सांसदको सुविधा चारगुणा बढ्दै
३ मंसिर, काठमाडौं । व्यवस्थापिका संसदमा पेस भएको ‘संघीय संसदका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा’ सम्बन्धी विधेयकमा कांग्रेस एमाले र माओवादीले चारगुणासम्म सुविधा बृद्धिको प्रस्ताव गरेका छन् ।तीन दलका ११ सांसदको संयुक्त हस्तारक्षरसहित बिहीबार दर्ता गराएको संशोधन प्रस्तावमा सांसदको सुविधा चारगुणासम्म थप गर्न प्रस्ताव गरिएको सामाचार आजको राजधानी दैनिकमा समाचार छ ।
सांसदहरुको तलब र सुविधा बृद्धि गर्न संसदमा दर्ता भएको संशोधन विधेयक ‘विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत भइसकेको छ ।सो विधेयकमा संशोधनका लागि दिइएको ७२ घण्टेसमय सकिने अन्तिम दिन उनीहरुले सुविधा तलप बृद्धि हुनेगरी प्रस्ताव दर्ता गराएका हुन् ।दर्ता भएको संशोधन प्रस्ताव हुबहु पारित भए अब एकजना सांसदले पारिश्रमिकबापत मासिक १ लाख ३० हजार रुपैयाँभन्दा बढी रकम प्राप्त गर्नेछन् ।
No comments:
Post a Comment