काठमाडौं – सांसद र संसदका पदाधिकारीहरुको सेवा सुविधा ह्वात्तै बढ्ने भएको छ । व्यवस्थापिका संसदको आइतबार बसेको बैठकले संघीय संसदका पदाधिकारी र सांसदको सेवा सुविधा बढाउने सम्बन्धि विधेयक पास गरेसँगै उनीहरुको तलब बढ्ने पक्का भएको छ ।
विधेयक समितिमा नपठाई सदनमै छलफल भएर पारित भएको संसद सचिवालयका सहप्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिए । कुइँकेलले विधेयकबारे सदनमा व्यापक छलफल भएको समेत बताए । विधेयक संशोधनसहित पारित भएको छ । केही दिन अघि सदनले विधेयक संशोधनका लागि समय दिएको थियो ।
विधेयकमा सांसदहरु, संघीय संसदका सभामुख, उपसभामुख, प्रतिनिधिसभाका विपक्षी दलका नेता, राष्ट्रिय सभाका विपक्षी दलका नेता तथा सांसदहरुको पारिश्रमिक, भत्ता, आवास सुविधा बढाउन प्रस्ताव गरिएको छ ।
सरकारले प्रस्ताव गरेको विधेयकमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले संशोधन प्रस्ताव पेश गरे । उनको प्रस्ताव पारित भयो ।
सरकारले सांसदको दैनिक बैठक भत्ता ५ सय रुपैयाँमात्र प्रस्ताव गरेकामा संशोधनसहित विधेयक पास भएकाले १ हजार पुग्ने छ । अहिले बैठक भत्ता २ सय रुपैयाँ मात्रै छ । संसद बैठक र संसदीय समितिको बैठक बसेको दिन सांसदहरुले अब पाँच गुणा बढी हजार रुपैयाँ भत्ता बुझ्ने छन् ।
यस्तै, सांसदहरुले बढेको घरभाडा भत्ता गएको साउन महिनादेखि नै लागू हुने गरी पाउने बताइएको छ । यसैबीच, १० जनाभन्दा बढी सांसद भएका दलका प्रमुख सचेतकले सवारी सुविधा पाउने छन् । यसअघि, हिँड्दा पनि २५ सय रुपैयाँ पाउने गरेका थिए ।
पहिले
पारिश्रमिक ४४,१८०
बैठक भत्ता २००
महंगी भत्ता १०००
आवास ६५००
फर्निचर ९कार्यकालभर० १५,०००
पत्रपत्रिकारटेलिफोन २,३००
परिवहन भत्तारयातायात १५०
बिजुली धारा १,२४८
जम्मा ७०५७८
पारिश्रमिक ४४,१८०
बैठक भत्ता २००
महंगी भत्ता १०००
आवास ६५००
फर्निचर ९कार्यकालभर० १५,०००
पत्रपत्रिकारटेलिफोन २,३००
परिवहन भत्तारयातायात १५०
बिजुली धारा १,२४८
जम्मा ७०५७८
अहिले
पारिश्रमिक ५५,२३०
बैठक भत्ता १०००
महंगी भत्ता १००० ९विशेष भत्ता०
आवास १८,०००
फर्निचर ९कार्यकालभर० १५,०००
पत्रपत्रिकारटेलिफोन ३,००० ९इन्टरनेट र सञ्चार०
परिवहन भत्तारयातायात १,०००
बिजुली धारा २,०००
जम्मा ९६२३०
बढेको रकम २५६५२
पारिश्रमिक ५५,२३०
बैठक भत्ता १०००
महंगी भत्ता १००० ९विशेष भत्ता०
आवास १८,०००
फर्निचर ९कार्यकालभर० १५,०००
पत्रपत्रिकारटेलिफोन ३,००० ९इन्टरनेट र सञ्चार०
परिवहन भत्तारयातायात १,०००
बिजुली धारा २,०००
जम्मा ९६२३०
बढेको रकम २५६५२
No comments:
Post a Comment