माङ्लाक (मुस्कान)
२. बरिस्ठ उपाध्यक्ष- वसन्त चेन्जी माबो
३. उपाध्यक्ष - मुकुम लिम्बू
४. उपाध्यक्ष- खड्क लिम्बू
५. उपाध्यक्ष - लभ सुब्बा 
६. उपाध्यक्ष- सुरेन्द्र सेर्मा
७. उपाध्यक्ष- रणमान लिम्बु
८. सचिव- लोकेन्द्र लिम्बू
९. सह-सचिव- भिम माबो
१०. अर्थ-सचिव- सञ्च मान लिम्बू
११. सह-अर्थसचिव- जीवन माङ्लाक(जेम्स)
सदस्यहरु :-
१२. प्रेम कन्दङ्वा
१३. बिराट कन्दङ्वा
१४. टेक माबो
१५. राज कुमार लिङ्दम
१६. कुमार नेम्बाङ
१७. पुर्ण फागो
१८. बिक्रम लिम्बू (नाम्लो)
१९. गौरिमान लिम्बू
२०. कमल थापा मगर
२१. नरेश यवा लिम्बू
२२. बिरेन्द्र यवा लिम्बू
२३. राम लावती
२४. दिलिप लावती
२५. थर्कमान हाङ्स्रुम्बा
२६. तेजु लिम्बू
२७. दिपक धिमाल
२८. बाबुराम मुर्मु
२९. पृथ मान लिम्बू
३०. राजेन्द्र ताजपुरिया
३१. जित मान कुरुङ्बाङ
३२. मुक्ती गुरुङ
३३. सन्त पाख्रीम
३४. बाबुनन्द थारु
३५. सन्तोश काङ्बाङ
३६. पदम माबो
३७. गौरिमान लिम्बू 
३८. प्रेम लिम्बू
३९. अनिश माङ्लाक
४०. भुपेन माङ्लाक
४१. दिपेन्द्र लिम्बु

सल्लाहकार :-
१. प्रमुख सल्लाहकार- श्री प्रसाद यवा
२. बरिस्ठ सल्लाहकार - राजेश सेङ्दाङ
३. सदस्य- जोन आर्यल
४. सदस्य- पुर्ण सुहाङ लिम्बू
५. सदस्य- रोशन श्रेष्ठ 
६. सदस्य- नवराज मैनाली
७. सदस्य - सुक्र हाङ मोक्तान

नव निर्वाचित दमाम कार्य समितिका सम्पुर्ण पदाधिकारी,सदस्य साथै सल्लाहकार ज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि सुभ-कामना ब्याक्त गर्दछु ।


जय लिम्बुवान ! जय संघीय नेपाल !!

नगर अधिबेशन हुने |



संघीय लिम्बुवान मंच को जनाबर्गीय संगठन स.बि.यु.लिको नगर अधिबेशन हुने |

"सम्पूर्ण बिद्यार्थीहरु संघीय समानुपातिक र व्यवहारिक शिक्षा एवं र्राष्ट्रिय मुक्तिको लागि एक हौँ भन्ने मुल नारासहित नगर अधिबेशन अधिवेशन हुन लागेको हो ।"


दमक-०४ -अथक प्रयास पछि र बिभिन्न चरणको बैचारिक,अनौपचारिक बहसहरु,भेटघाट र छलफल पछी आज बल्ल साथीहरुको सकारात्मक धारणा प्रस्तुत भयो|आज स.बि यु,लिको नगर समितिको आज बिभिन्न बिद्यालयहरुका विद्यार्थीहरु संग छलफल गरि अनौपचारिक रुपमा नगर अधिबेशन समिति जिल्ला उपाधक्ष्य साथै नगर इन्चार्ज-श्री अविन मेन्याङबो ज्युको प्रमुख अथितीयमा पाच संयोजक समिति सदस्य तोकिएको छ"-अविन मेन्याङबो भन्छन |उनि भन्छन आज सम्म हामी हामीले सरकारलाई "सम्पूर्ण बिद्यार्थीहरु संघीय समानुपातिक र व्यवहारिक शिक्षा एवं र्राष्ट्रिय मुक्तिको लागि एक हौँ'भनेर जसकाइ रहयौ तर सरकारले सुनेन हाम्रो कुरा अब हामी बाध्य बनौछौ सरकारलाई|उनले भने अब अरुण पूर्व नौ जिल्लामा हामी जसरि भएनी यो कुरालाई टेकाई छोड्छौ |हिजो सम्म हामी सुतेका थियौ तर आज हामी क्रान्तिको नया बिकुल फुकी उठेका छौ |भन्छन सुतेको बाघ र सुतेको मानिसलाई न उठाउनु तर यो एकात्मक राज्य सत्ताले हाम्रो निन्द्रा बिचकाएको छ हाम्रो निन्द्रा भंग गरेको छ अब हामी जागेका छौ कसैलाई छोड्नेवाला छैनौ | एक थोपा रगत रहे सम्म हाम्रो अधिकारको लागि लडीराख्ने छौ|थाप्नु परे गोलि थापछौ तर पछाडी हट्दैनौ|क्रान्तिको नया बिकुल फुक्छौ |



नगर समितिको संयोजक श्री सुरज यादवका अनुसार अब केहि दिन भित्र स.बि.यु,लिको नगर समितिले निक्कै सफलता हासिल गर्ने छ भने अब सरस्वती,हिमाबी,दुकुरपनि,बहुमुखी,मोडल क्याम्पसहरुमा यसको संगठन केहि दिन भित्र तिब्र रुपमा गठन हुनेछ|अनि यो स.बि.यु.लिले दमक भरिका विद्यार्थीहारुको हितको लागि बिभिन्न चरणका कार्यक्राम्हरू अघि बढाई रहनेछ र यो बिध्यार्थीहरुको माझ न.१ विद्यार्थी संगठन हुनेछ | शो स्रोतको जानकारी अनुसार यो मङ्सिर भित्र यसले निक्कै खुड्किलो मर्ने सम्म बताए भने यसको नगर अधिबेशन आउदो २०गते भित्र सम्पन्न गर्ने सम्म जानकारी दिए | स्रोतको जानकारी अनुसार केहि दिन भित्र समितिको नाम र थप उप-समितिको नाम समेत एक मुस्ट सार्बजनिक गर्ने बताए |

धन्यबाद !!!!

जय लिम्बुवान !!!जय संघीय नेपाल!!!!