केसीले प्रहरीको सलामी लिँदै गरेको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा ‘गणतन्त्रका छोटे महाराजा’ भन्नेसम्मका टिप्पणी आएका छन् ।स्रोतका अनुसार पहिलो पटक विदूरस्थित घरमा केसी पुग्दा प्रहरीको एक टुकडीले सलामी दिएको हो । तस्बिरमा दुई ओटा घडासहितको रातो कपडा बिछ्याइएको घरको आगनमा केसी उभिएको देखिएका छन् भने अगाडीबाट प्रहरीको एक टुकडीले सलामी दिएको छ । उनी बिदूर पुग्दा घरमा नेपालको झण्डा समेत राखिएको थियो ।
गत आइतबारमात्रै केसी पश्चिमी नुवाकोटमा पर्ने तारुका गाविसको बडा नम्बर १ स्थित चौतारागाउँमा अवैध ढंगले निर्माण भएको गौरा–पार्वती सामुदायिक अस्पतालको भवन निर्माणमा हेलिकप्टरमा पुगेका थिए । मन्त्री अस्पताल उद्घाटमा गएको भन्दै त्यतिबेला पनि उनको आलोचना भएको थियो ।
यसअघि केपी ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री बनेका प्रेमबहादुर सिंहले पनि केसीले जसैगरी सलामी लिएको समाचारबाहिर आएका थिए । सिंह कालीकोट पुग्दा प्रहरीको एक टुकडीले सलामी दिएको थियो ।
No comments:
Post a Comment