Tuesday, January 10, 2017

नेकपा एमालेको भातरी संघठन युवा संघको महादिबेशन अझै टुंगो लागेन |

पुस २६, २०७३ काठमाडौं : हरेक तीन वर्षमा गर्नुपर्ने नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको राष्ट्रिय महाधिवेशन पार्टीमा देखिएको गुटगत विवादका कारण चार वर्ष पुरा हुन लाग्दा समेत टुंगो लाग्न सकेको छैन। २०६९ फागुन ११-१५ सम्म बुटवलमा आठौं महाधिवेशनबाट महेश बस्नेतको अध्यक्षमा निर्वाचित भएयता तीन जना अध्यक्ष फेरिएपनि महाधिवेशन भने हुन सकेको छैद्द। युवा संघको विधानअनुसार प्रत्येक ३/३ वर्षमा राष्ट्रिय महाधिवेशन गर्नुपर्ने व्यवस्था छ। तर अवधी पुगेर पनि झण्डै १० महिना बढी भइसक्दा पनि महाधिवेशन कहिले गर्ने भन्ने टुंगो छैन। युवा संघका कार्यकर्ताहरुले महाधिवेशन गर्न नेतृत्वलाई दबाव दिँदै आएपनि त्यसको कुनै सुनुवाई भएको छैन। 

 महेश बस्नेतदेखि राजीव पहारीसम्म के-के भयो ? 

युवा संघका तत्कालीन अध्यक्ष महेश बस्नेत २०७१ भदौमा उद्योग मन्त्री भएपछि कार्यबाहक अध्यऊ बनेकी उपाध्यक्ष निरु पाललाई स्थायी कमिटीको बैठकले त्यसै वर्षको माघ २१ गते अध्यक्ष चयन गर्‍यो। एमाले संस्थापन पक्षकी पाललाई माधव नेपाल पक्षकाले अध्यक्ष मान्न तयार भएनन्।  विधान विपरित पाललाई अध्यक्ष बनाइएको भन्दै विरोध जनाएपछि संघमा विवाद घट्नुको साटो बढ्दै गयो। उनीहरुले निर्णय सच्याउन माग गर्दै पार्टीका शीर्ष नेताहरुलाई ध्यानाकर्षण समेत गराए। उनीहरुले निर्णय नसच्याए समानान्तर कमिटी बनाउने धम्की समेत दिए। युवा संघमा बिवाद यति बढ्यो की संघका छुट्टाछुट्टै ब्यानरमा फरक फरक कार्यक्रम हुन थाले। 

राजीव आएपछि पनि उस्तै युवा संघभित्रको बिवाद बढ्दै गएपछि त्यसको समाधान गर्न २०७२ असोज १८ गते युवा संघका तत्कालिन इञ्चार्ज शेरधन राईले बैठक बोलाए। बैठकले निरु पाललाई बिदाई गर्दै महासचिव राजीव पहारीको संयोजकत्वमा नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गर्‍यो। संघको संयोजक भएपछि राजीव पहारीले पहिलो भाषणमा भनेका थिए, 'अबको ६ महिनाभित्र युवा संघको नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नेछु।' दुई गुटबीचको बिवाद मिलाउन एमालेले मध्यमार्गीका रुपमा राजीव पहारीलाई ल्याएको थियो। तर विवाद मिलाउन आएका पहारीले १५ महिना बितिसक्दा समेत महाधिवेशनसम्बन्धी कुनै गतिविधि गर्न नसकेको भन्दै उनको विरोध सुरु भएको युवा संघका एक नेताले बताए। बैठक नबसेका कारण संघका कार्यकर्ताहरुले केन्द्रीय कमिटिको बैठक समेत बसाल्न नसक्ने अध्यक्षले के महाधिवेशन गराउथे भन्दै खिल्ली समेत उडाउने गरेका छन्। पहारी आएपछि संघको केन्द्रीय कमिटीको पूर्ण बैठक समेत बस्न नसकेको र महाधिवेशन सम्बन्धी कुनै गतिविधि हुन नसकेको संघका उपाध्यक्ष दिलु पन्त बताउँछिन्। संघमा नेपाल पक्षको नेतृत्व गर्दै आएको पन्त भन्छिन् 'आयोजक कमिटी बनेको पनि एक वर्ष पूरा भइसकेको छ। तर अहिलेसम्म महाधिवेशन सम्बन्धी कुनै गतिविधि हुन सकेको छैन। महाधिवेशनका लागि थुप्रै तयारीहरु गर्नुपर्नेछ।' आउँदो माघमा तय गरिएको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन सम्बन्धी केही विषयहरु तय गर्ने उनले बताइन्। संघका महासचिव किरण पौडेल संघभित्र रहेको विवाद मिलाइसकेका कारण आगामी वैशाखभित्र महाधिवेशन भइसक्ने बताउँछन्। 'हामी माघ  १६-१८ गते केन्द्रीय कमिटिको बैठक बस्दैछौ। बैठकबाट महाधिवेशन कहिले र कसरी गर्ने भनेर टुङ्गो लगाउछौं' पौडेलले भने। 

बिवाद मिलाउन विभाग भागबण्डा संघको सोमबार बसेको स्थायी कमिटी बैठकले भने केही सकारात्मक सन्देश दिएको युवा संघका नेता कार्यकर्ताहरु बताउँछन्। संघभित्र केपी ओली र माधव नेपाल समुहबीच रहेको बिवाद मिलाउन बैठकले विभाग समेत भागबण्डा गरिएको छ भने माघ १६-१८ गते केन्द्रीय कमिटिको बैठक बोलाएको छ। संघले मंगलबार पत्रकार सम्मेलन गरी बिवाद मिलाएको जानकारी दियो। जसअन्तर्गत संगठनको युवाशक्ति, समावेशी तथा सांस्कृति, प्रचार तथा प्रकाशन, विभाग नेपाल पक्ष र आर्थिक, राजधानी, कार्यालय विभाग ओली पक्षलाई दिएर भागबण्डा मिलाइएको छ। भागबण्डा मिलेपछि विवाद साम्य भएको संघका प्रवक्ता प्रभातविक्रम कटवालले बताए। यस्तै जिल्लामा रहेको विवाद समेत मिलाइएको छ। जसअन्तर्गत सुनसरी र काठमाडौं जिल्लामा रहेको दुई कमिटीलाई एक बनाइएको छ। काठमाडौंमा नेपाल पक्षका नितेश पौडेललाई केन्द्रीय सदस्य बनाएर ओली पक्षका पेम्बा घलेलाई अध्यक्षको जिम्मेवारी दिएर मिलाइएको छ। सुनसरीमा नेपाल पक्षका गौरी परियारलाई अध्यक्ष र ओली पक्षका प्रह्‍लाद बस्नेतलाई सचिवको जिम्मेवारी दिएर बिवाद मिलाइएको छ। विवाद सुल्झिएकाले अबको केन्द्रीय कमिटी बैठकले महाधिवेशन तय गर्ने प्रवक्ता कटवालले बताए।

ओलीलाई सांसद महेन्द्र कुमारी लिम्बु ज्युको मु तोड जवाफ|

पुस २६, २०७३ दमक : झापा लखनपुरको आदिवासी रंगशालाको नाममा निर्माण प्रारम्भ भएर रोकिएको रंगशालाको नाम परिवर्तनको विषयमा फेरि विवाद भएको छ।

 केपी ओली नेतृत्वको सरकारले ल्याएको बजेटमा रंगशालाको नाम परिवर्तन गरी मदन भण्डारी अन्तराष्ट्रिय रंगशाला उल्लेख गरेसंगै उठेको विवाद मंगलबार ओली सहभागी कार्यक्रममा फेरि पनि देखा पर्‍यो।

 मंगलबार दमक नगरपालिकाले निर्माण गरेको आकाशेपुलको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले ओलीले रंगशाला निर्माणस्थलमा पहिले भएका चिहान हटाएर स्मारक निर्माण गरिसकिएकोले भावनाको राजनीति नगर्न आग्रह गरेका थिए।

 उनले भने,‘ हामीले आदिवासीको नाममा स्मारक बनाएकै छौं, जननेता मदन भण्डारीको नाममा रंगशाला बनाउदा के भो त? विकासमा बाधा नगरौं, राजनीतिका नाममा के के गर्नेहरुले विकास हुन दिएनन्।’

 ओलीले आफ्नो भनाई टुंग्याएपछि नेपाली कांग्रेसकी सांसद महेन्द्रकुमारी लिम्बुले माइक्रोफोन खोसेर रंगशालाका बिषयमा ओलीको भनाइप्रति आपत्ति जनाइन्। कार्यक्रममा पहिले नै मन्तव्य राखिसकेकी उनले आदिवासी जनजातिका दिवंगत पितृहरुको अपमान हुने गरी ओलीले दिएको अभिव्यक्तिले आफूहरुको भावनामा चोट पुगेको गुनासो गरिन्। ‘हाम्रो बाबु, बाजेको चिहान खनेर भण्डारीको नाममा रङशाला निर्माण गर्न दिदैनौं' सांसद सुब्बाले झोँक्किदै भनिन्,‘शक्तिको आडमा कसैलाइ पनि मनपरी गर्न छुट छैन।’ 

उनले शक्ति हातमा लिएर रङ्गशालाको निर्माणमा एमालेले आफ्नो स्वार्थ खोज्नु लज्जाको विषय भएको बताइन्। ‘आदिवासी रङ्गशालाको नाम फेरिदैन’ सांसद सुब्बाले कडा चेतावनी दिदै भनिन्,‘एमालेले साथ नदिएपनि हामी रङ्गशाला बनाउछौं।’ सांसद लिम्बु आकाशे पूल उद्घाटन कार्यक्रमको विशिष्ट अतिथि समेत थिइन्।  उनले सो रंङ्गशाला निर्माणको योजना प्रारम्भ हुनुअघि समाधि रहेका दिवंगतहरुका परिवार, स्थानीयबासी, राजनीतिक दलहरु समेतको सहमति अनुसार सो रंगशालाको नाम आदिवासी रंङ्गशाला राखिएको भन्दै आदिवासीहरुको भावनामाथि चोट पुग्ने गरी एमाले र ओलीले नाम परिवतर्नन गर्न लगाएर दिवंगतका परिवारको भावनामा चोट पुर्‍याएको बताइन्। 

 रंगशालालाई गत आर्थिक वर्ष २०७१/७२ को नेपाल सरकारको नीति तथा कार्यक्रममा मदन भण्डारी रंगशाला नामंकन गरेको थियो। तत्कालिन अर्थ मन्त्री रामशण महतले सरकारको नीति तथा कार्यक्रममा मदन भण्डारी रंगशाला भनेयता रंगशाला तथा स्मृति पार्क निर्माण कार्य समितिले विरोध गर्दा विवाद उत्पन्न भएपछि रंगशाला निर्माणको काम अलपत्र परेको थियो। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यतिबेला मदन भण्डारी रंगशाला नबनाएसम्म बजेट पास नै हुन नदिएको पूर्व अर्थ मन्त्री महतले दमक आउँदा बताएका थिए। आदिवासी जनजातिहरुको करिब ७४५ वटा समाधिहरु उत्खनन् गरेर नेपाल सरकारले आदिवासीको नाममा रंगशाला बनाइदिने भनेको थियो। 

२०६६ सालमा आदिवासीको समाधिस्थल रहेको र त्यस स्थानलाई सरकारले आदिवासीका नाममा अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने भनेका कारण त्यहाँ रहेको समाधिहरु उत्खनन् गरेको निर्माण समितिका अध्यक्ष नित्यानन्द ताजपूरीयाले जानकारी दिए।

 रातो किताबमा नै आदिवासी रंगशालाको नाम समावेश भएपनि केपी ओली नेतृत्वको सरकारले मदन भण्डारीको नाममा गत अर्थिक वर्ष २०७१/७२ मा ४० लाख रुपैयाँ विनियोजन गरेको भएपनि हालसम्म रंगशाला निर्माण हुन सकेको छैन।

Saturday, January 7, 2017

देश देखि विदेशसम्म लिम्बुवान मंच सशक्त अघि बढदै |

मिति २०७३ पौष २२ गते तदनोसार 06 जनवरी 2017 को दीन संघीय सामाजिक मञ्च , संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास कार्यसमितिले पुनर्गठन पश्चात् पहिलो बैठक मार्फत विभिन्न कार्ययोजना र एजेन्डा हरु पारित गर्दै भब्यताका साथ बैठक सम्पन्न गरेको छ !
कार्यक्रमको सभापतित्व यसै सलिसाम का अध्यक्ष श्री प्रदीप केरुङ्ग लिम्बू ज्यु ले गर्नु भएको थियो भने कार्यक्रममा सचीव तारा चन खवास ज्यु ले स्वागत मन्तव्य राख्नु भएको थियो !
कार्यक्रममा उपाध्यक्ष श्री टङ्क चबेगु,उपाध्यक्ष श्री सुन्दर नुगोहाङ्ग ,उपाध्यक्ष श्रीमती लक्ष्मि पतवा चबेगु र उपाध्यक्ष श्री भिम लक्सम लिम्बू ज्यु हरुको उपस्थितिमा यसै कार्यसमितिका महासचिव दुर्गा बिवश माबो ज्युले सुरु देखी अन्त्य सम्म कार्यक्रम संचालन गर्नु भएको थियो !
बैठकमा सबै बिभागिय प्रमुख उपप्रमुख साथै सबै कार्यकर्ताहरुको उल्लासमय उपस्थितीको बिच कार्यसमितिका पदाधिकारीहरु लाई सफत ग्रहणको कार्यक्रम पनि राखिएको थियो ।
यसै क्रममा बिगतको दीनमा माओबादी पार्टी केन्द्रमा सक्रिय सदस्यको भुमिकामा रहि लामो समय सम्म संघर्स गर्दै आउनु भएका जिल्ला ताप्लेजुङ सिकैचा ४ कुन्जारी निवासी
जुझारु र अति मिलनसार मित्र श्री पुर्नहाङ्ग लक्सम्बा ज्यु सो पार्टी परित्याग गरि संघीय लोकतान्त्रिक रास्ट्रीय मञ्च ,संघीय लिम्बुवान मञ्च पार्टिमा प्रवेश गर्नु भएकोमा उहालाई संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास कार्यसमितिका अध्यक्ष श्री प्रदिप लिम्बू केरुङ,उपाध्यक्ष ,महासचिव ,सचीव केन्द्र इन्चार्ज संस्कृतिक प्रमुख ज्युहरु द्वारा बिशेष कार्यक्रम राखी दोसल्ला ओडाइ पार्टिमा स्वागत गरिएको थियो !
उहाले बिगतमा पनि संघीयता र पहिचानकै लागि भनेर लामो समय सम्म माओबादी पार्टिमा समय बिताए पनि सो पार्टीले अहिले आएर संघीयता र पहिचानको मुद्दाबाट पछि हटिरहेको महसुस गरि सो पार्टिमा बसेर आफ्नो पहिचान र अस्तित्व लाई धरापमा पार्न नचाहेको बरु मरे पनि आफ्नो पहिचान र लिम्बुवान मुक्तिकै लागि लड्दा लड्दै मर्छु भन्ने दृढ़ संकल्पका साथ यस संघीय लोकतान्त्रिक रास्ट्रीय मञ्च ,संघीय लिम्बुवान मञ्चमा प्रवेश गरेको पनि उहाले स्पष्ट पार्नु भयो !
त्यसै गरि बिगत लामो समय देखिनै सलोराम संघीय लिम्बुवान मञ्च नेपालमा संघर्ष गर्दै आउनु भएका र हाल रोजगारी को सिलसिलामा बहराइन लाई नै कर्म थलो बनाउन आइपुग्नु भएका लिम्बुवान प्रान्तको इटहरी पाँच निवासी कर्मठ र जुझारु मित्र श्री राज कुमार तुम्बापो ज्युलाइ पनि संघीय लिम्बुवान सामाजिक मञ्च प्रवास कार्यसमितिको पहिलो बैठक बाटै कार्यसमितिको तर्फबाट केन्द्रिय सदस्य श्रीमती सरस्वता योङ्हाङ कार्यसमिति कै अध्यक्ष ,,उपाध्यक्ष ,सल्लाहकार ,केन्द्र इन्चार्ज ,महासचिव ,सचीव ज्यु लगायतले दोसला ओडाइ यश प्रवास मञ्चमा भब्य स्वागत गरिएको थियो भने उहाको जिम्मेवारी भने आगामी बैठक मार्फत तय गरिने छ ।
स्वागत पछि उहाले आफू जहाँ जस्तोसुकै अवस्थामा रहेता पनि संघीय लिम्बुवान मञ्च नेपालको लागि जस्तोसुकै परिस्थितिको सामना गर्न परे पनि आफू हरदम तयार रहेको पनि बताउनु भयो ।
सोही कार्यक्रम बाट हाल लाई अपरिहार्य ठानिएका विभिन्न एजेन्डा र कार्य योजना हरु सर्बसम्मत पारित गरिएको थियो । यस समितीको आर्थिक गतिविधि र विवरण बारे स्पष्ट पार्नको निम्ति यसै समितिका कोषाध्यक्ष दय पुर्नहाङ्ग लक्सम्बा र लक्ष्मी पतङ्वा चबेगु ज्यु लाई सम्पुर्ण जिम्मेवारी सुम्पीएको छ भने प्रस्ताववना एजेन्डा संस्कृतिक प्रमुख असोक इवाहाङ लिम्बु ज्युले प्रस्ट्याउदै बैठक समापन गरिएको थियो ।
जय लिम्बुवान ! जय संघीय नेपाल

स.बि.युले महादिबेशन गर्ने |

आज मिति २०७३/०९/२२गतेको दिन स.बि.युको केन्द्रिय महादिबेशन आयोजक समितिको प्रन्तिय कार्यालयमा बसेको बैठकले आगामी फाल्गुन ०७/०८गतेको दिन खुल्ला सत्र लिम्बुवानको इतिहासिक राजधानी बिजयपुर र हालको पुर्बको अञ्चलको मुटु धरानमा र बन्द सत्र पनि धरानमै हुने गरि महाधिवेशन गर्ने निर्णय गरेको छ भने विभिन्न उपसमिती निर्माण गरेको छ जस अनुसार:
१.बिधान निर्माण समिती
२.प्रतिबेदन सङगठनिक समिती
३.राजनितिक प्रतिबेदन समिती
४.आर्थिक समिती
५.प्रचारप्रसर समिती र अवसेक परे फेरि अर्को बैठकले थप गर्ने निर्णय गरियो।
उक्त महादिबेशन सफल पार्न सम्पुर्ण विद्यार्थी नेता कार्यकर्ताहरुमा हार्दिक अनुरोध गर्द छौ ।
जय लिम्बुवान !!जय संघीय नेपाल!!!

स.लि.म.दमकको वार्ड पुनर्गठन|

आज मिति २०७३/०९/२३गते शनिबार स.लो.रा.म-स.लि.मको दमक न.पा.वार्ड न.१० स्थित दिपिनी स्कुलमा वार्ड न.१० को पुनर्गठन गरियो।उक्त गठनका अध्यक्षता नगर अध्यक्ष श्री याम ब.लोरिङ्देन ज्युले गर्नु भएको थियो भने कार्यक्रम संचालन नगर सह-सचिब श्री सुख ब.सोदेम्बा ज्युले गर्नु भएको थियो ।उक्त भेलबाट २१सदस्य निर्वचित गरियो ।उक्त समितीको नाम यश प्रकार छ:

अध्यक्ष :श्री समीर केरुङ 

उपधयक्ष:श्री सुलोचना बेघा
सचिब:श्री स्वरस्वाती फोम्बो
सह-सचिब:श्री किरण बेघा
कोषअध्यक्ष:श्री रिना फागो
सहित २१ सदस्य निर्वाचित हुनु भएको छ।

Wednesday, December 28, 2016

लिम्बुवान मंचमा प्रवेश गर्नेको लहरको|

पूर्व लिम्बुवानमा संघिय लोकतान्त्रिक राष्ट्रिय मंच सम्बन्द संघिय लिम्बुवान मंच शक्तिशाली रुपमा प्रदशन हुदै |

आज २०७३ साल पौष १३ गते बुधबार-सलोराम-संघीय लिम्बुवान मञ्च,नेपालमा २०३६ साल देखि नेपाली काङ्ग्रेस पार्टीमा सक्रिय सदस्यको रूपमा रहनु भएका पान्थर जिल्ला,हाङ्गुम गा.बि.स. वडा न.- ४ बस्ने श्री- अमृत कुमार कुरुम्बाङ नेपाली काङ्ग्रेस परित्याग गरि संघीय लिम्बुवान मञ्च,नेपाल मा प्रवेश गर्नु भएको छ।उहाँलाई पार्टीका प्रान्तीय(केन्द्रीय)सचिव- श्री मोहन बेघा"नाम्सा" ज्युको बाहुली बाट सदस्यता-पत्र प्रदान गरियो।

उहाको भनाइ अनुसार- "नेपाली कांग्रेस जस्ता पार्टीहरुमा हामी अधिबशी जनजातीहरु बस्नु भनेको आफ्नो पहिचान र अस्तित्व गुमाउनु साथै आफ्नो जात र धर्मको बिरोध गर्नु हो|यत्रो वर्ष आफ्नो धर्म,पहिचान र अस्तित्वको बिरोध गर्दै बसियो अब त्यसको मोल चुकाउने बेला आएको छ |अब मरे लिम्बुवान बचे लिम्बुवान |"
देश बिदेशमा रहनुहुने र संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चमा आबद्ध सम्पूर्णको तर्फबाट बधाई शुभ कामना आउने क्रम जारि रहेको पनि सो स्रोत बाट जानकारी आएको छ भने गोप्य स्रोतकै अनुसार अरुण पूर्व लिम्बुवानमा लिम्बुवान भन्दा अरु कुनै पार्टी शक्तिसाली  नरहेको समेत्  बताए |
 लिम्बुवान सहितको १०+१ प्रान्त कायम गरौं 

संघिय लिम्बुवान बिधार्थी युनियन लिम्बुवानमय हुदै|

पौस १३, इलाम-"मातृभाषामा ब्याबहारिक शिक्षा हाम्रो अभियान,संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा स्वायत्त लिम्बुवान !"भन्ने मूल नाराको साथ् संघीय लोकतान्त्रिक र्राष्ट्रिय मञ्च-संघीय लिम्बुवान मञ्च,नेपाल को जनवर्गीय संगठन संघीय लिम्बुवान बिद्यार्थी युनियन,ईलाम जिल्ला स्थित आदर्श उच्च मा. बि. मा गठन भएको छ |उक्त इकाईका सदस्यहरुको नाम 
अध्यक्ष श्री- रन्जित माबोको ,
 उपाध्यक्ष श्री- कल्याण राई,
उपाध्यक्ष श्री-अनिसा राई,
उपाध्यक्ष श्री-विशाल श्रेष्ठ
उपाध्यक्ष श्री-टीका चौलागाई  
उपाध्यक्ष श्री-रमेश फागो
सचिव श्री- बिरेन सावादेन, 
सह-सचिव श्री- लोकेन्द्र योङ्हाङ 
अर्थसचिव श्री-बिमला राई लगायत २८ सदस्यीय ईकाई समिति गठन भएको छ।
लिम्बुवान बिद्यार्थी युनियनका केन्द्रीय सदस्य श्री- सुबास खुदाङ,सलिबियु ईलाम जिल्ला अध्यक्ष श्री- शुक्रराज माबो,पार्टीका केन्द्रीय सदस्य श्री- खानिपा हाङ लिम्बू,ईलाम जिल्ला सचिव श्री- निर्मला चेम्जोङ लगायत नेता ज्युहरुको उपस्थितिमा उक्त गठन कार्यक्रम सम्पन्न भएको हो।
नव गठित सलिबियु,ईकाइ समितिका सम्पुर्ण पदाधिकारी साथै सदस्य ज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि सुभ-कामना ब्याक्त गर्दछु ।