सत्ताधारी दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधन प्रस्ताव आइतबार दर्ता गर्ने सहमति गरेका छन्।
दुई दलका शीर्षस्थ नेता सहितको बैठकले उक्त निर्णय गरेको बैठकमा उपस्थित मन्त्री रमेश लेखकले जानकारी दिए।रुपान्तरित संसद्बाट संविधान संशोधन गरेर प्रदेशको सिमाना हेरफेर गर्न नसकिने विपक्षीले दिएको चुनौतिबारे पनि प्रधानमन्त्रीले परामर्श गरेका छन्।त्यस्तो चुनौतीका माझ प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले आ-आफ्ना विश्वासपात्र नेतालाई साथमा राखेर संशोधन मस्यौदाको खाकामा बुँदागत छलफल गरेका थिए।
तयार
प्रदेश नम्बर पाँचको सिमाना हेरफेर गर्ने विषयमा सत्ताधारी दलभित्रैबाट असन्तोषका स्वर सुनिएकाले आ-आफ्नो पार्टीमा छलफल गरी प्रस्ताव दर्ता गर्ने बैठकको निर्णय छ।वैठकमा सहभागि कांग्रेस सभापति निकट नेता तथा मन्त्री रमेश लेखकले भने, "संशोधन प्रस्तावको मस्यौदा मोटामोटी तयार भइसकेको छ। पार्टीमा आन्तरिक छलफल गरेर शनिवार अन्तिम रुप दिइन्छ र आईतबार दर्ता हुन्छ।"उनका अनुसार चार, पाँच र छ नम्बर प्रदेशको सिमानामा केही हेरफेर हुनेछ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेश सभाको सहमतिमा संघीय संसदले मात्र प्रदेशको सिमाना हेरफेर गर्न सक्ने संवैधानिक प्रावधान रहेको भन्दै वर्तमान संसदबाट त्यसो गर्न खोजिए कानुनी उपचार खोज्ने चेतावनी दिएको बताइएको छ |
संशोधन प्रस्तावको मस्यौदा मोटामोटी तयार भइसकेको छ। पार्टीमा आन्तरिक छलफल गरेर शनिवार अन्तिम रुप दिइन्छ र आईतबार दर्ता हुन्छ|
No comments:
Post a Comment