Sunday, March 12, 2017
झापामा स.वि.यूको नयाँ कार्यसमिति चयन
झापा जिल्ला बिद्यार्थीको नयाँ समिती चयन भयो!!!!
सचिबलय सदस्य :
सदस्य :
‘सुरक्षा विशेषतासहितको’ मतदाता परिचयपत्र
स्थानीय तह चुनावको तयारी गरिरहेको निर्वाचन आयोगले पहिलोपटक मतदाताहरुलाई सुरक्षा विशेषतासहितको मतदाता परिचयपत्र उपलब्ध गराउने बताएको छ।
नयाँ मतदाता परिचयपत्र छाप्न दिने अन्तिम तयारीमा पुगेको आयोगका सचिव गोपीनाथ मैनालीले बीबीसीलाई बताए।
'सेक्युरिटी चिप' र मतदाताको फोटोसहितको मतदाता परिचयपत्रबाट सक्कली मतदाता पहिचान गर्नमा पनि सघाउन पुग्ने आयोगको विश्वास छ।
एकजना पूर्व प्रमुख निर्वाचन आयुक्तले छोटो समयमा त्यस्तो परिचयपत्र बनाउन चुनौतीपूर्ण भएपनि नेपालको चुनावी अभ्यासमा एउटा महत्वपूर्ण कदम हुने प्रतिक्रिया दिएका छन्।
विशेषता
पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीका अनुसार संविधानसभाको दोस्रो निर्वाचनकै बेला आयोगले सुरक्षा विशेषतासहितको मतदाता परिचयपत्र उपलब्ध गराउन चाहेपनि समय अभावका कारण त्यसलाई मूर्त रुप दिन सकिएन।
यसपटक भने समयमै मतदाता परिचयपत्र मतदाताको हातमा पुर्याउने लक्ष्यका साथ प्रारम्भिक चरणका काम पनि सकिसकेको आयोगका सचिव मैनालीले बताए।
त्यसबारे भइरहेका थप काम र मतदातालाई दिइने परिचयपत्रको विशेषताबारे उनले भने भने, "कम्पनीहरुलाई काम दिएर आयोगकै परिसरमा मतदाता परिचयपत्र छाप्नका लागि आदेश दिने अन्तिम तयारीमा हामी छौँ। त्यसमा होलोग्राम हुन्छ, माइक्रो टेक्स्टहरु हुन्छन् जुन आँखाले पढ्न सकिंदैन। क्युआर कोड हुन्छ, त्यसमा चारवटा अक्षर राख्छौँ। फाराम नम्बर, वा व्यक्तिको नाम, ठेगाना, नागरिकताको प्रमाणपत्र नम्बर लगायतका कुरा हुन्छन् त्यसमा र पृष्ठभूमिमा केही प्रिन्ट हुन्छ।"
आयोगका अनुसार वैशाख ३१ गतेको चुनावका लागि झण्डै १ करोड ४१ लाख मतदाता मतदान गर्न योग्य देखिएका छन्, जसको अर्थ आयोगले सोही संख्यामा मतदाता परिचयपत्र बनाउनुपर्ने हुन्छ।
सचिव मैनालीका अनुसार सुरक्षा विशेषतासहितको एउटा मतदाता परिचयपत्र बनाउन करबाहेक करिब १० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ र त्यस विषयमा कम्पनीहरुसँग आयोगको परामर्श जारी छ।
दीर्घकालीन
मतदान अधिकृतलाई चुनावअघिनै मतदान केन्द्रमा पठाउँदा उनीहरुसँगै मतदाता परिचयपत्र पठाएर वितरण गर्ने आयोगको योजना छ।
सो योजनालाई प्रभावकारी देखेपनि पूर्व प्रमुख आयुक्त उप्रेतीले यस्तो चुनौती औंल्याए।
उनले भने, "मलाई चाहिँ डर लागेको कुरा के हो भने समयावधि अत्यन्त कम छ। छाप्न नै चुनौतीपूर्ण छ। यति छोटो समयमा सुरक्षित मतदाता परिचयपत्र जुन दीर्घकालीन रुपमा प्रयोगमा ल्याउन सकिन्छ त्यस्तो खालको बनाएर वितरण गर्नका लागि चाहिने समय र वितरण जुन व्यवस्था हो त्यसमा हामी कतै चुक्छौँ कि? "
मतदाता परिचयपत्र लिनका निम्ति चुनावको केही दिनअघिनै मतदाताहरु मतदान केन्द्र जानुपर्ने भएकोले झन्झटिलो हुन सक्छ।
तर अधिकारीहरुको आग्रह छ- निष्पक्ष र धांधलीरहित चुनावका लागि मतदाताले दुःख नमानी सहयोग गरुन्।
Sunday, March 5, 2017
एमाले १८औं शताब्दीमै अझै
_____________________ कुमार लिङ्देन मिराक बताँउछन् :
एमालेको साथिहरुको मेची - काली हर्कतले देशलाइ र स्वयम एमालेलाइ पनि सहि ठाउमा पुर्याउदैन ।
" सम्बिधान सम्सोधन गरेर १०+१ प्रान्त बनाउनु हुदैन,जे छ ठिक छ,तत्कालिन राजा महेन्द्रले जसरी आदिबासी भाशाहरुको हत्या गरेर एक भाषा एक लिपि लागू गरे,त्यो महेन्द्रको बाटो नै ठिक छ,
यहाका आदिबासी जनजाति हरु,मधेशी ,थारु,दलित हरु को पहिचान र अस्तित्व राज्यले स्विकार गर्नु हुदैन यतिकै पेलेको पेलेकै लानु पर्छ "
यहाका आदिबासी जनजाति हरु,मधेशी ,थारु,दलित हरु को पहिचान र अस्तित्व राज्यले स्विकार गर्नु हुदैन यतिकै पेलेको पेलेकै लानु पर्छ "
भन्नेहरुको हुल नै अहिलेको एमाले हो।
तर एमालेहरुको यो अठारौ शताब्दी को गन्दे षड्यन्त्र र दमनको नितिले २१ औ शताब्दिको सघिय चेतनालाइ कुनै हालतमा रोक्न सक्दैन ।
यिनिहरुका पहिचान बिरोधी रास्ट्रबाद को बुख्याचा ढल्छ ढल्छ,
मधेशका योद्दाहरुले एमालेको र्यालिलाइ अबरोध पुर्याउने भनेका छन,
मधेशका योद्धाहरुप्रती हामी सदा सलाम गर्दछौ,
यिनिहरुका पहिचान बिरोधी रास्ट्रबाद को बुख्याचा ढल्छ ढल्छ,
मधेशका योद्दाहरुले एमालेको र्यालिलाइ अबरोध पुर्याउने भनेका छन,
मधेशका योद्धाहरुप्रती हामी सदा सलाम गर्दछौ,
सघिय गठबन्धन ले छिटो भन्दा छिटो आन्दोलन को कार्यक्रम सार्बजनिक गरोस भन्ने मन्च / लिम्बुवान को पर्खाइ हो ।
हामिले बारम्बार भनिरहेका छौ -
सघिय गठबन्धन ले दियेको जस्तो सुकै जिम्मेवारी पनि हामी पूरा गर्ने छौ ,
हामिले बारम्बार भनिरहेका छौ -
सघिय गठबन्धन ले दियेको जस्तो सुकै जिम्मेवारी पनि हामी पूरा गर्ने छौ ,
हामिले धेरै कार्यक्रम मा भनेको छौ - लिम्बुवान डराएर होईन ,धेरै सोचेर कार्यक्रम को स्पिडलाई मध्यम बिन्दुबाट अघि बढाएको हो ।
लिम्बुवान को सामाजिक बनोटलाइ हेरेर धेरै सोचेर रिस आक्रोश आबेग लाई थामेर अघि बढिरहेका छौ ।
तर लिम्बुवान को यो धैर्यतालाइ कम्जोर नठानियोस ।
लिम्बुवान को सामाजिक बनोटलाइ हेरेर धेरै सोचेर रिस आक्रोश आबेग लाई थामेर अघि बढिरहेका छौ ।
तर लिम्बुवान को यो धैर्यतालाइ कम्जोर नठानियोस ।
एमालेको साथिहरुको यो पहिचानबिरोधी हर्कतले देशलाइ जोडने होईन फोडदै लाने छ ।
अरुलाइ किनारामा पुर्याउन खोज्ने एमाले आफै एउटा किनारामा पुग्ने छ ।
एउटा स्थाइ द्वन्द्द्को सुरुवात हुनेछ ।
अरुलाइ किनारामा पुर्याउन खोज्ने एमाले आफै एउटा किनारामा पुग्ने छ ।
एउटा स्थाइ द्वन्द्द्को सुरुवात हुनेछ ।
जय लिम्बुवान ,जय १०+१ प्रान्त,
गठबन्धनले आन्दोलनको कार्यक्रम घोषणा गर्ने
काठमाडौं, फागुन २२ । सङ्घीय गठबन्धनले हामी राजनीतिक दलहरूको भागवण्डा र सत्ता स्वार्थको आधारमा घोषणा गरिएको स्थानीय निर्वाचनको मिति तुरुन्त फिर्ता लिन र व्यवस्थापिका संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव परिमार्जन सहित पारित गर्न माग गरेको छ ।
आन्दोलनको कार्यक्रम तय गर्न गठित सङ्घीय गठबन्धनको कार्यदलको बैठक मिति २०७३ फागुन २१ गते कार्यदल संयोजक राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठक पछि आज जारी गरिएको प्रेस विज्ञप्तिमा यदि त्यसो नगरिएमा सङ्घीय गठबन्धन सशक्त रूपमा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ । उक्त विज्ञप्तिमा भनिएको छ — सङ्घीय गठबन्धनले आगामी बैठकबाट आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय गर्दछ ।
उक्त बैठकले गरेका निम्न निर्णयहरूलाई कार्यान्वयन गर्न गराउन गठबन्धनमा आवद्ध सम्पूर्ण राजनीतिक दल, आदिवासी जनजाति, मधेसी, खस, शिल्पी, थारु, मुस्लिम लगायतका सामाजिक शक्तिहरूलाई हार्दिक अनुरोध गरेको छ ।
बैठकमा देशलाई अग्रगामी परिवर्तनको दिशामा लानका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा तराइ मधेसमा प्रतिगामी तथा विभेदकारी संविधान विरुद्ध, पहिचान र सङ्घीयता विरोधीहरूलाई खवरदारी गर्न जारी भण्डाफोर आन्दोलनलाई समर्थन गर्दै सक्रियताका साथ सहभागी हुने निर्णय पनि गरेको छ ।
पहिचान र अधिकारका लागि ५ बुँदे माग राखी आदिवासी जनजाति महासङ्घद्वारा घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई सफल पार्न सक्रियताका साथ सहयोग गर्ने ५ — विज्ञप्तिमा भनिएको छ ।
साथै उक्त बैठकले करिव डेढ महिनादेखि काठमाडौँको शंखरापुर नगरपालिका, दक्षिणकाली नगरपालिका लगायत विभिन्न जिल्लाहरूमा भइ रहेको आन्दोलनलाई समर्थन गर्दै मिति २०७४ फागुन २१ गतेदेखि शंखरापुर नगरपालिका यथावत कायम राख्न माग राखी कवि तथा समाजसेवी राजदाश श्रेष्ठको आमरण अनशनप्रति ऐक्यबद्धता जाहेर गरेको छ ।
दमक नगर कार्य समिति द्वारा संगठन बिस्तार
प्रशिक्षण तथा जनजागरण कार्यक्रम तिब्र-
मिति २०७३ साल फाल्गुन २१ गते सम्पन्न -
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च-संघीय लिम्बुवान मञ्च, नेपाल झापा जिल्ला दमक नगरपालिका वडा न.- १ मा श्री- उदयमान तुम्रोक को अध्यक्षतामा, प्रथम उपाध्यक्ष श्री- ईन्द्र जबेगु, उपाध्यक्षहरु श्री- नर्वदा निङ्लेकु, श्री- मदन तामाङ र श्री- हर्क लाल पन्धाक, सचिव श्री- दिनेश राई, सह-सचिव श्री- कल्याण हाङ माङ्लाक र अर्थसचिव श्री- कविता आङ्देम्बे राई लगायत ३१ सदस्यीय वडा कार्य समिति पुनः गठन साथै प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
सल्लाहकारहरु -
१. श्री लोकेन्द्र माङ्लाक (पहिचान समिति सदस्य)
२. श्री टंक केरुङ (दमक नगर उपाध्यक्ष)
"लिम्बुवान सहितको १०+१ प्रान्त कायम गरौं!"
जय लिम्बुवान । जय संघीय नेपाल ।।
Thursday, March 2, 2017
झापामा ओलीलाई ठुलो झट्का नेवि संघ द्धारा!!!!
झापामा नेवि संघ ५, अनेरास्ववियु २, अखिल
क्रान्तिकारी १ क्याम्पसमा बिजयी, मेचीमा विवाद |
मेचि बहुमुखी क्याम्पसमा भने बिबादका कारण अहिले सम्म मत गणनानै सुरु हुन नसकेको |
दमक | झापाका नौ वटा क्याम्पसमा भएको हिजो भएको स्वतन्त्र बिद्यार्थि युनियनको निर्वाचनमा ८ वटा क्याम्पसको परिणाम सार्वजनिक भैसकेको छ । जस मध्ये नेपाली कांग्रेस निकट नेपाल बिद्यार्थी संघले बर्चश्व कायम गरेको छ । आठ वटा क्याम्पसको मत परिणाम आईसक्दा नेपाल बिद्यार्थी संघले पाँच वटा क्याम्पसमा सभापतिमा जित हासिल गरेको छ । त्यसै गरी एमाले संबद्ध अनेरास्ववियुले दुई वटा क्याम्पसमा र एमाओवादी संबद्ध अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापतिमा जित हाँसिल गरेको छ ।
दमक बहुमुखी क्याम्पस
नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहनगर भएका कारण स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा महत्वका साथ हेरिएको दमक बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका विनोद चापागाई अध्यक्षमा विजयी भएका छन् । नेपाल बिद्यार्थी संघका बिनोद चापागाईं ४११ मत ल्याएर सभापतिमा निर्वाचित भए । चापागाईंका निकटतम प्रतिद्वन्दी अखिल क्रान्तिकारीका कुलबहादु बस्नेत रबीले ३३५ मत प्राप्त गरे भने एमाले संबद्ध अखिलका सन्तोष दुलालले ३१५ मत प्राप्त गरे । अध्यक्षका अर्का प्रत्यासी नयाँ शक्ति बिद्यार्थिका कुल बहादुर दर्नालले १० मत प्राप्त गरे भने संघिय बिद्यार्थी युनियन लिम्बुवानका मनिका धिमालले १६ मत गरिन् । त्यसै गरी सचिवमा एमाले संबद्ध अखिलका रोशन भण्डारीले ४७७ मत प्राप्त गरी बिजयी भए । निकटतम प्रतिद्वन्दी संघीय समाजवादी बिद्यार्थिकी पुजा माखिमले २२१ मत प्राप्त गरिन् भने नेविसंघका मिन्टु दुलालले २०९ मत प्राप्त गरे । सचिवका अर्का उम्मेद्वारा नयाँ शक्तिका टेकनाथ खनालले १२९ मत प्राप्त गरे । त्यसै गरी कोषाध्यक्षमा राप्रविसंघका सुनिल धिमालले ४३० मत प्राप्त गरी बिजयी भए भने उनका निकटतम प्रतिद्वन्दी एमाले अखिलकी विपना बरालले ३४१ मत, नेविसंघका उज्वल खतिवडाले २७१ मत प्राप्त गर्नु गरे भने नयाँ शक्तिका सरोज आचार्यले १६ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।
सदस्यहरुमा अखिलका तनुजा दुलाल अखिल (३५२) सुवोध ओझा (३६०), नेत्र प्रसाद भण्डारी (३५९) जंग प्रसाद प्रसाई (३७०), महेश भट्टराई (३४६) रोशन काफ्ले (३८५) र नेपाल विद्यार्थी संघकी लिला सिटौला (४२७) विजयी भए । पूर्वप्रधानमन्त्री ओलीनै सञ्चालक समिति सदस्य रहेको क्याम्पसमा अनेरास्ववियुले हार ब्यहोरे संगै अहिले यहाँ स्थानीय तहको निर्वाचनको समेत कुरा उठ्न थालेको छ । एमालेले स्थानीय निकायमा पनि यही अनुसार मत प्राप्त गर्ने बताईदै आएको छ । काँकरभिट्टा बहुमुखीको अध्यक्षमा नेविसंघका सुरज सुवेदीले १२५ मत ल्याएर विजयी भएका छन् । प्रतिद्धन्दी अखिलका पुकार कार्कीले १०५ मत ल्याए । सचिवमा नेविसंघकै सञ्जीव थापाले ११७ मत ल्याएर जितेका छन भने अखिलकी तारा थापाले ११२ मत ल्याइन् । कोषाध्यक्षमा नेविसंघकै दिलासा श्रेष्ठले १२१ मत ल्याएर जितिन भने अखिलकी दिक्षा पोखरेलले १०८ मत ल्याइन् । सदस्यहरुमा नेविसंघका भरतकुमार चम्लागाइँ, सञ्जीव गौतम, कौशल उप्रेती , आसेर उराउ र पूजा आङदेम्वे विजयी भए । सदस्यमा एक मात्रै अखिलकी प्रनिता खडका विजयी भइन् ।
गौरिगञ्ज बहुमुखी क्याम्पस
गौरिगञ्ज बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघले अधिकांश पदमा विजयी हासिल गरेको छ । उसले कोषाध्यक्ष बाहेक पुरै प्यानलले जित हासिल गरेकको हो । स्ववियुको सभापतिमा देबकुमार ताजपुरिया विजयी भएका छन् । उनले ३९ भोट प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका मोहन न्यौपानेले ३१ मत प्राप्त गरे । त्यसैगरी सचिबमा नेबिसंघका गुञ्जन कोइराला वियजी भए । उनले ४० मत प्राप्त गरे भने उनकी प्रतिद्वन्द्वी अखिलका रेजिना डोटेलले ३० मत ल्याईन् । कोषाध्यक्षमा भने अखिल र राप्रबिसंघ संयुक्त प्यानलकी सडानन्द यादबले ४२ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिद्वन्द्वी गिता साहले २७ मत प्राप्त गरिन् । त्यसै गरि सदस्यमा नेविसंघका बसन्ति रावंशीले (३७) नेविसंघकै भुमिका डोटेल (४३) र नेवि संघकै अजय साह (३५) विजयी भए ।
गौरादह बुहुमुखी क्याम्पस
गौरादह बुहुमुखी क्याम्पसमा अनेरास्ववियुले प्यानलमानै जित हासिल गरेको छ ।सभापतिमा कमल पौड्याल बिजयी भएका छन् । उनले ९७ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी अखिल क्रान्तिकारी र नेविसंघका संयुक्त प्यानलका युवराज खनालले ५७ मत र राप्रविसंघका रविन्द्र ढुंगानाले ३४ मत प्राप्त गरे । यस्तै सचिवमा अखिलका झलनाथ ढुंगान ११३ मतका साथ विजयी भए । भने संयुक्त प्यानलका अग्नि प्रसाद दंगाल ५३, राप्रविसंकी सृजना राजवंशीले २२ प्राप्त गरिन् । यस्तै कोषध्यक्षमा अखिलकी मेनुका पाठक १०० प्राप्त गर्दै विजयी भईन् भने संयुक्त प्यालनकी पुजा शर्माले ५४, राप्रविसंका यादुनाथ सुवेदी ३३ मत प्राप्त गरे । सदस्यहरुमा अखिलकै वर्चश्व रह्यो । सदस्यमा प्रलाद कार्की (८९), प्रदिप धमला (८९), गंगादेवी पोखरेल (८३), सृजना राजंशी (९८) विजयी भए ।
गरामनी, दुर्गा क्याम्पस
गरामनी स्थित दुर्गा क्याम्पसमा नेविसंघ र राप्रविसंघको प्यानलनै विजयी भएको छ । सभापतिमा संयुक्त प्यानलका विनोद उप्रती विजयी भए । उनले ५४ मत प्राप्त गरे यस्तै उनका प्रतिद्वन्द्वी एमाले अखिलकी भावन भट्टराईले २१ मत प्राप्त गरिन् । यस्तै सचिवमा संयुक्त प्यानलबाट युवराज भुजेल बिजयी भए उनले ५२ मत प्राप्त गरे भने उन प्रतिद्वन्द्वी अखिलका संदिप थपलिया २२ प्राप्त गरे । यस्तै कोषाध्यक्ष सरोज न्यौपाने खत्री विजयी भए । उनले ४४ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी पुष्पा भट्टराईले ३५ मत प्राप्त गरिन् । यस्तै सदस्यहमा संयुक्त प्यानलका युवराज अधिकारी(४६), सृजना अधिकारी(४१) , अमित अधिकारी(४८) विजयी भए ।
त्रिदेव बहुमुखी क्याम्पस चारआली
त्रिदेव बहुमुखी क्याम्पस चारआलीमा सवै पदमा एमाले निकट अनेरास्ववियुको प्यानल विजयी भएको छ । निर्वाचन अधिकृत गोपाल प्याकुरेलका अनुसार अध्यक्षमा लक्ष्मीप्रसाद न्यौपाने १ सय ७७ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी नेवि संघका कल्पना थापाले ५७ मत मात्र प्राप्त गरीन् । सचिवमा नेवि संघका आइतहाङ्ग चेम्जोङ्गलाई ७० मतले पराजित गर्दै अनेरास्ववियुकै मुकुन्द तामाङ विजयी भए । चेम्जोङ्गले ८० र तामाङले १ सय ५० मत प्राप्त गरेका थिए । कोषाध्यक्षमा मुना मिश्र १ सय ६८ मत प्राप्त गर्दै विजयी भइन् । उनकी प्रतिस्पर्धी सरीता प्रधानले ६३ मतमा चित्त बुझाईन् । सदस्यहरुमा विमल सुवेदी १६६, मनोज खतिवडा १६२, कमल खनाल १७०, अनिता राई १६९ र रुपेश पोखरेल १५० मत र असिम लिम्बु १५८ प्राप्त गर्दै विजयी भएको निर्वाचन अधिकृत प्याकुरेलले बताए ।
देवी क्याम्पस, विर्तामोड
देवी क्याम्पस विर्तामोडमा अखिल क्रान्तिकारीका पदम खड्का रोशन विजयी भए । यस्तै सचिवमा अनेरास्ववियुका संञ्जिब श्रेष्ठ र कोषाध्यक्षमा अनेराश्ववियुकै विन्दु आचार्य अखिल वियजी भए ।
कनकाई क्याम्पस, विर्तामोड
कनकाई क्याम्पस विर्तामोडमा नेवि संघका सभापतिमा सञ्जय राई विजय भए । यस्तै सचिवमा नेविसंघका मिलन चौलागाई र कोषाध्यक्षमा नेविसंघकै मनिता सिटौला निर्वाचित भए ।
यता भद्रपुरमा रहेको मेचि बहुमुखी क्याम्पसमा भने बिबादका कारण अहिले सम्म मत गणनानै सुरु हुन नसकेको बताईएको छ । फर्जि बिद्यर्थिले मतदान गरेको भन्दै अनेराश्ववियुका बिद्यार्थीले मतगणनामा सहभागी नहुने जनाए पछि मत गणना हुन नसकेको हो । तर बिद्यार्थिहरुले हिजो भएको मतदानको गणना हुनुपर्ने माग गर्दै आज क्याम्पस परिषरमा नाराजुलुस गरेका थिए । बिद्यार्थीहरुको नाराजुलुस पछि क्याम्पस प्रसासन र निर्वाचन समितिको बैठक बसिरहेको छ ।
जिल्लाको कन्काई बहुमुखी क्याम्पस सुङ्गामा अर्को मिति तय नभएसम्मका लागि चुनाव स्थगित भएको छ भने धुलाबारी बहुमुखी क्याम्पस धुलाबारीमा फागुन २१ गतेको लागि सारिएको छ । जिल्लाको विरेन्द्र क्याम्पस चन्द्रगढी र शनिश्चरे क्याम्पस शनिश्चरेमा भने यस पटक चुनाव नहुने भएको छ ।
Friday, February 24, 2017
स्व.वि.यू निर्वाचन हाम्रो पक्षमा छ–मेन्याङ्गबो बताउछन।
स=लि=म–स=वि=यू,लिको झापा जिल्ला उपध्यक्ष मेन्याङ्गबोका अनुसार यहि मिति २०७३÷१०÷१८ गते हुने स्व.वि.यूको निर्वाचनमा झापा जिल्लाको सबैको कलेजहरुमा स.वि.यू,लिको जित निश्चित हुने भएको बताउँछन।
यस सङ्गठनको मागहरु संघिय समानुपातिक,व्यवाहारिक,वैज्ञानिक एंव माटो सुहाँउदो शिक्षा आजको आवश्यक्ता भन्ने मुल नारा छन।
“कुरा यहि १८ गते हुनलागेको स्व।बि।यु चुनाबको हो जो त्रिभुवन ले एकात्मक सैलिले गर्नु खोजी रहेछ अनि हामी त्यस प्रणालीको बिरोधमा छौ. बिरोधमा रहदारहदै नि म के भन्न चाहन्छु भने चुनाबको पनि तयारी गर्नुस र आन्दोलनको पनि किन भने भोलिको दिनमा गएर त्रिभुवनले आफ्नो कुरा बदलिनु सक्छ कि हाम्रो शक्ति कम्जोर देखेर त्यसैले तपाईंहरु दुइटा कुराको लागि एक दम तयारी रहनुहोस या त चुनाब जितौ या त बहिष्कार गरौ”

Friday, January 13, 2017
माओले सोभियत लालसेनामा कार्यरत आफ्नो छोरालाई लेखेको एउटा दुर्लभ चिठी
चिनियाँ कम्यूनिस्ट पार्टीका अध्यक्ष माओले १९६० मा ‘थालिआन’ भन्ने स्थानमा उपचारत आफ्नो छोरा आनचिङलाई लेखेको पत्र हो यो । आनचिङ सोभियत लालसेनाका लप्टन थिए । पछि उनी कोरियाको लडार्इंमा मारिए । प्रस्तुत छ, सोही लडार्डंमा घाइते भएको बेला बुवा माओले उनलाई लेखेको चिठी ।
छोरा आनचिङ,
यो भन्दा पहिले पठाएको मेरो पत्र तिमीले प्राप्त गरेको हुनुपर्छ । तिमीलाई राम्रो भएको कुरा सुनेर मलाई निकै खुसी लागेको छ तर पनि तिमीले आफ्नो डाक्टर र कामरेडहरुको कुरा सुन्नुपर्छ । किनकी तिनीहरुले तिमीलाई पुरा निको पार्न मद्दत गरेका छन् । धैर्यपूर्वक हेरचाह गरेका छन् । कहिल्यै अधीर नहुनु । यदि तिम्रो कुनै पत्र छ भने सिन्वी (साङलिन) र शाओ हुआको हातमा पठाईदिनु । भविष्यमा पनि यस्तै गर्नु । कसैको हातमा पत्र नपठाउनु । तिमीलाई मद्दत गरिरहेका थालिआनका स्थानीय पार्टी कमिटीका कमरेडहरु र डाक्टर समूहका कमरेडहरुप्रति तिमीले आफ्नो कृतज्ञता प्रकट गर्नुपर्छ । तिनीहरुले तिमीप्रति आफ्नो गहिरो चासो देखाएका छन् र तिमीलाई आफूले सकेको मद्दत गरेका छन् । तिनीहरुलाई यो पत्र देखाउनु । म यहाँबाट तिनीहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।

तिम्रो सुखको कामना गर्ने बुवा
yclko चेतावनी अर्धाखाचीमा जनार्दनजीलाई डुंगा हान्नेलाइ |
काठमाडौं,२९ पुस । विहीबार अर्घाखाँची महोत्सव उद्घाटनमा पुगेका उर्जामन्त्री जनार्दन शर्मामाथि भएको ढुङ्गामुढाको घटनाले माओवादी कार्यकर्ता आक्रोशित बनेका छन् । वाईसिएल नेपालले उक्त घटनामा समलग्नलाई नछोड्ने चेतावनी दिएको छ । वाइसिएल नेपालका महासचिव राम प्रसाद सापकोटा दीपशिखाले सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो चेतावनी दिएका हुन् ।
‘हेक्का रहोस्, उज्यालो नेपालका अभियान्ता तथा उर्जामन्त्री जनार्दन शर्मामाथि अर्घाखाँचीमा भएको आक्रमणमा सम्बन्धित दलका कार्यकर्ताले माफी नमागे वाइसिएल नेपाल चुप बस्ने छैन,’ उनले लेखेका छन् ।
विहीबार भाषणको क्रममा शर्माले ५ नम्बर प्रदेश टुक्रिएपछि अर्घाखाँचीको जनतालाई पोखरासम्म सुरुङ मार्ग खोलिदिने बताएका थिए । यता अर्का नेता डिलाराम आचार्यले ५ नम्बर प्रदेश टुक्रिएर केही नहुने तर देश टुक्रन नहुने बताएका थिए । नेताहरुको यस्तो भनाइपछि आक्रोशित बनेका स्थानियले ढुङ्गामुढा गरेका थिए । - See more at:
पृथिवीनारायण शाह युद्ध अपराधी थिए |
पृथ्वीनारायण शाहलाई कुनै पनि हालतमा महान व्यक्ति ठान्न सकिदैन । पृथ्वीनारायण शाहले केवल भूगोगको एकीकरण गरेका थिए । तर उनले विविध जाति, भाषा, धर्म संस्कृतिहरुलाई नामेट पार्ने काम गरे, एउटै भाषा, एउटै धर्मको नीति लागू गरेर । एकथरि साथीहरु पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिक मान्नैपर्ने, पृथ्वी जयन्ती मनाउनै पर्ने, पृथ्वी जयन्तीका दिन राज्यले सार्वजनिक विदा दिनैपर्ने जिकिर गरिरहेका छन् ।
तर हामी आदिवासी जनजातिहरुका लागि भने यो विषय महत्वपूर्ण हुनै सक्दैन । एकातिर नेपाललाई चार जात छत्तिस वर्णको साझा फुलबारी भन्ने व्यवहारमा एकात्मक नीति लागू गर्ने पृथ्वीनारायण शाह कसरी राष्ट्रिय एकताको प्रतिक हुन सक्छ ? मेरा केही बाहुन मित्रहरुसँग यस विषयमा संवादहरु चलिरहेको छ । उहाँहरुको विचारप्रति म सहमत हुन सक्दिनँ । त्यसकारण सानो लेख मार्फत म आफ्ना कुराहरु प्रष्ट पार्दैछु ।
लडाइँ भोग्ने, लडाइँमा आफ्नो राज्य गुमाएर पीडा सहने र लडाइँमा रमिता हेरेर बस्नेहरु बीचमा धेरै भिन्नता हुन्छ । तत्कालीन समयमा बाहुनहरूलाई जस्तोसुकै अपराध गरे पनि छुट दिइन्थ्यो । त्यसकारण बाहुनहरुलाई पृथ्वीनारायण शाहले हत्या गर्ने कुरै आएन ।
दोस्रो कुरो, बाहुनहरूको कुनै राज्य नै थिएन । त्यसैले उसले उसको राज्य जोगाउन पृथ्वीनारायण शाहसँग लडिरहनै परेन । यसकारण अहिलेका बाहुन मित्रहरुमा गहिरो पिडाबोध हुने कुरै आएन । बरू हाम्रा विरूद्धमा षड्यन्त्र गर्न सल्लाह दिने, क्रुर हत्याका लागि साइत हेरिदिनेजस्ता निक्रिष्ट कार्यका मतियार बाहुनका पुर्खाहरु नै बनेका थिए । त्यसको दृष्टान्त खोटाङ जिल्लाका पोख्रेल बाहुनहरू अहिले पनि छन् । यी यावत कार्यहरूले गर्दा पृथ्वीनारायण शाहले बाहुनहरूलाई पिडा हैन संरक्षण नै दिएर राखेका थिए ।

यिनै मुख्य कारणहरूले गर्दा सबै बाहुनहरू पृथ्वीनारायण शाहको भक्तिगान गाएर उसको गरिब चेतना शक्तिको पूरै बल लगाएर पृथ्वीनारायणको पक्षमा वकालत गरिरहेछन् । आतंकवादी अपराधी पृथ्वीनारायण शाहको पृष्ठपोशक तत्कालीन समयका बाहुनहरू पनि थिए । त्यसैले होसियार ! तिमीहरूको पूर्खाको निकृष्ट कार्यको ढाकछोप गर्न धेरै चलाखी गरिरहन आवश्यक छैन ।
पृथ्वीनारायण शाहले जे गरे त्यो लुटेराको काम गरे वा मानिसलाई अमानवीय यातना दिएर मारे । नाक काटे, कान काटेर आतंक मच्चाए वा अपराध जे गरे इतिहास नै साक्षी छ । तर, त्यही विषयलाई प्रत्येक वर्ष उत्खनन् गरेर करोडौ आदिवासी जनजातिहरुको पूर्खाका सन्ततिहरूका घाउ पटकपटक बल्झाइरहनु उपयुक्त हो त ? निश्चय पनि हैन ।

कम्तिमा विद्वान मित्रहरूले गम्भीर भएर सोचेर मात्रै बोलौ र लेखौ । एक पक्षीय हचुवाको भरमा सतही विश्लेषण गरेको निष्कर्ष निसन्देह सबैलाई स्वीकार्य हुन सक्दैन । मैले यसो भनिरहँदा सबै बाहुन मित्रहरूलाई भनेको हैन । तर, जसले पृथ्वीनारायण शाहसाई एकताको प्रतिकको रूपमा जबरजस्ती पृथ्वी जयन्ती मनाऔ भनी जोड गरिरहेछन् ति मित्रहरूलाई मात्रै भनिरहेको छु ।
तत्कालीन समयमा हाम्रा पुर्खाहरू मारिदै गर्दा, काटिदै गर्दा, खुन बगिरहेको बेला र हाम्रा राज्यहरू लुटिदै गर्दा बाहुनहरूको भूमिका के रहेको थियो भन्ने इतिहासलाई प्रष्ट पार्न मात्रै चाहेको हुँ । र जसले जीवनमा तितो ऐतिहासिक पीडा भोगे, त्यसलाई सबैले बिर्सिदिउ र बिर्सिने अवसर दिउ । ताकि एक पक्ष मानिसहरु चाहिँ आदिवासी जनजातिको पूर्खाको रगतको आहालमा पृथ्वी जयन्ती मनाएर रमाइरहने र अर्को पक्षका मानिसहरु प्रत्येक वर्ष त्यही पीडा सम्झेर दुःखित हुनुपर्ने अवस्थाको अन्त्य होस ।

एक पटक पीडितहरूको ठाउँबाट या हाम्रो ठाउँमा बसेर पनि सोच्नुस र बुझ्ने प्रयत्न गर्नुस विद्वान मित्रहरू । मेरो किरात राज्य खोसिदै गर्दा सारा किरातीहरू काटिदै गर्दा सुराकी गर्ने खोटाङका खार्पाली बाहुनहरूको उदाहरण मैले माथि नै पेस गरिसकेको छु । त्यस्ता व्यक्तिहरुको बारेमा पनि अध्ययन अनुसन्धान गर्नुहोस । के उहाँहरूप्रति अहिले पनि सम्झदा मलाई पीडाबोध हुँदैन र ? आक्रोशका पराकाष्ट चुलिदैन र ? चुलिन्छ किनकि यो मानवीय स्वभाव नै हो । सबैलाई स्वभाविक रूपमा हुन्छ । तर, मानवीय चेतनाले त्यसलाई हामीले पनि आफ्नो बसमा राख्छौ । हामीजस्ता पीडितहरूको इतिहासको नमीठा कुराहरू सबैले भूलौ र नयाँ कोणबाट हामी सबै जातजाति एक भएर नयाँ सिर्जनात्मक इतिहासहरू रच्दै अघि बढौ भन्दा तपाईहरू चाहिँ प्रत्येक वर्ष त्यही घटनालाई खोतल्दै खुसी हुँदै रमाउने अनि हामीलाई पनि जबरजस्ती करकापमा रमाउन र खुसी हुन लगाएर आत्मपीडा दिइरहने ? यो तरिका त भएन नि ।
यो त हजारौ सहिदहरूले आत्मआहुती गरेर, उनीहरूको त्याग र बलिदानले प्राप्त लोकतान्त्रिक गणतन्त्रको युग हो । तर यहाँ अझै शक्तिको आडमा जबरजस्ती निरंकुश तानाशाही शैलीमा अधिनायकवाद लादेर पीडितहरुले विद्रोह गर्ने वातावरण बनाउने प्रयत्न गरिदैछ ।
अब भन्नुस्, यतिबेला मानिस आक्रोशले खुकुरी उध्याउँछन् कि सधैभरि सहेर बस्छन् ? यस्तो वातावरण जसले सिर्जना गर्छ ऊ दोषी कि ? हिजोका नराम्रा घटनाहरू सबैले भुलौ, सबै मिलेर बस्ने वातावरण बनाऔ भन्नेहरु दोषी ? कथित विद्वान मित्रहरुले सोच्नुपर्छ ।

Tuesday, January 10, 2017
पदम कन्या क्याम्पसमा एकात्मक सोच भएकोहरु आफै आफै सिंग जुदाऊदै |
पुस २५, २०७३ काठमाडौं : बागबजारस्थिन पद्मकन्या क्याम्पसमा सोमबार दुई विद्यार्थी संगठनबीच भएको विवादमा हात हालाहाल हुँदा ६ जना भन्दा बढी विद्यार्थी घाइते भएका छन्। नेपाल विद्यार्थी संघ र क्रान्तिकारी विद्यार्थी संघका विद्यार्थीहरुबीच भित्ते लेखनका विषयमा विवाद भएको थियो।
स्ववियु निर्वाचनको प्रचार प्रसारका लागि गरेको भित्ते लेखनको विषयमा विवादपछि भएको झडपमा नेविसंघकी सीता मिजार, क्रान्तिकारी विद्यार्थीकी वसन्ता भण्डारी, दर्सना नेपाली, दिपा जोशी, सरीता श्रेष्ठलगायतका विद्यार्थीहरु घाइते भएका थिए। क्रान्तिकारीका विद्यार्थीहरुले स्ववियु निर्वाचनको प्रचार गर्न भित्ते लेखन गर्दैगर्दा नेविसंघका विद्यार्थीहरुले अवरोध गरेपछि झडपको स्थिति भएको क्रान्तिकारीकी विद्यार्थी भण्डारीले जानकारी दिइन्।
'हामी भित्ते लेखन गर्दै थियौं, नेविसंघले रंग घोप्टाउने र लेखेको पेन्टिङ मेट्दै हामीमाथि आक्रमण गर्याे' उनले भनिन्- 'रड र झ्यालको सिसाले हानेर म समेत घाइते भएकी छु।'
नेवि संघकी इकाइ अध्यक्ष साधना घिमिरेले क्याम्पसमा परीक्षा चल्दै गर्दा परीक्षार्थीलाई डिस्टर्ब गर्दै भित्ते लेखन गर्ने काम क्रान्तिकारीले गरेको बताइन्। ‘हामीले परीक्षाको बेला यसो नगर्न भन्दै क्याम्पस प्रशासनमा दबाब दिँदा क्रान्तिकारी तोडफोडमा उत्रियो । हामीले तोडफोड नगर भनेर सम्झाउँदा उल्टै हामीमाथि आक्रमण गरे’ उनले भनिन् ।

नेकपा एमालेको भातरी संघठन युवा संघको महादिबेशन अझै टुंगो लागेन |
पुस २६, २०७३ काठमाडौं : हरेक तीन वर्षमा गर्नुपर्ने नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन पार्टीमा देखिएको गुटगत विवादका कारण चार वर्ष पुरा हुन लाग्दा समेत टुंगो लाग्न सकेको छैन। २०६९ फागुन ११-१५ सम्म बुटवलमा आठौं महाधिवेशनबाट महेश बस्नेतको अध्यक्षमा निर्वाचित भएयता तीन जना अध्यक्ष फेरिएपनि महाधिवेशन भने हुन सकेको छैद्द। युवा संघको विधानअनुसार प्रत्येक ३/३ वर्षमा राष्ट्रिय महाधिवेशन गर्नुपर्ने व्यवस्था छ। तर अवधी पुगेर पनि झण्डै १० महिना बढी भइसक्दा पनि महाधिवेशन कहिले गर्ने भन्ने टुंगो छैन। युवा संघका कार्यकर्ताहरुले महाधिवेशन गर्न नेतृत्वलाई दबाव दिँदै आएपनि त्यसको कुनै सुनुवाई भएको छैन।
महेश बस्नेतदेखि राजीव पहारीसम्म के-के भयो ?
युवा संघका तत्कालीन अध्यक्ष महेश बस्नेत २०७१ भदौमा उद्योग मन्त्री भएपछि कार्यबाहक अध्यऊ बनेकी उपाध्यक्ष निरु पाललाई स्थायी कमिटीको बैठकले त्यसै वर्षको माघ २१ गते अध्यक्ष चयन गर्यो। एमाले संस्थापन पक्षकी पाललाई माधव नेपाल पक्षकाले अध्यक्ष मान्न तयार भएनन्। विधान विपरित पाललाई अध्यक्ष बनाइएको भन्दै विरोध जनाएपछि संघमा विवाद घट्नुको साटो बढ्दै गयो। उनीहरुले निर्णय सच्याउन माग गर्दै पार्टीका शीर्ष नेताहरुलाई ध्यानाकर्षण समेत गराए। उनीहरुले निर्णय नसच्याए समानान्तर कमिटी बनाउने धम्की समेत दिए। युवा संघमा बिवाद यति बढ्यो की संघका छुट्टाछुट्टै ब्यानरमा फरक फरक कार्यक्रम हुन थाले।
राजीव आएपछि पनि उस्तै युवा संघभित्रको बिवाद बढ्दै गएपछि त्यसको समाधान गर्न २०७२ असोज १८ गते युवा संघका तत्कालिन इञ्चार्ज शेरधन राईले बैठक बोलाए। बैठकले निरु पाललाई बिदाई गर्दै महासचिव राजीव पहारीको संयोजकत्वमा नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गर्यो। संघको संयोजक भएपछि राजीव पहारीले पहिलो भाषणमा भनेका थिए, 'अबको ६ महिनाभित्र युवा संघको नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नेछु।' दुई गुटबीचको बिवाद मिलाउन एमालेले मध्यमार्गीका रुपमा राजीव पहारीलाई ल्याएको थियो। तर विवाद मिलाउन आएका पहारीले १५ महिना बितिसक्दा समेत महाधिवेशनसम्बन्धी कुनै गतिविधि गर्न नसकेको भन्दै उनको विरोध सुरु भएको युवा संघका एक नेताले बताए। बैठक नबसेका कारण संघका कार्यकर्ताहरुले केन्द्रीय कमिटिको बैठक समेत बसाल्न नसक्ने अध्यक्षले के महाधिवेशन गराउथे भन्दै खिल्ली समेत उडाउने गरेका छन्। पहारी आएपछि संघको केन्द्रीय कमिटीको पूर्ण बैठक समेत बस्न नसकेको र महाधिवेशन सम्बन्धी कुनै गतिविधि हुन नसकेको संघका उपाध्यक्ष दिलु पन्त बताउँछिन्। संघमा नेपाल पक्षको नेतृत्व गर्दै आएको पन्त भन्छिन् 'आयोजक कमिटी बनेको पनि एक वर्ष पूरा भइसकेको छ। तर अहिलेसम्म महाधिवेशन सम्बन्धी कुनै गतिविधि हुन सकेको छैन। महाधिवेशनका लागि थुप्रै तयारीहरु गर्नुपर्नेछ।' आउँदो माघमा तय गरिएको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन सम्बन्धी केही विषयहरु तय गर्ने उनले बताइन्। संघका महासचिव किरण पौडेल संघभित्र रहेको विवाद मिलाइसकेका कारण आगामी वैशाखभित्र महाधिवेशन भइसक्ने बताउँछन्। 'हामी माघ १६-१८ गते केन्द्रीय कमिटिको बैठक बस्दैछौ। बैठकबाट महाधिवेशन कहिले र कसरी गर्ने भनेर टुङ्गो लगाउछौं' पौडेलले भने।
बिवाद मिलाउन विभाग भागबण्डा संघको सोमबार बसेको स्थायी कमिटी बैठकले भने केही सकारात्मक सन्देश दिएको युवा संघका नेता कार्यकर्ताहरु बताउँछन्। संघभित्र केपी ओली र माधव नेपाल समुहबीच रहेको बिवाद मिलाउन बैठकले विभाग समेत भागबण्डा गरिएको छ भने माघ १६-१८ गते केन्द्रीय कमिटिको बैठक बोलाएको छ। संघले मंगलबार पत्रकार सम्मेलन गरी बिवाद मिलाएको जानकारी दियो। जसअन्तर्गत संगठनको युवाशक्ति, समावेशी तथा सांस्कृति, प्रचार तथा प्रकाशन, विभाग नेपाल पक्ष र आर्थिक, राजधानी, कार्यालय विभाग ओली पक्षलाई दिएर भागबण्डा मिलाइएको छ। भागबण्डा मिलेपछि विवाद साम्य भएको संघका प्रवक्ता प्रभातविक्रम कटवालले बताए। यस्तै जिल्लामा रहेको विवाद समेत मिलाइएको छ। जसअन्तर्गत सुनसरी र काठमाडौं जिल्लामा रहेको दुई कमिटीलाई एक बनाइएको छ। काठमाडौंमा नेपाल पक्षका नितेश पौडेललाई केन्द्रीय सदस्य बनाएर ओली पक्षका पेम्बा घलेलाई अध्यक्षको जिम्मेवारी दिएर मिलाइएको छ। सुनसरीमा नेपाल पक्षका गौरी परियारलाई अध्यक्ष र ओली पक्षका प्रह्लाद बस्नेतलाई सचिवको जिम्मेवारी दिएर बिवाद मिलाइएको छ। विवाद सुल्झिएकाले अबको केन्द्रीय कमिटी बैठकले महाधिवेशन तय गर्ने प्रवक्ता कटवालले बताए।

ओलीलाई सांसद महेन्द्र कुमारी लिम्बु ज्युको मु तोड जवाफ|
पुस २६, २०७३ दमक : झापा लखनपुरको आदिवासी रंगशालाको नाममा निर्माण प्रारम्भ भएर रोकिएको रंगशालाको नाम परिवर्तनको विषयमा फेरि विवाद भएको छ।
केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटमा रंगशालाको नाम परिवर्तन गरी मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला उल्लेख गरेसंगै उठेको विवाद मंगलबार ओली सहभागी कार्यक्रममा फेरि पनि देखा पर्यो।
मंगलबार दमक नगरपालिकाले निर्माण गरेको आकाशेपुलको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले ओलीले रंगशाला निर्माणस्थलमा पहिले भएका चिहान हटाएर स्मारक निर्माण गरिसकिएकोले भावनाको राजनीति नगर्न आग्रह गरेका थिए।
उनले भने,‘ हामीले आदिवासीको नाममा स्मारक बनाएकै छौं, जननेता मदन भण्डारीको नाममा रंगशाला बनाउदा के भो त? विकासमा बाधा नगरौं, राजनीतिका नाममा के के गर्नेहरुले विकास हुन दिएनन्।’
ओलीले आफ्नो भनाई टुंग्याएपछि नेपाली कांग्रेसकी सांसद महेन्द्रकुमारी लिम्बुले माइक्रोफोन खोसेर रंगशालाका बिषयमा ओलीको भनाइप्रति आपत्ति जनाइन्। कार्यक्रममा पहिले नै मन्तव्य राखिसकेकी उनले आदिवासी जनजातिका दिवंगत पितृहरुको अपमान हुने गरी ओलीले दिएको अभिव्यक्तिले आफूहरुको भावनामा चोट पुगेको गुनासो गरिन्। ‘हाम्रो बाबु, बाजेको चिहान खनेर भण्डारीको नाममा रङशाला निर्माण गर्न दिदैनौं' सांसद सुब्बाले झोँक्किदै भनिन्,‘शक्तिको आडमा कसैलाइ पनि मनपरी गर्न छुट छैन।’
उनले शक्ति हातमा लिएर रङ्गशालाको निर्माणमा एमालेले आफ्नो स्वार्थ खोज्नु लज्जाको विषय भएको बताइन्। ‘आदिवासी रङ्गशालाको नाम फेरिदैन’ सांसद सुब्बाले कडा चेतावनी दिदै भनिन्,‘एमालेले साथ नदिएपनि हामी रङ्गशाला बनाउछौं।’ सांसद लिम्बु आकाशे पूल उद्घाटन कार्यक्रमको विशिष्ट अतिथि समेत थिइन्। उनले सो रंङ्गशाला निर्माणको योजना प्रारम्भ हुनुअघि समाधि रहेका दिवंगतहरुका परिवार, स्थानीयबासी, राजनीतिक दलहरु समेतको सहमति अनुसार सो रंगशालाको नाम आदिवासी रंङ्गशाला राखिएको भन्दै आदिवासीहरुको भावनामाथि चोट पुग्ने गरी एमाले र ओलीले नाम परिवतर्नन गर्न लगाएर दिवंगतका परिवारको भावनामा चोट पुर्याएको बताइन्।
रंगशालालाई गत आर्थिक वर्ष २०७१/७२ को नेपाल सरकारको नीति तथा कार्यक्रममा मदन भण्डारी रंगशाला नामंकन गरेको थियो। तत्कालिन अर्थ मन्त्री रामशण महतले सरकारको नीति तथा कार्यक्रममा मदन भण्डारी रंगशाला भनेयता रंगशाला तथा स्मृति पार्क निर्माण कार्य समितिले विरोध गर्दा विवाद उत्पन्न भएपछि रंगशाला निर्माणको काम अलपत्र परेको थियो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यतिबेला मदन भण्डारी रंगशाला नबनाएसम्म बजेट पास नै हुन नदिएको पूर्व अर्थ मन्त्री महतले दमक आउँदा बताएका थिए। आदिवासी जनजातिहरुको करिब ७४५ वटा समाधिहरु उत्खनन् गरेर नेपाल सरकारले आदिवासीको नाममा रंगशाला बनाइदिने भनेको थियो।
२०६६ सालमा आदिवासीको समाधिस्थल रहेको र त्यस स्थानलाई सरकारले आदिवासीका नाममा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने भनेका कारण त्यहाँ रहेको समाधिहरु उत्खनन् गरेको निर्माण समितिका अध्यक्ष नित्यानन्द ताजपूरीयाले जानकारी दिए।
रातो किताबमा नै आदिवासी रंगशालाको नाम समावेश भएपनि केपी ओली नेतृत्वको सरकारले मदन भण्डारीको नाममा गत अर्थिक वर्ष २०७१/७२ मा ४० लाख रुपैयाँ विनियोजन गरेको भएपनि हालसम्म रंगशाला निर्माण हुन सकेको छैन।

Saturday, January 7, 2017
देश देखि विदेशसम्म लिम्बुवान मंच सशक्त अघि बढदै |
मिति २०७३ पौष २२ गते तदनोसार 06 जनवरी 2017 को दीन संघीय सामाजिक मञ्च , संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास कार्यसमितिले पुनर्गठन पश्चात् पहिलो बैठक मार्फत विभिन्न कार्ययोजना र एजेन्डा हरु पारित गर्दै भब्यताका साथ बैठक सम्पन्न गरेको छ !
कार्यक्रमको सभापतित्व यसै सलिसाम का अध्यक्ष श्री प्रदीप केरुङ्ग लिम्बू ज्यु ले गर्नु भएको थियो भने कार्यक्रममा सचीव तारा चन खवास ज्यु ले स्वागत मन्तव्य राख्नु भएको थियो !
कार्यक्रममा उपाध्यक्ष श्री टङ्क चबेगु,उपाध्यक्ष श्री सुन्दर नुगोहाङ्ग ,उपाध्यक्ष श्रीमती लक्ष्मि पतवा चबेगु र उपाध्यक्ष श्री भिम लक्सम लिम्बू ज्यु हरुको उपस्थितिमा यसै कार्यसमितिका महासचिव दुर्गा बिवश माबो ज्युले सुरु देखी अन्त्य सम्म कार्यक्रम संचालन गर्नु भएको थियो !

बैठकमा सबै बिभागिय प्रमुख उपप्रमुख साथै सबै कार्यकर्ताहरुको उल्लासमय उपस्थितीको बिच कार्यसमितिका पदाधिकारीहरु लाई सफत ग्रहणको कार्यक्रम पनि राखिएको थियो ।
यसै क्रममा बिगतको दीनमा माओबादी पार्टी केन्द्रमा सक्रिय सदस्यको भुमिकामा रहि लामो समय सम्म संघर्स गर्दै आउनु भएका जिल्ला ताप्लेजुङ सिकैचा ४ कुन्जारी निवासी
जुझारु र अति मिलनसार मित्र श्री पुर्नहाङ्ग लक्सम्बा ज्यु सो पार्टी परित्याग गरि संघीय लोकतान्त्रिक रास्ट्रीय मञ्च ,संघीय लिम्बुवान मञ्च पार्टिमा प्रवेश गर्नु भएकोमा उहालाई संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास कार्यसमितिका अध्यक्ष श्री प्रदिप लिम्बू केरुङ,उपाध्यक्ष ,महासचिव ,सचीव केन्द्र इन्चार्ज संस्कृतिक प्रमुख ज्युहरु द्वारा बिशेष कार्यक्रम राखी दोसल्ला ओडाइ पार्टिमा स्वागत गरिएको थियो !

उहाले बिगतमा पनि संघीयता र पहिचानकै लागि भनेर लामो समय सम्म माओबादी पार्टिमा समय बिताए पनि सो पार्टीले अहिले आएर संघीयता र पहिचानको मुद्दाबाट पछि हटिरहेको महसुस गरि सो पार्टिमा बसेर आफ्नो पहिचान र अस्तित्व लाई धरापमा पार्न नचाहेको बरु मरे पनि आफ्नो पहिचान र लिम्बुवान मुक्तिकै लागि लड्दा लड्दै मर्छु भन्ने दृढ़ संकल्पका साथ यस संघीय लोकतान्त्रिक रास्ट्रीय मञ्च ,संघीय लिम्बुवान मञ्चमा प्रवेश गरेको पनि उहाले स्पष्ट पार्नु भयो !
त्यसै गरि बिगत लामो समय देखिनै सलोराम संघीय लिम्बुवान मञ्च नेपालमा संघर्ष गर्दै आउनु भएका र हाल रोजगारी को सिलसिलामा बहराइन लाई नै कर्म थलो बनाउन आइपुग्नु भएका लिम्बुवान प्रान्तको इटहरी पाँच निवासी कर्मठ र जुझारु मित्र श्री राज कुमार तुम्बापो ज्युलाइ पनि संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास कार्यसमितिको पहिलो बैठक बाटै कार्यसमितिको तर्फबाट केन्द्रिय सदस्य श्रीमती सरस्वता योङ्हाङ कार्यसमिति कै अध्यक्ष ,,उपाध्यक्ष ,सल्लाहकार ,केन्द्र इन्चार्ज ,महासचिव ,सचीव ज्यु लगायतले दोसला ओडाइ यश प्रवास मञ्चमा भब्य स्वागत गरिएको थियो भने उहाको जिम्मेवारी भने आगामी बैठक मार्फत तय गरिने छ ।

स्वागत पछि उहाले आफू जहाँ जस्तोसुकै अवस्थामा रहेता पनि संघीय लिम्बुवान मञ्च नेपालको लागि जस्तोसुकै परिस्थितिको सामना गर्न परे पनि आफू हरदम तयार रहेको पनि बताउनु भयो ।
सोही कार्यक्रम बाट हाल लाई अपरिहार्य ठानिएका विभिन्न एजेन्डा र कार्य योजना हरु सर्बसम्मत पारित गरिएको थियो । यस समितीको आर्थिक गतिविधि र विवरण बारे स्पष्ट पार्नको निम्ति यसै समितिका कोषाध्यक्ष दय पुर्नहाङ्ग लक्सम्बा र लक्ष्मी पतङ्वा चबेगु ज्यु लाई सम्पुर्ण जिम्मेवारी सुम्पीएको छ भने प्रस्ताववना एजेन्डा संस्कृतिक प्रमुख असोक इवाहाङ लिम्बु ज्युले प्रस्ट्याउदै बैठक समापन गरिएको थियो ।
जय लिम्बुवान ! जय संघीय नेपाल

स.बि.युले महादिबेशन गर्ने |
आज मिति २०७३/०९/२२गतेको दिन स.बि.युको केन्द्रिय महादिबेशन आयोजक समितिको प्रन्तिय कार्यालयमा बसेको बैठकले आगामी फाल्गुन ०७/०८गतेको दिन खुल्ला सत्र लिम्बुवानको इतिहासिक राजधानी बिजयपुर र हालको पुर्बको अञ्चलको मुटु धरानमा र बन्द सत्र पनि धरानमै हुने गरि महाधिवेशन गर्ने निर्णय गरेको छ भने विभिन्न उपसमिती निर्माण गरेको छ जस अनुसार:
१.बिधान निर्माण समिती
२.प्रतिबेदन सङगठनिक समिती
३.राजनितिक प्रतिबेदन समिती
४.आर्थिक समिती
५.प्रचारप्रसर समिती र अवसेक परे फेरि अर्को बैठकले थप गर्ने निर्णय गरियो।
१.बिधान निर्माण समिती
२.प्रतिबेदन सङगठनिक समिती
३.राजनितिक प्रतिबेदन समिती
४.आर्थिक समिती
५.प्रचारप्रसर समिती र अवसेक परे फेरि अर्को बैठकले थप गर्ने निर्णय गरियो।
उक्त महादिबेशन सफल पार्न सम्पुर्ण विद्यार्थी नेता कार्यकर्ताहरुमा हार्दिक अनुरोध गर्द छौ ।
जय लिम्बुवान !!जय संघीय नेपाल!!!
स.लि.म.दमकको वार्ड पुनर्गठन|
आज मिति २०७३/०९/२३गते शनिबार स.लो.रा.म-स.लि.मको दमक न.पा.वार्ड न.१० स्थित दिपिनी स्कुलमा वार्ड न.१० को पुनर्गठन गरियो।उक्त गठनका अध्यक्षता नगर अध्यक्ष श्री याम ब.लोरिङ्देन ज्युले गर्नु भएको थियो भने कार्यक्रम संचालन नगर सह-सचिब श्री सुख ब.सोदेम्बा ज्युले गर्नु भएको थियो ।उक्त भेलबाट २१सदस्य निर्वचित गरियो ।उक्त समितीको नाम यश प्रकार छ:
अध्यक्ष :श्री समीर केरुङ
उपधयक्ष:श्री सुलोचना बेघासचिब:श्री स्वरस्वाती फोम्बो
सह-सचिब:श्री किरण बेघा
कोषअध्यक्ष:श्री रिना फागो
सहित २१ सदस्य निर्वाचित हुनु भएको छ।
Subscribe to:
Posts (Atom)