Wednesday, December 28, 2016

लिम्बुवान मंचमा प्रवेश गर्नेको लहरको|

पूर्व लिम्बुवानमा संघिय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बन्द संघिय लिम्बुवान मंच शक्तिशाली रुपमा प्रदशन हुदै |

आज २०७३ साल पौष १३ गते बुधबार-सलोराम-संघीय लिम्बुवान मञ्च,नेपालमा २०३६ साल देखि नेपाली काङ्ग्रेस पार्टीमा सक्रिय सदस्यको रूपमा रहनु भएका पान्थर जिल्ला,हाङ्गुम गा.बि.स. वडा न.- ४ बस्ने श्री- अमृत कुमार कुरुम्बाङ नेपाली काङ्ग्रेस परित्याग गरि संघीय लिम्बुवान मञ्च,नेपाल मा प्रवेश गर्नु भएको छ।उहाँलाई पार्टीका प्रान्तीय(केन्द्रीय)सचिव- श्री मोहन बेघा"नाम्सा" ज्युको बाहुली बाट सदस्यता-पत्र प्रदान गरियो।

उहाको भनाइ अनुसार- "नेपाली कांग्रेस जस्ता पार्टीहरुमा हामी अधिबशी जनजातीहरु बस्नु भनेको आफ्नो पहिचान र अस्तित्व गुमाउनु साथै आफ्नो जात र धर्मको बिरोध गर्नु हो|यत्रो वर्ष आफ्नो धर्म,पहिचान र अस्तित्वको बिरोध गर्दै बसियो अब त्यसको मोल चुकाउने बेला आएको छ |अब मरे लिम्बुवान बचे लिम्बुवान |"
देश बिदेशमा रहनुहुने र संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चमा आबद्ध सम्पूर्णको तर्फबाट बधाई शुभ कामना आउने क्रम जारि रहेको पनि सो स्रोत बाट जानकारी आएको छ भने गोप्य स्रोतकै अनुसार अरुण पूर्व लिम्बुवानमा लिम्बुवान भन्दा अरु कुनै पार्टी शक्तिसाली  नरहेको समेत्  बताए |
 लिम्बुवान सहितको १०+१ प्रान्त कायम गरौं 

संघिय लिम्बुवान बिधार्थी युनियन लिम्बुवानमय हुदै|

पौस १३, इलाम-"मातृभाषामा ब्याबहारिक शिक्षा हाम्रो अभियान,संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वायत्त लिम्बुवान !"भन्ने मूल नाराको साथ् संघीय लोकतान्त्रिक र्राष्ट्रिय मञ्च-संघीय लिम्बुवान मञ्च,नेपाल को जनवर्गीय संगठन संघीय लिम्बुवान बिद्यार्थी युनियन,ईलाम जिल्ला स्थित आदर्श उच्च मा. बि. मा गठन भएको छ |उक्त इकाईका सदस्यहरुको नाम 
अध्यक्ष श्री- रन्जित माबोको ,
 उपाध्यक्ष श्री- कल्याण राई,
उपाध्यक्ष श्री-अनिसा राई,
उपाध्यक्ष श्री-विशाल श्रेष्ठ
उपाध्यक्ष श्री-टीका चौलागाई  
उपाध्यक्ष श्री-रमेश फागो
सचिव श्री- बिरेन सावादेन, 
सह-सचिव श्री- लोकेन्द्र योङ्हाङ 
अर्थसचिव श्री-बिमला राई लगायत २८ सदस्यीय ईकाई समिति गठन भएको छ।
लिम्बुवान बिद्यार्थी युनियनका केन्द्रीय सदस्य श्री- सुबास खुदाङ,सलिबियु ईलाम जिल्ला अध्यक्ष श्री- शुक्रराज माबो,पार्टीका केन्द्रीय सदस्य श्री- खानिपा हाङ लिम्बू,ईलाम जिल्ला सचिव श्री- निर्मला चेम्जोङ लगायत नेता ज्युहरुको उपस्थितिमा उक्त गठन कार्यक्रम सम्पन्न भएको हो।
नव गठित सलिबियु,ईकाइ समितिका सम्पुर्ण पदाधिकारी साथै सदस्य ज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि सुभ-कामना ब्याक्त गर्दछु ।

Tuesday, December 27, 2016

हामीले साथ दिन्छौ भन्दा भन्दैन पनि प्रविधिले साथ नदिए पछी

सबैभन्दा बढी जनगुनासो रहने कार्यालयमध्ये भित्र पर्दछ यातायात व्यवस्था कार्यालय । समयमै काम नगरी दिनेदेखि लिएर पैसा नखुवाई वरको फाइल पर पनि नसार्ने आरोपबाट मुक्त हुन नसकेको यातायात कार्यालयको अवस्थाबारे बुझ्न हामी राजधानीबाट करीब ८ सय किलोमिटरको दूरीमा अवस्थित यातायात व्यवस्था कार्यालय धनगढी, कैलाली पुगेका थियौं । र, त्याहाँको अवस्थाबारे कार्यालय प्रमुख कृष्णप्रसाद भूसालसंग सेवाप्रवाहका विषयमा कुराकानी गरेका छौं । प्रश्तुत छ छोटो कुराकानी ।
तपाई नेतृत्वको यातायात व्यवस्था कार्यालय धनगढीले के गर्दैछ अचेल ?
यातायात व्यवस्थापन भनेको नेपालको हकमा चुनौतिपूर्ण काम छ । हाम्रो कार्यालयले दुई/तीन वटा काम गर्छ । एउटा लाइसेन्स वितरणदेखि लिएर म्यानेजमेन्ट गर्छ । अर्को सवारी सम्बन्धि सवारी दर्ता गर्ने, नविकरण गर्ने, नामसारी गर्ने, जाँचपास, रुट परमिट जारी सरुवा सहमति दिने यस्ता कामहरु गर्छ । जनतालाई सरल, सहज र शिघ्र सेवा दिने हाम्रो प्रयास जारी छ ।
जनशक्ति व्यवस्थापन कसरी गर्नु भएको छ नी ?
जनशक्ति अहिले हेर्दा हाम्रोमा मिश्रीत खालको छ । नयाँ प्रविधि बुझेका केही साथिहरु पनि हुनुहुन्छ । हाम्रो यातायात व्यवस्थापनलाई आइटीसँग जोड्न खोजिएको छ । केही साथिहरु परम्परागत रुपमा चल्दै आएको प्रशासनसँग सम्बन्धित हुनुहुन्छ । उहाँहरु टेक्नोलोजीसँग अभ्यस्त भइनसकेको अवस्था छ भने कति साथीहरु त कम्प्युटर नै चलाउन नसक्ने पनि छन् । कोही साथिहरु दक्ष पनि छन् । हामी हाम्रो जनशक्तिको क्षमता अभिवृद्धिमा पनि ध्यान दिईरहेका छौं ।
कर्मचारी प्रविधीमैत्री हुन नसकिरहेको अवस्थामा कसरी जनताको काम छिटो छरितो हुन्छ त ? 
हाम्रो यहाँ दरबन्दी फुलफिल नै छ । सबैले सबै कुरा जानिदिए त राम्रै हो । तर, एक अर्काको परिपुरक भएर काम गर्ने अवस्था भएको हुनाले हामीलाई सेवा नै दिन त त्यति गाह्रो भएको छैन । हामीलाई जनशक्ति भन्दा पनि टेक्नोलोजीले त्यति साथ दिइरहेको छैन ।
हाम्रोमा टेक्नोलोजीको दुई ओटा सिस्टम छ । एउटालाई डिएलएरआरएस (ड्राइभिङ लाइसेन्स रजिष्ट्रेशन सिस्टम) भनिन्छ भने अर्को भिआरएस (भेहिकलकल रजिष्ट्रेशन सिस्टम) भन्ने हुन्छ । यी दुईटा सिस्टम कहिले काँही बरावरी काम नगरीदिँदा र सर्भर ढीलो हुँदाखेरी समस्या थपिने गर्छ । जनताको काम धेरै परिराख्ने तर हाम्रो टेक्नोलोजीले चाहीँ नभ्याउने अवस्था भइरहेकोले दैनिक सेवा प्रवाहमा अफ्ठेरो भइरहेको छ ।
सर्भरको वा प्रविधिको समस्या हुनुको कारण चाहीँ के हो नी ?
सर्भरको क्षमताको कुरा पनि होला । यो केन्द्रबाट नियन्त्रित हुन्छ । चौध वटै अञ्चलका कार्यालयहरु र कतिपय ठुला सहरमा त बढी कार्यालय पनि छन् । कतै लाइसेन्स र सवारीका छुटाछुट्टै कार्यालयहरु छन् । एकै ठाउँबाट प्रवाह हुने भएकाले सरवरको क्यापासिटिले नधानेको हो की भन्ने लाग्छ ।
यत्रो धेरै काम हुने कार्यालयमा पनि यस्तो अवस्था ? कसरी चुस्त दुरुस्त सेवा दिन सकिन्छ त यसरी ?
थुप्रै समस्या झेलिरहेका छौ । हाम्रो मुख्य दुई काम हो । एउटा सेवा प्रवाह गर्नु हो भने अर्को राजस्व पनि संकलन गर्नु हो । गत बर्ष हामीले बीस करोड जति राजस्व संकलन गरेका थियौं । यो बर्ष सम्भवतः तीस करोडको हाराहारीमा राजस्व उठाउँछौ होला । राजस्व संकलन गर्ने मध्ये जिल्लामै तीन चार नम्वर भित्र पर्छौ । जनता त राजस्व तिर्न भनेर आउँछन नी यहाँ । राजस्व तिर्न आएका जनतालाई सर्भर चलेन । त्यसैले तपाईको काम हुँदैन भन्नु भनेको त हाम्रा लागि पनि लज्जाको बिषय बनेको छ ।
कति भयो सर्भरमा समस्या आउन थालेको ? अनि एक चोटी गयो भने कति समयसम्म हात बाँधेर बस्नुपर्छ त ?
यो समस्या लामो समयदेखि छ । म यस कार्यलयमा आएकै ८/९ महिना भइसक्यो । त्यो भन्दा पहिलादेखि नै यो समस्या छ । कहिले काँहि यो समस्या रेगुलर जस्तो पनि देखिन्छ । कहिले काँहि एक दुई दिन बिराएर हुन्छ । तर समस्या निरन्तर छ । त्यसैले हामीले सेवा दिन्छौ भन्दा भन्दै पनि सेवा दिन नसकेको अवस्था हो । कहिले काँहि सर्भर नचलेर सूचना टासेर सेवाग्राहीसँग माफि माग्नु पर्ने अवस्था पनि आउँछ ।
सेवाग्राहीको भीड त बढी नै हुन्छ होला नी ?
यति हुन्छ भनेर भन्न त सकिदैन हेर्नुस, हाम्रो कार्यालयमा दैनिक तीन/चार सय सेवाग्राही आउनुहुन्छ । ती सेवाग्राहीलाई छिटो छरितो सेवा दिन सोहि अनुसारको सर्भर छिटो चन्नु पर्छ । सर्भर त्यति छिटो चल्दैन । सरवर छिटो नचले सेवा प्रवाह गर्न समय लाग्छ । जस्तो लाइसेन्स बितरण गर्नु प¥यो । त्यसका लागि हामीले सुरुमा इन्ट्रि गर्नु पर्ने हुन्छ । अहिले बाइकको ट्राइल चलिरहेको छ । एउटा मान्छेको इन्ट्रि गर्न दश मिनेट लाग्यो भने १२/१३ हजार मान्छेको इन्ट्रि गर्न कति समय लाग्ला ? हामी सहजै अनुमान गर्न सक्छौ । अनि मान्छे लाईनमा बसेर सम्भव छैन । इन्ट्रिमा मात्रै महिनौ दिन लाग्ने अवस्था हुन्छ । एक जनको इन्ट्रि गर्न एक मिनेट वा आधा मिनेट मात्रै लाग्ने हो भने त हामी फटाफट काम गर्न सक्छौ नी । छिटो काम गर्न पाउँदा सेवाग्राही पनि खुसी हुने, हामीलाई पनि आनन्द आउने । तर कहिले काँही त एउटै नाम इन्ट्रि गर्न आधा घण्टा पनि लाग्छ । हामीले सेवा दिन्छौ भन्दा भन्दै पनि प्रविधिले साथ नदिइ रहेको अवस्था छ ।
यो समस्याको बारेमा विभागमा कुरा उठाउनु भयो कि भएन ?
हामीले विभागमा कुरा गरेका छौ । विभागबाट पनि यो सिष्टम अपग्रेट हुँदैछ भन्ने कुरा आएको छ । अनलाईन फर्म इन्ट्रि गर्ने कुरा सुधार्नु पर्छ भन्ने पनि मन्त्री ज्यूवाट निर्देशन भएको छ । सम्भवतः सुधार होला भन्ने अपेक्षा गरेका छौं ।
सेवाग्राहीको चापाचाप हुने कार्यालयमा यसरी तड्पिनु पर्दा कस्तो महसुस हुन्छ ? कहिल्यै नागरिक भएर यो कुरा सोच्नु भएको छ ?
जनताले दुःख पाउदा मलाई पनि पीडा हुन्छ । म पनि जनता हो । एउटा नागरीक हो । कुनै कार्यालयमा गएपछि सहज रुपमा मैले सेवा पाउँ भन्ने मेरो पनि अपेक्षा हुन्छ भने जनताको पनि त्यस्तो अपेक्षा हुनु स्वभाविकै हो ।
जनतामा कतै यिनीहरुले कम्प्युटर आफै बन्द गरिदिएकी भन्ने शंका आशंका पनि हुन्छ । हाम्रा कर्मचारीलाई काम गर्नलाई कामको ब्यारिएर पनि छैन । जतिवेला पनि हामी काम गरिरहेका हुन्छौ । काम गर्दा गर्दै पनि सिष्टमले साथ नदिदा हामीलाई पनि काम गर्न गाह्रो हुन्छ भने मलाई पनि पीडा बोध हुन्छ ।
यो त समस्याको पाटो भयो । समाधान के त ?
हाम्रो जुन सिष्टम छ । यसमा आधुनिकीकरण गर्न जरुरी छ । सबै काम कम्प्यूटर प्रविधिबाट गराउँदा छिटोछरितो, प्रभावकारी र पारदर्शी हुन्छ । कसैले गडबड गर्ने अवस्था हुदैन । काम सुधारोन्मुख अवस्थामा छ । भइरहेको छ । तर कुरा के हो भने हामीले छिटो काम गर्न सक्यो भने मात्रै हामीले जनताबाट ताली पाउने हो । सिष्टमले काम नगरेर हामीले गालि खाने अवस्था नआइदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।
अर्को पक्ष जनताले पनि कर्मचारीले काम गरेकै छन् है भन्ने सोच्नु पर्छ । म आईसकेपछि मैले दुई चारवटा सुधारका काम पनि गरेको छु । जस्तो म आउँदा खेरी शुक्रवार १२ बजेपछि रसिद नकाट्ने, अरु दिन दुई बजेपछि रसिद नकाट्ने भन्ने प्रचलन थियो । मैले त्यसलाई हटाएर सेवाग्राही आएपछि उसै दिन सेवा दिईरहेको छु
म आउने वित्तिकै त्यो काम सुरु गरेको छु । म्यानेजमेन्ट बाइ सराउन्डिङ्ग पद्धति अनुसार म कुर्सिमा बसेर प्रायः अर्डर गर्दैन । प्रत्येक कोठा कोठामा गएर कर्मचारीले के गरिरहेका छन्, कस्तो गरिरहेका छन् । निरीक्षण गरिरहेको हुन्छु । यो सबैभन्दा बढी गुनासो आउने छवि पनि नराम्रो भएको अफिस हुनाले कर्मचारीहरुले के के गरिरहेका हुन्छन् भनेर प्रायः कोठा कोठमा पुगिरहेको हुन्छु ।
अर्को नेपाल भरीकै समस्या भनेको लाइसेन्स हो । म आएको आठ महिनामा पाँच छ क्याटागोरीको मैले खोलि सकेको छु । एक दुई बर्षमा यो क्षेत्रमा लाइसेन्सको चापलाई कम गर्न सकिन्छ की भन्ने लागेको छ । नागरिक वडापत्रका कुराहरु, कर्मचारी युनिफर्ममा आउने, परिचयपत्र झुण्ड्यायर आउने जस्ता कुराहरुलाई पनि व्यवस्थित गर्न खोज्दै छु । नत्र यातायात ब्यवस्था कार्यालयमा कुन चाहीँ बाहिरको हो, कुन कर्मचारी हो, कुन दलाल हो भन्ने कुरा नचिनिने अवस्था पनि हुने भएकाले यसतर्फ पनि ध्यान दिइएको हो ।
तपाई आफै सेवाग्राही भएर हेर्दा जनताको कोणबाट सन्तोष लिने अवस्था छ त ?
सिष्टमले साथ नदिदा जनताको अपेक्षा अनुरुप सेवा दिन नसक्दा गाली खानु परेको अवस्था छ । हिजो पैसा दिएर काम गर्नु पथ्र्यो अझै पनि पैसा दिएर मात्रै काम हुन्छ भन्ने जुन मान्छेको प्रवृति छ त्यसमा सुधार भएको छैन । नियम कानुन बिपरित पनि काम गराउने प्रवृति हिजो हुन्थ्यो होला थाहा छैन मलाई । आज पनि त्यस्तै खोज्ने र अलिकति मुढेबल गर्ने मान्छेको प्रवृति पनि यदाकदा छ । हाम्रा सेवाग्राही भनेको सामान्यदेखि ठूल ठूला मान्छेसम्म हुन्छन । लाइसेन्स जसलाई पनि चाहिन्छ । कतिपय नबुझ्ने मान्छे पनि हामीसँग आउने गरेका छन् । कानुनको कुरा गरे पनि कोही कोहीले कानुन नबुझ्ने अवस्था पनि छ ।
तपाईकहाँ सेवा लिन आउने सेवाग्राही मध्ये सबैभन्दा टाउको दुखाइ को संग हुन्छ ?
कुरा बुझेर पनि बुझ पचाउने मान्छेलाई बुझाउन गाह्रो हुन्छ । बरु सामान्य मान्छेले यो यस्तो हो भने पछि कुरा बुझेर जान्छ । हिजो त्यसरी फरक ढंगले काम गर्ने मान्छे, अथवा कसैलाई दवाव दिएर काम गर्ने मान्छेले चाहीँ कुरो बुझे नी नबुझे जस्तो गर्छ ।
त्यस्तो अवस्थामा के गर्नुहुन्छ ?
मेरो यातायातको ठुलै अनुभव होइन । मैले यतै आएर अनुभव गरेको हुँ । आफुले साह्रै लोभ लालच नगरेर अनुशासनमा बस्ने हो भने मान्छेलाई बुझाउँदा बुझ्छन् । मलाई चाहीँ त्यो लागेको छ ।
बुँदागत रुपमा भन्नु पर्दा यातायात व्यवस्था कार्यालय धनगढीका राम्रा पक्ष के के हुन् ?
जुनसुकै वेला पनि हाम्रा कर्मचारीहरु काममा खटिन सक्छन् । तपाइहरु हेर्न पनि सक्नुहुन्छ । हाम्रा कर्मचारीहरु टेन टु फाइभ भन्ने छैन । आजकाल बिहान सात बजेदेखि ट्राइल छ । अहिले १२ बज्नै लाग्यो मैले खाना खाएको छैन । अब खाना खाएर फेरी सिधै अफिस जाने हो । चार बजेसम्म काम सकिएन भने पाँच बजेसम्म बसिन्छ । भनेपछि विहान सात बजेदेखि बेलुका पाँच बजेसम्म कुनै छुट्टै ब्यवस्था नहुँदा पनि काम गरिरहेका छन् । यो यउटा सुन्दर पक्ष हो ।
जनतामा पनि अहिले केही काम भइरहेको छ है भन्ने आशा पलाएको मैले देखेको छु । मन्त्री ज्यू पनि यही क्षेत्रको भएको हुँनाले कार्यलयमा आउने, अनुगमन तथा निरीक्षणले गर्नेदेखि लिएर हामीलाई निर्देशन दिने गरिरहनु भएको छ । त्यसबाट पनि हामीले हाम्रा कुरा राख्न पाएका छौ र उत्प्रेरणा समेत मिलेको छ ।
केही सुधार गर्नुपर्ने पक्ष पनि होलान्, के के कुरा सुधार गर्नुपर्छ ?
केही नराम्रा पक्ष पनि छन् । हामीले जति घण्टा काम गरे पनि कुनै छुट्टै किसिमको इन्सेन्टिभको व्यवस्था छैन । कार्यालयमा भौतिक स्रोत साधनको पनि अभाव देखिन्छ । उपसचिब कार्यालय प्रमुख भएको कार्यालयमा एउटा गाडीको सम्म व्यवस्था छैन । जसले गर्दा अनुगमनमा समस्या भएको छ । यसले अनुगमनको पाटोमा कमजोर बनाएको छ । कामको प्रेसरले पनि गाह्रो छ । अत्याधिक कामको लोड छ । त्यसका बावजुत पनि जे छ त्यसैलाई सदुपयोग गरेर, सबै मिलेर काम गर्नु पर्छ भन्ने मेरो मान्यता हो ।
आधारभुत आवश्यकता पनि हाम्रोमा परिपूर्ति भएको छैन । हाम्रो भवन पनि आफ्नो छैन । भवन बन्दै छ । एक बर्षपछि हामी हाम्रो भवनमा सर्छौ होला । तर अहिलेका भवनमा साघुरा कोठा भएकाले पनि हामीलाई काममा असहजता छ । भोली भवन बने ती समस्या समाधान होलान् र हामीले माग पनि गरिरहेका छौ । गाडी पनि आउँला । कतिपय अवस्थामा कर्मचारीलाई गरिने व्यवहारमा पनि समानता ल्याउन जरुरी छ । हामी जस्ता युवाहरुलाई एक किसिमको उत्प्रेरणा प्रदान हुने हो भने काम गर्न सक्छौं । नत्र भोली संगठन छोडेर जानु पर्ने अवस्था आउन सक्छ ।
जनताको सेवामा समर्पित कर्मचारीका रुपमा माथिल्लो निकाय र खासगरी सरकारलाई के भन्न चाहनुहुन्छ त ?
मोफसलका कर्मचारीहरुको पनि उचित मूल्याड्ढन गरियोस् । राम्रो काम गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डसजायको व्यवस्थालाई व्यवहारमा लागू गरियोस् भन्ने माथिल्लो निकाय संग मेरो आग्रह छ ।

संघिय लिम्बुवान बिधार्थी युनियन अब जाग्दै |

 पौष १२ गते मंगलबार,इलाम -संघीय लोकतान्त्रिक र्राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च,नेपाल को जनवर्गीय संगठन संघीय लिम्बुवान बिधार्थी युनियन ईलाम जिल्ला स्थित ईलाम उच्च मा. बि. गठन भएको छ |उक्त इकाइका सदस्यहरुको नाम यस प्रकार छ:   
 अध्यक्ष-श्री आदित्य योङहाङको  
उपाध्यक्ष-श्री आसा चेम्जोङ 
उपाध्यक्ष- श्री  सम्झना आङ्देम्बे
सचिव श्री- प्रज्वल राई
सह-सचिव श्री- मनिता फागो र
 अर्थसचिव श्री- समिक्षा नेम्बाङ 
लगायत २३ सदस्यीय ईकाई कमिटी गठन भएको छ।
लिम्बुवान बिद्यार्थी युनियनका केन्द्रीय सदस्य श्री- सुबास खुदाङ,सलिबियु ईलाम जिल्ला अध्यक्ष श्री- शुक्रराज माबो,पार्टीका ईलाम जिल्ला सचिव श्री- निर्मला चेम्जोङ र कोषअध्यक्ष श्री- बिरेन्द्र सङ्बाहाङ्फे लगायत नेता ज्युहरुको उपस्थितिमा उक्त गठन कार्यक्रम सम्पन्न भएको हो।
नव गठित सलिबियु,ईकाइ कमिटीका सम्पुर्ण पदाधिकारी साथै सदस्य ज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि सुभ-कामना ब्याक्त गर्दछु ।

Monday, December 26, 2016

कहिले नथाक्ने रेसको घोडा कुमार लिङ्देन"मिराक" भनेर लिम्बुवानका बुद्धिजीवी लेखकहरुले सम्बोधन गरेकाछन।
कुमार लिङ्देन "मिराक" यस्तो खलपात्रको रुपमा हेरिन्छ,जसको भुमिकाले एकात्मकवादी, नस्लवादी चिन्तन बोकेकाहरुको षड्यन्त्रलाई सजिलैसँग बिफल पार्न सक्ने क्षमता भएको ब्याक्तित्व हुन्। कोहि कोहि नस्लवादी नेताहरु कुमार लिङ्देनको
नाम सुन्ने बितिकै निन्द्रा हराम भएर सिटामोल र सिलिपिङ टयाब्लेट को साहारा लिन पुग्छन् । यसकारण एकात्मकवादी सिमित ब्याक्तीहरुको नजरमा डरलाग्दा खलनायक रूपमा हेरिन्छ। यसरी कथित संविधान को घोषणा संग संगै संघीय र पहिचान शब्दलाई करिबकरिब (कोमा) चिरनिन्द्रामा पुर्याई सकेका थिए, एकात्मकवादीहरुले। तर यस्तो
अप्ठ्यारो परिस्थितिमा पनि कुमार लिङ्देन"मिराक" बाट संघीयवादी शक्तिहरु संग सहकार्य र मोर्चाबन्द्दी गरि सिंहदरबारमा प्रहार गरे।त्यसपश्चात् नेपालको राजनीति ले नयाँ दिशा लियो। संघीय र पहिचान को मुद्दाले जीवन दान पायो।तेतिमात्र होईन,एकात्मकवादी हरुको सुराल बिगार्ने गरि भय त्रास पैदा गराईदिए। अब भन्नुहोस् ,कुमार लिङ्देन खलनायक भयो की भएन ?
त्यस पछिको क्षण उहाँ सिमित क्षेत्रको मात्र नेता रहेनन् ।कथाले मागे अनुरुप देशले पनि रास्ट्रय नेता को रुपमा स्विकार्नु बाध्य भयो।कुमार लिङ्देन "मिराक" को भुमिका र आवश्यकता मुलुकभरका आदिवासी,सिल्पी समुदाय,मधेसी लाई महसुस भयो।
त्यस आवश्यकता लाई मध्यनजर गरि सम्पुर्ण जनतालाई समेट्नेे संघीय लोकतान्त्रिक र्राष्ट्रिय
मञ्च मा गोलबन्द हुन आह्वान गरे। अति अत्याधुनिक बैज्ञानिक १०+१ प्रान्त (प्रदेश) हुनु पर्ने माग राखे।
१.नेवा: २.मिथिला मधेस ३.मगरात ४.तमुवान ५.खसान ६. तामाङसालिङ ७.सेर्पालुङ ८.थारुवान ९.किराँत खम्बुवान १०.लिम्बुवान,(+१) गैर भौगोलिक दलित सिल्पी समुदाय प्रदेश अल्पसंख्यक जाती को लागि स्वायत्त सु-शासन को ब्यावस्था गरि लाने यस्तो प्रकार को सबैलाई समेट्ने मागले गर्दा उहाँ आदिवासी,मधेसी, सिल्पी समुदाय को माझ महानायक भएका छ्न।

संघिय गठबन्दन जाग्दै |

तीन दल मिलेर सिमेन्टले लिपे जतिकै सम्बिधान निर्माण प्रकृयालाइ बन्द गरिसकेको अवस्था मा,
सघिय गठबन्धन निर्माण पछिको आन्दोलन ले देशलाई नया बहसमा लगेको छ,
कम्तिमा देश दुई ध्रुबमा छ - सम्बिधान सम्सोधन गर्नु पर्छ र पर्दैन ।
सिमेन्टले लिपि सकेको प्रकृयालाइ पुन: बहस मा ल्याउन सकियो ।
अब यो बहस त्त्यती सजिलै रोकिदैन,
आन्दोलन गर्न कति गार्हो हुन्छ,एमाले ले भर्खर बुझ्दै छ ,अनि एमाले को आन्दोलन शसक्त्त हुँदै गर्दा यस्को काउन्टर मा पहिचान बादिहरुको आन्दोलन भित्र भित्रै कसरी आधी बेहरी जस्तै मडारिदै आफै बिकसित भैरहेको हुन्छ भन्ने पनि एमाले जनहरुले बुझेकै होला ।
मन्चले बुझेको थियो - पहिचान बादिहरुको धेरै बाटो बन्द भैसकेको थियो,
सायद हामिले खेल्न सक्ने पोलिटिकल गेम यहि मात्र बाकी थियो,
त्यसको लागि देश भरका सघियबादी हरु मिल्न जरुरी थियो,त्यो देश भरको सघिय गठबन्धन बन्नु अघि लिम्बुवान र मधेश एउटा समझदारी मा पुग्न जरुरी थियो,
लिम्बुवान र मधेश बिचको समझदारी नेपाली राजनीति को एउटा प्रमुख कडि हो भनेर हामिले बुझेका थियौ र त्यो एकात्मक बादिले पनि बुझेका छन,
त्यसैले लिम्बुवान र मधेश समझदारी हुन आटदा लिम्बुवान मा के के भये सबैले बुझेकै छौ,
तर पनि मन्च अघि बढ्यो,
आज आएर सम्झदा पो झसङ्ग भइन्छ,
तिनै साना तिना कुरामा अल्झेको भये - सिद्दिसकेको सम्बिधान निर्माण प्रकृयालाइ पुन शुरूवात गर्न सकिने थियेन ।
त्यसैले जनताहरु कुनै टिमको पछि दगुरिरहदा आफ्नो टिम लिडरले आफुलाइ कहाँ पुर्याउन चाहेको छ राम्रो बुझेर मात्र दौडनु पर्ने रहेछ है,
जेहोस,देशमा नया माहोल आएको छ,
यो ठूलो मौका हो हामी पहिचान बादिहरुको लागि,
माघ,फाल्गुन,चैत्र,बैशाख - यो हिउदलाइ मुक्तिको हिउद बनाउ,
अन्तिम लडाइको लागि तयारी गरौ,
माहोल पहिचानबादी हरुको पक्षमा आउदै छ,

संघिय गठबन्धन सम्पुर्ण राजनैतिक शक्ति संग बहस छलफल गर्दै |



सत्य तथ्य बुझौ, अनि खोकौ मित्र हो। 

Kumar Lingden Mirak :
अध्यक्ष कुमार लिङदेन ज्युको वाल बाट साभार,
सन्दर्भ सम्बिधान सम्सोधन कै,
अहिले काठमाडौं को राजनैतिक बृतमा कुराकानी छ,कि एमाले बेगर पनि सम्बिधान सम्सोधनको लाई दुई तिहाइ बहुमत पुग्ने स्थिती छ । त्यसैले एमाले हरु आत्तिरहेका छन ।
हुनत त्यति सजिलो दुई तिहाइपुग्ने स्थिती छैन, तर अलिक समझदारी कायम गर्ने हो भने एमाले बेगर नै पनि दुई तिहाइ पुग्ने स्थिती देखिन्छ ।
यो चुनौती र अवसर लाई हामी पहिचान बादिहरुले पनि हाम्रो पक्ष्यमा पार्न राजनैतिक भेटघाट ,कार्यक्रम ,आन्दोलन लाई तिब्र गरि अघि बढाउने सल्लाह बमोजिम अघि बढिरहेका छौ ।
यहि क्रममा २१ गते ने का सभापती शेर ब देउबा सङ्ग भेट गर्यौ,
भेटमा हामिले भन्यौ - ठुलो दल,लोकतन्त्र को लागि लडेको दलको नाताले ,हाम्रो मुल माग १०+ १ प्रान्तलाइ जसरी भये पनि सम्बिधान सम्सोधन बुदामा समाबेश गर्नु पर्यो ।
सबै मातृभाशाको प्रयोगमा सम्बैधानिक ग्यारेन्टी हुनुपर्यो र स्थानिय निकाय हरुलाइ गैर दलिय /गैर राजनैतिक इकाइ को रुपमा बिकास गर्नु पर्यो ।
सभापति देउबाले भने - मात्रीभाषामा धेरै झन्झट नगरौ,तर राई लिम्बू,गुरुङ,मगर ,तामाङ बाहुल्य क्षेत्रमा ती जातिका भाषाहरुबाट शिक्षा दिने ब्य्बस्था गर्न सकिन्छ,
स्थानिय निकायलाइ गैर दलिय बनाउन सकिन्छ,यो प्रस्ताव ०४७ सालमा पनि राखेको हो तर एमाले नै मानेन र अहिले पनि मान्दैन,

जहासम्म १०+१ प्रान्तको कुरा छ त्यो अहिले नै काङ्ग्रेस ले पास गर्दैन होला तर भबिश्यमा त हामी त्यहा पुग्नै पर्छ,अलिक पर्खी दिनुस ।
त्यस्पछी हामिले भन्यौ - अनि यत्रो १०+१ को कुरा उठेको छ ,यसलाइ कसरी सम्बोधन गर्नु हुन्छ त ?
आयोगको कुरा गर्नु हुन्छ,तर आयोगको अधिकारमा सङ्ख्या बढाउन सक्ने भन्ने थप्न मान्नु हुन्न ?
उनले भने - तपाईं हरु किन आत्तिनु हुन्छ ? सिमाना हेरफेर गर्न सक्ने आयोगले सङ्ख्या पनि हेरफेर गर्न सक्छ । तपाईं हरुको माग पूरा हुन्छ तर अलिक समय लाग्छ ।
उनको जुन कुरा थियो - सिमना हेरफेर गर्न सक्ने आयोगले सङ्ख्या पनि बढाउन सक्छ भन्ने ,
उनको त्यो कुरामा हामी बिस्वस्त हुन सकेनौ ,
हामिले प्रस्ट भन्यौ - सङ्ख्या को उल्लेख हुनु जरुरी हुन्छ ।

त्यसपछी हामी राप्रपा अध्यक्ष कमल थापा लाई भेटन गयौ ,अहिले राप्रपा सङ्ग ३७ मत छ । बिसेसगरी सघियता सम्बन्धी एक्सपर्ट र विभिन्न पार्टी हरु सङ्ग सहज गरिरहनु भएका स स फो सह अध्यक्ष राजेन्द्र श्रेस्ठले भनिरहनु हुन्थ्यो - सघियताको सवालमा राप्रपा बाधक नबन्ने रे !
हामिले देउबालाइ भनेका कुराहरु नै अध्यक्ष थापालाई पनि भन्यौ ,
उनले भने - हाम्रो सबै भन्दा चिन्ता नै आज देशमा जुन बिखन्डनको कुराको बिजारोपण भएको छ यसले एकदिन विशाल रुप लिन्छ कि भन्ने हो ।
उनले भने - सघियता राप्रपाको एजेन्डा होइन तर सघियता देशमा लागू भैसक्यो यो सत्यतालाइ कसैले नकार्न सक्दैन,स्वयम् राप्रपाले पनि नकार्न सक्दैन ।

सघियता हाम्रो एजेन्डा नभएकोले हामी यसमा कट्टर छैनौ,भन्नुको मतलव अहिले ओलि जिहरुले जसरी ७ प्रदेश नै हुनुपर्छ ,सङ्ख्या परिवर्तन हुन्सक्दैन भानिरहेका छन,हामी त्यो पक्षमा छैनौ ,नजानु सघियतामा गै सके पछि यसरी ७ मा नै अडिरहने भन्ने हुदैन,सङ्ख्या को बहस खुल्ला हुनुपर्छ ,अनि पो आन्दोलनरत दलहरु पनि एउटा आशाले राजनैतिक प्रकृयामा आउछन त,
जेहोस आदिबासी मधेशिलाइ सङ्ग बार्ता छलफल नगरि चुनाब मा गयौ भने त्यो सफल चुनाब हुदैन,त्यसले निकास दिदैन ।
उनले भने भाषाको सवालमा राप्रपा स्पस्ट छ - केन्द्रमा चल्ने भाषा को बारेमा केन्दृय सम्सदले र प्रदेशमा चल्ने भाषाको लागि प्रदेश सभाले निर्णय गर्नुपर्छ ।
उनले भने - अहिकेको सम्सोधान बारे पनि आदिबासी, मधेसी सङ्गा व्यापक बहस गर्नु पर्छ ।
यस्तै छ - सम्बिधान सम्सोधनको सेरिफेरो कुराहरु । माओ,कङ्रेस,सघिय गठबन्धन / मधेशी मोर्चा ,राप्रपा बिचमा सहमति भयो भने एमाले बेगर पनि दुई तिहाइ पुग्ने सम्भावना छ ।

जहासम्म हाम्रो १०+१ को कुरा छ ,अब हामिले पनि विशाल आन्दोलन अघि बढाउनु पर्यो,सबै पक्षबाट सकृयता प्रदर्शन गर्नु पर्यो,
बुटवलमा एमाले हरुले १२ वटा जिल्लाबाट मान्छे ल्याएका रहेछन,प्रत्येक नेताले ५० /६० वटा गाडी अनिबार्य ल्याउनु पर्ने ह्विप रहेछ,बिचरा एमाले हरुले पनि त्यति सजिलै जनमानस कहाँ जुटाएका रहेछन,हुनत उनिहरुले स्वतस्फूर्त भने तर त्यस्तो होईन ,१२ वटा जिल्लाबाट सामदाम प्रयोग गरेर ल्याएका रहेछन ।
यसरी सबैले मेहनत नै गर्ने हो क्या !
यसरी एमालेहरु जस्तै मेहनत गर्ने हो भने सघिय लोकतान्त्रिक रास्ट्रीय मन्च- सघिय लिम्बुवान मन्च,नेपाल ले इटहरी वा कहि १ लाख मान्छे निकाल्न सक्दैन र ?
बिराटनगर को विशाल आमसभा मा मन्चले जनमानस प्रदर्शन नगरेको हो त ?
मन्च सङ्ग त्यो शक्ति ,त्यो जोश कायमै छ ।
अब मन्च अघि बढछ, बढछ ,आत्मासमर्पन गरिदैन ।
यहि मङ्सिर २५ गते पान्थरको थर्पु, मङ्सिर २६ गते ताप्लेजुङ सदरमुकाम र २९ गते धरानको सुनसरिमा हुने विशाल लिम्बुवानी आमसभा हरुमा सहभागी हुन सबैमा सघिय लिम्बुवान मन्च,नेपाल हार्दिक अनुरोध गर्दछ ।
साथीहरुको टाउको साह्रो दुखेको थियो यो कुरा ले हैन |

राष्ट्रवादको खोक्रो नारा घंक्यौनेहरु खै |

आज आफुलाइ कथित रास्ट्रबादी भन्ने साथिहरुले र बिसेसतया एमालेको साथिहरुले अन्नपूर्ण पोस्ट मा बिहीवार २६,बैशाख २०७० मा प्रकाशित यो समाचार लाई ध्यानपुर्वक पढनु पर्छ र मनन गर्नु पर्छ,
खासगरी दोस्रो सम्बिधान सभाको चुनाब धेरै कोणबाट गलत डिजाइन मा आएको थियो र खिलराज रेग्मिलाइ निमित्त नायक बनाइएको थियो ।
त्यो चुनाबको सेरोफेरोमा यति गलत तरिकाले नागरिकता बितरण भयो कि त्यसको बयान गरिसक्नु छैन ।
पत्रीकाले यस्तो सम्म शीर्षक राखेर समाचार लेख्न बाध्य भयो ।
नेपालको नागरिकता लिन नेपाली भन्दा भारतिय बढी भन्ने न्युज,
यो भन्दा तल के बाकी रहला ?

तर पनि त्यो बेला कोहि बोलेनन ,
शिर्फ तत्कालीन मन्च सम्बद्द सघिय लिम्बुवान राज्य परिसद र केही सङठन हरु मात्र कथित चुनाब र गलत नागरिकता बितरण को बिरुद्धमा सत्ता सङ्ग लडिरहेका थियौ ।

गलत कुराको बिरुद्ध मा कोहि बोल्ने वाला थियेनन,
सबैलाइ सम्सद हुनु हतारो थियो,
लिम्बुवानमा लिम्बुवान नाम गरेका साथिहरु पनि चुनाबबाट सम्सद जितेर लिम्बुवान ल्याउन आतुरता का साथ चुनाब मा गएका थिये ,
कुमार लिङ्देन भनेको राजनिती नबुझेको,लोकतान्त्रिक प्रक्रिया नबुझेको भनेर धेरै भनियो,भएका शब्दहरु सबै भेला गरेर भनियो ,
गलत कुराको बिरुद्धमा जुध्नु पर्छ भन्ने कसैलाई आयेन,
एमाले ,काङ्रेस ,माओका साथिहरु मन्च सम्बद्दलाइ फसाउन कम्मर कसेर लागेका थिये ।
आज रास्ट्रीयता, नागरिकताको कुरा सम्झिदा हामिलाइ टाडी भिडन्त,लेटाङ र छ न बुधवारे भिडन्तको याद आउँछ ।
देशमा लाखौ लाख गलत नागरिकता बाडी नै सकिएको छ,
बाडने हरु तिनै एमाले कङ्रेस हरु हुन ।
आज लिम्बुवान लगायत १०+१ प्रान्तको आन्दोलन अघि बढाउदा ,
उहाँ सथिहरुबाटै रास्ट्रबाद को अर्ति उपदेश सुनिरहनु परेको छ र मधेशी सङग मिल्नु हुदैन भनेर सुझाब पनि आउने गरेको छ ।
झट्ट सुन्दा कुराहरू एकदम राम्रा हुन्छन,
तर कसको कुरामा कति सत्यता र तार्किकता छ बुझेर मात्र प
छि लाग्नु पर्छ है,
जय लिम्बुवान ,
जय १०+१ प्रान्त,

मंचका अध्यक्ष राजनितिक भ्रमणको सिलसिलामा हङकङ प्रस्थान

दमक-११ ,संघिय लोकतान्त्रिक राष्ट्रिय मंच -संघिय लिम्बुवान मंचका केन्द्रीय अध्यक्ष श्री कुमार लिङ्गदेन "मिराक"ज्यु यहि मिति २०७१/०९/०८ गते संघिय लिम्बुवान सामाजिक मंच हङकंगको निमन्त्राणमा उहा १ हप्ते राजनैतिक भ्रमणडमा जानु भएको केहि श्रोतबाट जानकारी मिलेको छ  र उहाको अनुपस्तितीमा संघिय लोकतान्त्रिक राष्ट्रिय मंच -संघिय लिम्बुवान मंचका केन्द्रीय  बरिस्ठ उपाधक्ष्य श्री ग्यान बहादुर गुरुङ ज्युले कार्यबाहक अधयक्ष जस्तो गरिमामय पद सम्हाल्नु हुने सम्म सो स्रोतले जानकारी दिनु भएको छ|

यसै बीच हुने सम्पूर्ण पार्टीको क्रियाकलाप साथै कार्यक्रमहरु पनि कार्यबाहक अध्यक्ष ज्यु द्वारा अघि बढाउन सर-सल्लाह साथै पार्टीको बिधान अनुशारको सम्पूर्ण अधिकार दिदै उहा गत ०८ गते नेपाल बाट हङकङ तर्फ प्रस्थान गर्नु भएको स्रोत बाट जानकारी आएको छ |