पूर्व लिम्बुवानमा संघिय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बन्द संघिय लिम्बुवान मंच शक्तिशाली रुपमा प्रदशन हुदै |
आज २०७३ साल पौष १३ गते बुधबार-सलोराम-संघीय लिम्बुवान मञ्च,नेपालमा २०३६ साल देखि नेपाली काङ्ग्रेस पार्टीमा सक्रिय सदस्यको रूपमा रहनु भएका पान्थर जिल्ला,हाङ्गुम गा.बि.स. वडा न.- ४ बस्ने श्री- अमृत कुमार कुरुम्बाङ नेपाली काङ्ग्रेस परित्याग गरि संघीय लिम्बुवान मञ्च,नेपाल मा प्रवेश गर्नु भएको छ।उहाँलाई पार्टीका प्रान्तीय(केन्द्रीय)सचिव- श्री मोहन बेघा"नाम्सा" ज्युको बाहुली बाट सदस्यता-पत्र प्रदान गरियो।
उहाको भनाइ अनुसार- "नेपाली कांग्रेस जस्ता पार्टीहरुमा हामी अधिबशी जनजातीहरु बस्नु भनेको आफ्नो पहिचान र अस्तित्व गुमाउनु साथै आफ्नो जात र धर्मको बिरोध गर्नु हो|यत्रो वर्ष आफ्नो धर्म,पहिचान र अस्तित्वको बिरोध गर्दै बसियो अब त्यसको मोल चुकाउने बेला आएको छ |अब मरे लिम्बुवान बचे लिम्बुवान |"
देश बिदेशमा रहनुहुने र संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चमा आबद्ध सम्पूर्णको तर्फबाट बधाई शुभ कामना आउने क्रम जारि रहेको पनि सो स्रोत बाट जानकारी आएको छ भने गोप्य स्रोतकै अनुसार अरुण पूर्व लिम्बुवानमा लिम्बुवान भन्दा अरु कुनै पार्टी शक्तिसाली नरहेको समेत् बताए |
लिम्बुवान सहितको १०+१ प्रान्त कायम गरौं
No comments:
Post a Comment