कहिले नथाक्ने रेसको घोडा कुमार लिङ्देन"मिराक" भनेर लिम्बुवानका बुद्धिजीवी लेखकहरुले सम्बोधन गरेकाछन।कुमार लिङ्देन "मिराक" यस्तो खलपात्रको रुपमा हेरिन्छ,जसको भुमिकाले एकात्मकवादी, नस्लवादी चिन्तन बोकेकाहरुको षड्यन्त्रलाई सजिलैसँग बिफल पार्न सक्ने क्षमता भएको ब्याक्तित्व हुन्। कोहि कोहि नस्लवादी नेताहरु कुमार लिङ्देनको
नाम सुन्ने बितिकै निन्द्रा हराम भएर सिटामोल र सिलिपिङ टयाब्लेट को साहारा लिन पुग्छन् । यसकारण एकात्मकवादी सिमित ब्याक्तीहरुको नजरमा डरलाग्दा खलनायक रूपमा हेरिन्छ। यसरी कथित संविधान को घोषणा संग संगै संघीय र पहिचान शब्दलाई करिबकरिब (कोमा) चिरनिन्द्रामा पुर्याई सकेका थिए, एकात्मकवादीहरुले। तर यस्तो
अप्ठ्यारो परिस्थितिमा पनि कुमार लिङ्देन"मिराक" बाट संघीयवादी शक्तिहरु संग सहकार्य र मोर्चाबन्द्दी गरि सिंहदरबारमा प्रहार गरे।त्यसपश्चात् नेपालको राजनीति ले नयाँ दिशा लियो। संघीय र पहिचान को मुद्दाले जीवन दान पायो।तेतिमात्र होईन,एकात्मकवादी हरुको सुराल बिगार्ने गरि भय त्रास पैदा गराईदिए। अब भन्नुहोस् ,कुमार लिङ्देन खलनायक भयो की भएन ?
त्यस पछिको क्षण उहाँ सिमित क्षेत्रको मात्र नेता रहेनन् ।कथाले मागे अनुरुप देशले पनि रास्ट्रय नेता को रुपमा स्विकार्नु बाध्य भयो।कुमार लिङ्देन "मिराक" को भुमिका र आवश्यकता मुलुकभरका आदिवासी,सिल्पी समुदाय,मधेसी लाई महसुस भयो।
त्यस आवश्यकता लाई मध्यनजर गरि सम्पुर्ण जनतालाई समेट्नेे संघीय लोकतान्त्रिक र्राष्ट्रिय
मञ्च मा गोलबन्द हुन आह्वान गरे। अति अत्याधुनिक बैज्ञानिक १०+१ प्रान्त (प्रदेश) हुनु पर्ने माग राखे।
१.नेवा: २.मिथिला मधेस ३.मगरात ४.तमुवान ५.खसान ६. तामाङसालिङ ७.सेर्पालुङ ८.थारुवान ९.किराँत खम्बुवान १०.लिम्बुवान,(+१) गैर भौगोलिक दलित सिल्पी समुदाय प्रदेश अल्पसंख्यक जाती को लागि स्वायत्त सु-शासन को ब्यावस्था गरि लाने यस्तो प्रकार को सबैलाई समेट्ने मागले गर्दा उहाँ आदिवासी,मधेसी, सिल्पी समुदाय को माझ महानायक भएका छ्न।
No comments:
Post a Comment