Monday, December 26, 2016

राष्ट्रवादको खोक्रो नारा घंक्यौनेहरु खै |

आज आफुलाइ कथित रास्ट्रबादी भन्ने साथिहरुले र बिसेसतया एमालेको साथिहरुले अन्नपूर्ण पोस्ट मा बिहीवार २६,बैशाख २०७० मा प्रकाशित यो समाचार लाई ध्यानपुर्वक पढनु पर्छ र मनन गर्नु पर्छ,
खासगरी दोस्रो सम्बिधान सभाको चुनाब धेरै कोणबाट गलत डिजाइन मा आएको थियो र खिलराज रेग्मिलाइ निमित्त नायक बनाइएको थियो ।
त्यो चुनाबको सेरोफेरोमा यति गलत तरिकाले नागरिकता बितरण भयो कि त्यसको बयान गरिसक्नु छैन ।
पत्रीकाले यस्तो सम्म शीर्षक राखेर समाचार लेख्न बाध्य भयो ।
नेपालको नागरिकता लिन नेपाली भन्दा भारतिय बढी भन्ने न्युज,
यो भन्दा तल के बाकी रहला ?

तर पनि त्यो बेला कोहि बोलेनन ,
शिर्फ तत्कालीन मन्च सम्बद्द सघिय लिम्बुवान राज्य परिसद र केही सङठन हरु मात्र कथित चुनाब र गलत नागरिकता बितरण को बिरुद्धमा सत्ता सङ्ग लडिरहेका थियौ ।

गलत कुराको बिरुद्ध मा कोहि बोल्ने वाला थियेनन,
सबैलाइ सम्सद हुनु हतारो थियो,
लिम्बुवानमा लिम्बुवान नाम गरेका साथिहरु पनि चुनाबबाट सम्सद जितेर लिम्बुवान ल्याउन आतुरता का साथ चुनाब मा गएका थिये ,
कुमार लिङ्देन भनेको राजनिती नबुझेको,लोकतान्त्रिक प्रक्रिया नबुझेको भनेर धेरै भनियो,भएका शब्दहरु सबै भेला गरेर भनियो ,
गलत कुराको बिरुद्धमा जुध्नु पर्छ भन्ने कसैलाई आयेन,
एमाले ,काङ्रेस ,माओका साथिहरु मन्च सम्बद्दलाइ फसाउन कम्मर कसेर लागेका थिये ।
आज रास्ट्रीयता, नागरिकताको कुरा सम्झिदा हामिलाइ टाडी भिडन्त,लेटाङ र छ न बुधवारे भिडन्तको याद आउँछ ।
देशमा लाखौ लाख गलत नागरिकता बाडी नै सकिएको छ,
बाडने हरु तिनै एमाले कङ्रेस हरु हुन ।
आज लिम्बुवान लगायत १०+१ प्रान्तको आन्दोलन अघि बढाउदा ,
उहाँ सथिहरुबाटै रास्ट्रबाद को अर्ति उपदेश सुनिरहनु परेको छ र मधेशी सङग मिल्नु हुदैन भनेर सुझाब पनि आउने गरेको छ ।
झट्ट सुन्दा कुराहरू एकदम राम्रा हुन्छन,
तर कसको कुरामा कति सत्यता र तार्किकता छ बुझेर मात्र प
छि लाग्नु पर्छ है,
जय लिम्बुवान ,
जय १०+१ प्रान्त,

मंचका अध्यक्ष राजनितिक भ्रमणको सिलसिलामा हङकङ प्रस्थान

दमक-११ ,संघिय लोकतान्त्रिक राष्ट्रिय मंच -संघिय लिम्बुवान मंचका केन्द्रीय अध्यक्ष श्री कुमार लिङ्गदेन "मिराक"ज्यु यहि मिति २०७१/०९/०८ गते संघिय लिम्बुवान सामाजिक मंच हङकंगको निमन्त्राणमा उहा १ हप्ते राजनैतिक भ्रमणडमा जानु भएको केहि श्रोतबाट जानकारी मिलेको छ  र उहाको अनुपस्तितीमा संघिय लोकतान्त्रिक राष्ट्रिय मंच -संघिय लिम्बुवान मंचका केन्द्रीय  बरिस्ठ उपाधक्ष्य श्री ग्यान बहादुर गुरुङ ज्युले कार्यबाहक अधयक्ष जस्तो गरिमामय पद सम्हाल्नु हुने सम्म सो स्रोतले जानकारी दिनु भएको छ|

यसै बीच हुने सम्पूर्ण पार्टीको क्रियाकलाप साथै कार्यक्रमहरु पनि कार्यबाहक अध्यक्ष ज्यु द्वारा अघि बढाउन सर-सल्लाह साथै पार्टीको बिधान अनुशारको सम्पूर्ण अधिकार दिदै उहा गत ०८ गते नेपाल बाट हङकङ तर्फ प्रस्थान गर्नु भएको स्रोत बाट जानकारी आएको छ |  



Sunday, November 27, 2016

मन्त्रीले घरमै यसरी लिए प्रहरीको सलामी !

काठमाडौं–सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले गृहजिल्लामा प्रहरीको सलामी लिएको पाइएको छ    । कांग्रेस नेतासमेत रहेका उनले विदूरस्थित आफ्नै घरमा प्रहरीको सलामी लिएका हुन् । 
केसीले प्रहरीको सलामी लिँदै गरेको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा ‘गणतन्त्रका छोटे महाराजा’ भन्नेसम्मका टिप्पणी आएका छन् ।
स्रोतका अनुसार पहिलो पटक विदूरस्थित घरमा केसी पुग्दा प्रहरीको एक टुकडीले सलामी दिएको हो । तस्बिरमा दुई ओटा घडासहितको रातो कपडा बिछ्याइएको घरको आगनमा केसी उभिएको देखिएका छन् भने अगाडीबाट प्रहरीको एक टुकडीले सलामी दिएको छ । उनी बिदूर पुग्दा घरमा नेपालको झण्डा समेत राखिएको थियो ।
गत आइतबारमात्रै केसी पश्चिमी नुवाकोटमा पर्ने तारुका गाविसको बडा नम्बर १ स्थित चौतारागाउँमा अवैध ढंगले निर्माण भएको गौरा–पार्वती सामुदायिक अस्पतालको भवन निर्माणमा हेलिकप्टरमा पुगेका थिए । मन्त्री अस्पताल उद्घाटमा गएको भन्दै त्यतिबेला पनि उनको आलोचना भएको थियो । 
यसअघि केपी ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्री बनेका प्रेमबहादुर सिंहले पनि केसीले जसैगरी सलामी लिएको समाचारबाहिर आएका थिए । सिंह कालीकोट पुग्दा प्रहरीको एक टुकडीले सलामी दिएको थियो ।

जीवन मन्त्र यी १० लक्षण भएकाहरु सँधै असफल हुन्छन्

जीवनमन्त्र डेस्क ।
संसारका अधिकाँश सफल मानिस पहिले असफल थिए । असफलताको सिढी चढेर नै उनीहरु सफल भएका हुन् । तर कतिपय मानिसहरु आफू असफल भएकोमा भाग्यलाई दोष दिएर बस्छन् ।

वास्तु शास्त्रः घरमा गरिने यी ९ गल्तीले सँधै आर्थिक अभाव हुन्छ

उनीहरु असफल हुनुको कारण खोजी गर्दैनन् तर भाग्यलाई धिक्कारी रहन्छन् । यहाँ असफल हुने ब्यक्तिका १० लक्षणबारे चर्चा गरिएको छ । यी बानी हटाउँदा सफलताको ढोका आफै खुल्छ ।
१- विना योजना कामः
जसले विना योजना काम गर्छ उसले सफलता पाउने सम्भावना निक्कै कम हुन्छ । यस्ता ब्यक्तिले कुनै पनि कुराको योजना बनाउँदैनन् सबैकुरा भगवान भरोसा हुन्छ । तर भाग्य नभएको भन्दै पछुताउँछन् 
२- रेकर्ड नराख्नेः
आफ्नो काम रेकर्ड नराखी गर्नेहरु कहिल्यै सफल हुँदैनन् । अहिले सम्म के काम भयो के बाँकि छ भन्ने जस्ता कुरा चाँहे मोबाइल वा डायरी जस्ता कुरामा रेकर्ड हुनु पर्छ । अन्यथा तपाइँ असफल हुने लक्षण हो ।
३- साना साना कुरामा तनावमा आउनेः
असफल ब्यक्तिहरु तनावमा हुन्छन् । उनीहरुलाई साना कुराले ठूलो तनाव दिन्छ । एउटा काम पनि ध्यान लगाएर गर्न सक्दैनन् । सानो समस्यालाई ठूलो ठान्छन् ।
४- सकारात्मक सोचाइको अभावः
असफल ब्यक्तिहरुको सबैभन्दा मुख्य समस्या सकारात्मक सोच राख्न नसक्नु हो । यिनीहरु ध्यान, योग वा मन एकाग्र हुने गतिविधी गर्ने कोशिस नै गर्दैनन् ।
५- मनोरञ्जनको समय नै छैनः
अधिकाँश असफल ब्यक्तिको अर्को लक्षण हो उनीहरुसँग मनोरञ्जनका लागि समय नै पुग्दैन । कार्यालयमा तोकिएको समय भन्दा बढी काम गर्दा समेत उनीहरुको काम देखिँदैन ।
६- विदा पनि थाहा नपाउनेः
हप्ताभरीको काम पछि पाइने विदा तपाइँलाई मनोरञ्जनात्मक समय प्रदान गर्नका लागि हो । विदामा परिवार वा साथीभाइ भेट्दा छुट्टै अनुभव हुन्छ । तर असफल ब्यक्तिलाई कहिल्यै फुर्सद हुँदैन ।
७- प्राथमिकता के हो थाहा छैनः
असफल ब्यक्तिको अर्को लक्षण प्राथमिकता छनौट गर्न नसक्नु हो । न उनीहरु ब्यक्तिगत र अफिस वा ब्यवसायमा पनि प्राथमिकता छनौट गर्न असफल हुन्छन् ।
८- लक्ष्य निर्धारण नगर्नेः
असफल मानिसहरुको अर्को साझा लक्षण हो उनीहरु कहिल्यै पनि लक्ष्य निर्धारण गर्दैनन् । विना लक्ष्य जीवनमा आएका कुरा गर्दै जान्छन् र भाग्यलाई दोष पनि दिने गर्छन् ।
९- हारले अत्तालिने
सफलता असफलता जीवनका पाटा हुन् । तर एक पटकको असफलताले अत्तालिनेहरु कहिल्यै सफल हुन सक्दैनन् ।
१०- कामलाई टार्नेः
असफल हुने मानिसहरु सँधै काम टार्छन् । अहिले र आजै गर्ने काम भोलिका लागि राख्छन् र सके सम्म गर्दैनन् । यही नै उनीहरुको असफलताको कारण बन्छ ।

Friday, November 25, 2016

आप्रवासीलाई युरोप छिर्न दिने टर्कीको चेतावनी

टर्कीका राष्ट्रपति रेजेप ताय्यिप एर्दोआनले युरोपेली संघ (इयु) ले दबाब दिएमा लाखौं आप्रवासीहरुका लागि टर्कीको सिमाना खुला गरिदिने चेतावनी दिएका छन्।
युरोपली संसदले वाध्यकारी नहुने गरी टर्कीको इयु सदस्यता विषयको छलफल स्थगित गर्ने पक्षमा मतदान गरेपछि उनले त्यसो भनेका हुन्।गत जुलाई महिनामा भएको कूको असफल प्रयासप्रति धेरै कडा प्रतिक्रिया जनाइएकोमा त्यसो गरेको इयुले बताएको छ।टर्कीमा गत जुलाई महिनामा भएको कूको असफल प्रयासप्रतिको धेरै कडा प्रतिकृयाका कारण युरोपेली संसदका सदस्यहरु चिन्तित भएका थिए।

आरोप

युरोप छिर्ने शरणार्थीको संख्या घटाउनका लागि गत मार्च महिनामा इयु र टर्कीबीच एउटा सहमति भएपछि ग्रीस पुग्ने शरणार्थीहरुको संख्या घटेको छ।त्यो सहमति अन्तर्गत टर्कीलाई सहायता गरिने, टर्कीका नागरिकहरुलाई राहदानी विना यात्रा गर्न दिइने र इयु सदस्यताका बारेमा छलफल चाँडै अघि बढाइने बताइएको थियो।

एर्दोआनले इयुले ती वाचाहरु पुरा नगरेको आरोप लगाए।

धम्की


जर्मन चान्सलर एंगेला मर्केलकी एकजना प्रवक्ताले त्यो सहमति सबै पक्षको हितमा भएको र कुनै पनि पक्षबाट दिइने धम्की सकारात्मक नहुने बताइन्।इस्तान्बुलस्थित बीबीसी संवाददाता मार्क लोवेन भन्छन्, त्यस्तो धम्की टर्कीको अन्तिम हतियार हो र आक्रामक बन्दै गइरहेका एर्दोआन त्यो हतियार प्रयोग गर्न तयार देखिन्छन्।उनको धम्कीले देखाएको छ कि युरोपलाई टर्कीको आवश्यकता भएको उनलाई थाहा छ र उनले युरोपेली संसदको मतलाई हलुका रुपमा लिने छैनन्।

निर्णय

वाध्यकारी नभएको त्यो निर्णय युरोपका नेताले पालना गर्ने सम्भावना कम छ, किनकि टर्की युरोपका लागि धेरै नै महत्वपूर्ण छ।तर दुई पक्षबीचको तनाव भने चर्किरहेको छ र इयु र टर्कीबीचको सहमति अझै पनि नाजुक अवस्थामा देखिन्छ।टर्कीले हाल झण्डै ३० लाख आप्रवासीहरुलाई शरण दिएको छ र ती मध्ये धेरैजसो सिरियाली छन्।

गत वर्ष टर्की हुँदै १० लाख भन्दा बढी शरणार्थीहरु युरोप पुगेका थिए।

'आइतबार संशोधन दर्ता गर्ने सहमति'

सत्ताधारी दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संविधान संशोधन प्रस्ताव आइतबार दर्ता गर्ने सहमति गरेका छन्।

दुई दलका शीर्षस्थ नेता सहितको बैठकले उक्त निर्णय गरेको बैठकमा उपस्थित मन्त्री रमेश लेखकले जानकारी दिए।रुपान्तरित संसद्बाट संविधान संशोधन गरेर प्रदेशको सिमाना हेरफेर गर्न नसकिने विपक्षीले दिएको चुनौतिबारे पनि प्रधानमन्त्रीले परामर्श गरेका छन्।त्यस्तो चुनौतीका माझ प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले आ-आफ्ना विश्वासपात्र नेतालाई साथमा राखेर संशोधन मस्यौदाको खाकामा बुँदागत छलफल गरेका थिए।

तयार

प्रदेश नम्बर पाँचको सिमाना हेरफेर गर्ने विषयमा सत्ताधारी दलभित्रैबाट असन्तोषका स्वर सुनिएकाले आ-आफ्नो पार्टीमा छलफल गरी प्रस्ताव दर्ता गर्ने बैठकको निर्णय छ।वैठकमा सहभागि कांग्रेस सभापति निकट नेता तथा मन्त्री रमेश लेखकले भने, "संशोधन प्रस्तावको मस्यौदा मोटामोटी तयार भइसकेको छ। पार्टीमा आन्तरिक छलफल गरेर शनिवार अन्तिम रुप दिइन्छ र आईतबार दर्ता हुन्छ।"उनका अनुसार चार, पाँच र छ नम्बर प्रदेशको सिमानामा केही हेरफेर हुनेछ।प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेश सभाको सहमतिमा संघीय संसदले मात्र प्रदेशको सिमाना हेरफेर गर्न सक्ने संवैधानिक प्रावधान रहेको भन्दै वर्तमान संसदबाट त्यसो गर्न खोजिए कानुनी उपचार खोज्ने चेतावनी दिएको बताइएको छ |

संशोधन प्रस्तावको मस्यौदा मोटामोटी तयार भइसकेको छ। पार्टीमा आन्तरिक छलफल गरेर शनिवार अन्तिम रुप दिइन्छ र आईतबार दर्ता हुन्छ|
रमेश लेखक, मन्त्री
प्रधानमन्त्रीले त्यसबारे कानुनी र राजनीतिक परामर्श गरेको उनका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले बताए।
उनले भने, "संशोधनमा केही बाधा छन् त भन्नेबारे कानुनविद् र नेताहरुसँग परामर्श गरेर प्रधानमन्त्री अन्तिम तयारीमा पुग्नु भएको छ, आइतबार-सोमबारसम्ममा संशोधन दर्ता हुन्छ।"
वंशज नागरिकता प्राप्त व्यक्ति मात्र राष्ट्रपति, प्रधानमन्त्री मुख्यमन्त्री लगायतका प्रमुख पदमा पुग्न सक्ने संवैधानिक व्यवस्था रहेकोमा वैवाहिक अंगीकृतका निम्ति त्यो व्यवस्था खुकुलो बनाइने निकै चर्चा छ।
मन्त्री लेखकले भने, "अंगीकृत नागरिक राष्ट्रपति प्रधानमन्त्री हुने लगायतका सबै कुरा असत्य हुन्।"
तर के वैवाहिक अंगीकृत पनि ती पदमा पुग्न पाउन गरी संशोधन हुँदैन? संशोधन मस्यौदा आइसकेपछि प्रष्ट हुने बताउँदै मन्त्री लेखक प्रष्ट जवाफ दिएनन्।

Tuesday, November 22, 2016

फेदेन ,पन्थरमा संघीय लिम्बुवान मंच नेपालको समिति गठन |

सघिय लोकतान्त्रिक रास्ट मंन्च निरन्तर यात्रा जारी छ! २०७३मङ्सिर ७ गते संघिय लिम्बुवान मञ्च ,नेपाल पान्थर फेदेन नगर वार्ड न. ८ फेदेन नगर अधिबेशन तयारी समिति संयोजक अमीर लिम्बू को प्रमुख आथित्यता र नगर सह- संयोजक मनप्रसाद तुम्बापो "पिरती"को उपस्थितिमा गठन गरिएको छ।

नव -निर्वाचित समितिको नामावली :


अध्यक्ष -लालबहादुर तुम्बापो
उपाध्यक्ष - रतन तुम्बापो
सचिव -चन्द्र तुम्बापो
अर्थसचिव -कुमारी तुम्बापो
सदस्य कालिप्रसाद तुम्बापो
" दलप्रसाद तुम्बापो
" कुमारी तुम्बापो
" सुन्दर तुम्बापो
" कुमार फागो
" तान्छोहाङ तुम्बापो
" तुलसा तुम्बापो
" अनिता तुम्बापो
" लालबहादुर तुम्बापो B
सल्लाहकार समिति
रणश्वर तुम्बापो
सुर्यहाङ तुम्बापो
गङ्गा प्रसाद तुम्बापो
कर्णबहादुर तुम्बापो


 जय लिम्बुवान !!जय संघिय नेपाल!!!